सुनको मूल्य बढ्यो, चाँदीको घट्यो « Khabarhub

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो


१२ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन तोलामा एक हजार तीनसय रुपैयाँले बढेर प्रतितोला ३ लाख १४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।

सोमबार छापावाल सुन प्रतितोला ३ लाख १३ हजार ५ सय रुपैयाँमा किनबेच भएको थियो ।

यस्तै, आज चाँदीको मूल्यमा भने केही गिरावट आएको छ । आज चाँदी तोलामा १० रुपैयाँले घटेर ५ हजार ५८५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी ५ हजार ५९५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार ७८ अमेरिकी डलर तथा त्यति नै परिमाणको चाँदी ९० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०८२, मंगलबार  ११ : १६ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र