बैतडीमा निर्वाचन प्रहरीको मृत्यु « Khabarhub

बैतडीमा निर्वाचन प्रहरीको मृत्यु


१२ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

बैतडी– यही फागुन २१ गते हुने निर्वाचन सुरक्षाका लागि भर्ना भएका थप एक अस्थायी (म्यादी) प्रहरीको मृत्यु भएको छ । मृत्यु हुनेमा बैतडी मेलौली नगरपालिका–६ हतरङ्गाका ३८ वर्षीय राजेन्द्रप्रसाद भट्ट छन् ।

जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहका अनुसार इलाका प्रहरी कार्यालय मेलौलीमा कार्यरत भट्ट ‘ड्युटी’ सकेर गए राति घर फर्किएकामा घरमै एक्कासी बेहोस भएका थिए ।

बेहोस भएपछि उनलाई उपचारका लागि केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र लगिएकोमा स्वास्थ्य केन्द्रमा पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन् ।

यसअघि फागुन ८ गते दशरथचन्द नगरपालिका–४ बबेत घर भएका ३८ वर्षीय निर्वाचन प्रहरी महादेव वडको पनि मृत्यु भएको थियो । खाना खान घर गएको समयमा अचेत अवस्थामा भेटिएका महादेवलाई उपचारका लागि जिल्ला अस्पतालमा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।

यस्तै, माघ तेस्रो साता पनि दशरथचन्द नगरपालिका–४ घर भएका निर्वाचन प्रहरी ३२ वर्षीय प्रकाश चन्दको भिरबाट लडेर ज्यान गएको थियो ।

प्रकाशित मिति : १२ फाल्गुन २०८२, मंगलबार  ९ : २३ बजे

इजरायलको निर्वाचनमा नेतान्याहुको गठबन्धन अगाडि, बहुमतबाट टाढा

एजेन्सी– इजरायलको आमनिर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धनले अग्रता लिए पनि संसद्मा

जातीय छुवाछुत नियन्त्रण र महिला तथा बालबालिकाको संरक्षण प्राथमिकतामा

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

३२ वर्षपछि हलमा फर्किँदै अक्षय-रवीनाको ‘मोहरा’, रणवीरको ‘रामायण’सँग भिडन्त

काठमाडाैँ – बलिउडमा कुनै समय तहल्का मच्चाएको अक्षय कुमार र

६ हजार शिक्षकको बढुवा उजुरीको पुनरावलोकन हुँदै

काठमाडौँ – शिक्षक सेवा आयोगले बढुवा योग्यताक्रम सूचीमा परेका करिब

एन्फाको ताला खोलियो, कार्यसमितिको बैठक शुक्रबार बस्ने तयारी

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)का बहुमत सदस्यहरूले लामो समयदेखि