निर्वाचनमा खटिने कर्मचारीलाई तालिम « Khabarhub

निर्वाचनमा खटिने कर्मचारीलाई तालिम


१२ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

मकवानपुर– यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य पदको निर्वाचनका लागि मकवानपुरको निर्वाचन क्षेत्र नं १ र २ का मतदान केन्द्रमा खटिने कर्मचारीलाई तालिम दिन थालिएको छ ।

मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई निर्वाचन प्रक्रिया सञ्चालन गर्ने सम्बन्धी प्रशिक्षण दिन थालिएको हो । तालिममा जिल्लाका तीन सय ७४ मतदान केन्द्रका मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई निर्वाचन प्रक्रिया सञ्चालन गर्नेलगायत विषयमा तालिम दिइरहेको निर्वाचन अधिकृत कार्यालयका प्रमुख निर्वाचन अधिकृत गीता श्रेष्ठले राससलाई जानकारी दिए ।

उनका अनुसार ती सबै मतदान केन्द्रमा खटिएका मतदान अधिकृत, सहायक मतदान अधिकृत र सहायक स्तरका कर्मचारीलाई आजदेखि नै नियुक्तीपत्र हस्तान्तरण गरिने छ । 

अति दुर्गम भेगका मतदान केन्द्रमा फागुन १७ गते नै मतदान अधिकृत, सहायक मतदान अधिकृत र सहायक कर्मचारीलाई निर्वाचन सामाग्री, मतपत्र, मतपेटीका साथै सुरक्षा टोलीसहित पठाइने प्रमुख निर्वाचन अधिकृत श्रेष्ठले जानकारी दिए।  

जिल्लाभर तीन सय ७४ मतदान केन्द्रमा दुई हजार २४४ कर्मचारी खटाइएको छ । दुवै क्षेत्रमा गरी विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी ४४  उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

जिल्लामा तीन लाख १५ हजार ३३५ मतदाता रहेका बागमती प्रदेश निर्वाचन कार्यालयका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिए ।
 

प्रकाशित मिति : १२ फाल्गुन २०८२, मंगलबार  २ : १९ बजे

ईश्वरी भुजेल हत्या प्रकरण : ‘नेपाली ब्रो’लाई थप ५ दिन हिरासत अनुमति

काठमाडौं – ‘नेपाली ब्रो’ नामले चिनिने कुमार थापालाई पत्नी हत्या

गृहमन्त्री सुधन गुरुङले गरे कालभैरवको दर्शन (तस्बिरहरू)

काठमाडौं – दोश्रो पटक गृहमन्त्रीमा नियुक्त भएका मन्त्री सुधन गुरुङले

परराष्ट्रमन्त्री खनाल चीन भ्रमणमा जाने

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले उत्तरी छिमेकी चीनको भ्रमण गर्ने

भारतबाट ५० हजार टन मल ल्याउने प्रक्रिया अन्तिम चरणमा

काठमाडौं – भारतले नेपाललाई रासायनिक मल आपूर्ति गर्ने प्रक्रिया अघि

काठमाडौंको कपन क्षेत्रमा भारी वर्षा

काठमाडौं – पछिल्ला केही दिनदेखि मौसममा आएको बदलीसँगै आज काठमाडौँसहित