भारतले फेर्दैछ केराला राज्यको नाम « Khabarhub

भारतले फेर्दैछ केराला राज्यको नाम


१२ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


780
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतले केरला राज्यको नाम परिवर्तन गर्ने भएको छ । भारतको केन्द्रीय क्याबिनेटले मंगलबार, २४ फेब्रुअरीका दिन केरला राज्यको नाम परिवर्तन गरेर ‘केरलम’ राख्ने प्रस्तावलाई स्वीकृति दिएको छ ।

केन्द्रीय मन्त्री अश्विनी वैष्णवले प्रेस ब्रिफिङमार्फत यसको जानकारी दिएका हुन् ।

केरला विधानसभाले यस परिवर्तनका लागि जुन २०२४ मा एउटा प्रस्ताव पारित गरेको थियो र भारत सरकारसँग केरलाको नाम परिवर्तन गर्न संविधानको पहिलो अनुसूचीमा संशोधन गर्न अनुरोध गरेको थियो ।

पीआईबीको प्रेस विज्ञप्तिअनुसार, अब ‘केरला (नाम परिवर्तन) विधेयक, २०२६’ केरला विधानसभामा पठाइने छ, जहाँ यसमाथि छलफल हुनेछ ।

केरला विधानसभाको राय प्राप्त भएपछि, भारत सरकारले अगाडिको प्रक्रिया अघि बढाउनेछ र संसदमा यस विधेयक पेस गर्नका लागि राष्ट्रपतिको सिफारिस लिइने बताइएको छ ।

केरलामा मार्च–अप्रिलमा विधानसभा चुनाव हुने अपेक्षा गरिएको छ । त्यस अगाडि नै नाम परिवर्तनको यस प्रस्तावलाई स्वीकृति मिलेको हो ।

प्रकाशित मिति : १२ फाल्गुन २०८२, मंगलबार  ८ : ४२ बजे

फ्लेभियो बोल्सोनारो र परिवारलाई अमेरिकाले भिसा दिने

एजेन्सी-ब्राजिलको राष्ट्रपति निर्वाचनमा लुइज इनासियो लुला दा सिल्भासँग पराजित फ्लेभियो

भारत–पाकिस्तान युद्ध रोक्न २५० प्रतिशत भन्सार शुल्कको धम्की दिएको ट्रम्पको दाबी

एजेन्सी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीचको सैन्य द्वन्द्व

टस जितेको सुदूरपश्चिमले बलिङ रोजेपछि पहिले ब्याटिङ गर्दै पोखरा

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा

मुख्य धानखेत बगरमा परिणत

रसुवा– उत्तरगया गाउँपालिका वडा नं ४ र ५ को मुख्य

विना बर्दीका प्रहरी प्रयोग गरी गिरफ्तारी गर्ने प्रवृत्तिविरुद्ध ओलीको खबरदारी

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वाधीनता र लोकतन्त्रको