हामीलाई दुखेको छ, दुखेको मान्छे कराउँछ : सभापति लामिछाने « Khabarhub

हामीलाई दुखेको छ, दुखेको मान्छे कराउँछ : सभापति लामिछाने


१२ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूहरूलाई दुखेको कारणले चर्को बोल्ने गरेको बताए । 

आज इटहरीमा आयोजित पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै लामिछानेले आफूलाई किन चर्को बोल्ने गरेको भन्ने प्रश्न आउने गरेको भन्दै अरुलाई नदुखेको र आफूलाई दुखेको कारण चर्को बोल्ने गरेको बताए ।

‘मलाई प्रायः भन्छन् यो अलि चर्को बोल्छ, अलि चर्को नबोल्न । अलि कम बोलेपनि हुन्छ, चर्को नबोले पनि हुन्छ भन्छन्, मिठो बोल्न अरु नेताहरू जस्तो, अरु पार्टीका नेताहरू कस्तो मृदुभाषी, कति नरम, कति राम्रो चिटिक्क मिलाएर, बान्की परेको शब्द पनि केलाइ केलाई छानेर बोल्छन् तँ मात्र किन कराउँछस् भनेर भन्छन्’, उनले भने, ‘किनकी तिनलाई दुखेको छैन, हामीलाई दुःखेको छ, दुखेको मान्छे कराउँछ, हामीलाई दुखेको छ ।’ 

सभापति लामिछानेले अरुको राजनीति अवैध क्रसर व्यवसायीको चन्दाबाट चलेको हुनसक्ने तर, आफू भने लक्ष्मी परियारलाई दिसा खुवाएको रिपोर्टिङ गर्दै यस्तोको विरोध गर्दै गर्दै स्टुडियो छिरेको कारणले पनि आवाज चर्को भएको बताए ।

प्रकाशित मिति : १२ फाल्गुन २०८२, मंगलबार  ३ : ४५ बजे

ईश्वरी भुजेल हत्या प्रकरण : ‘नेपाली ब्रो’लाई थप ५ दिन हिरासत अनुमति

काठमाडौं – ‘नेपाली ब्रो’ नामले चिनिने कुमार थापालाई पत्नी हत्या

गृहमन्त्री सुधन गुरुङले गरे कालभैरवको दर्शन (तस्बिरहरू)

काठमाडौं – दोश्रो पटक गृहमन्त्रीमा नियुक्त भएका मन्त्री सुधन गुरुङले

परराष्ट्रमन्त्री खनाल चीन भ्रमणमा जाने

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले उत्तरी छिमेकी चीनको भ्रमण गर्ने

भारतबाट ५० हजार टन मल ल्याउने प्रक्रिया अन्तिम चरणमा

काठमाडौं – भारतले नेपाललाई रासायनिक मल आपूर्ति गर्ने प्रक्रिया अघि

काठमाडौंको कपन क्षेत्रमा भारी वर्षा

काठमाडौं – पछिल्ला केही दिनदेखि मौसममा आएको बदलीसँगै आज काठमाडौँसहित