निर्वाचन : चुस्त सुरक्षा व्यवस्थापन र सुदृढीकरणमा जोड « Khabarhub

निर्वाचन : चुस्त सुरक्षा व्यवस्थापन र सुदृढीकरणमा जोड


१३ फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा चुस्त सुरक्षा व्यवस्थापन र सुदृढीकरणमा जोड दिइएको छ ।

प्रहरी मुख्यालयमा आज निर्वाचनसम्बन्धी भएको सरोकारवाला प्रतिनिधिहरू सहभागी अन्तरक्रियामा पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले निर्वाचनको समयमा देखा पर्नसक्ने चुनौतीहरूको सामना गर्न उपलब्ध साधनस्रोतको उच्चतम प्रयोग गर्नुपर्नेमा जोड दिए ।

उहाँले सबै सरोकारवाला निकायहरूले आपसी समन्वय र सहकार्य गरी भयरहित वातावरणमा सम्पन्न गराउन सूचना सङ्कलन तथा विश्लेषणलाई विशेष प्राथमिकतामा राखी तर्जुमा गरिएका सुरक्षा रणनीति एवं कार्ययोजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै जानुपर्नेमा उनले जोड दिए ।

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले निर्वाचनलाई स्वच्छ, भयरहित वातावरणमा सम्पन्न गराउन सरोकारवाला सबै पक्षले जिम्मेवारी बोध गर्दै सुरक्षा संवेदनशीलताअनुसार आपसी समन्वयात्मक ढङ्गबाट कार्यसम्पादन गर्नुपर्ने बताए ।

यस अन्तरक्रियाबाट प्राप्त भएका सुझाव, प्रतिक्रिया एवं पृष्ठपोषणले निर्वाचन सुरक्षालाई थप सुदृढ तथा प्रभावकारी बनाउन महत्त्वपूर्ण योगदान पुग्ने उनले बताए ।

प्रहरी महानिरीक्षक कार्कीले विगतमा सम्पन्न भएका निर्वाचनको सुरक्षा व्यवस्थापनको विश्लेषण गरी आसन्न निर्वाचन पूर्व र निर्वाचनपश्चात्को सम्पूर्ण चुनौतीलाई सम्बोधन गर्न यस अन्तरक्रियाबाट प्राप्त रचनात्मक सुझाव सहयोगी हुने बताए ।

कार्यक्रममा गृह मन्त्रालयका प्रवक्ता एवं सुरक्षा तथा समन्वय महाशाखाका सहसचिव आनन्द काफ्लेले निर्वाचनको समयमा देखा पर्नसक्ने जोखिम र चुनौतीलाई सुक्ष्म रूपमा विश्लेषण गर्दै त्यस्ता चुनौतीलाई सम्बोधन गर्न थप क्रियाशील भई कार्यसम्पादन गर्नुपर्ने बताए ।

नेपाल प्रहरीलाई आवश्यक स्रोतसाधन उपलब्ध गराउनसमेत गृह मन्त्रालय सदैव क्रियाशील रहेको उनले बताए । नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभागका प्रहरी वरिष्ठ उपरीक्षक सुवासचन्द्र बोहोराले निर्वाचन सुरक्षा तयारी र आगामी रणनीति, जनशक्ति व्यवस्थापन, भौतिक स्रोतसाधन व्यवस्थापन, सुरक्षा चुनौती÷विश्लेषणलगायत विषयमा प्रस्तुतीकरण गरेका थिए ।

प्रकाशित मिति : १३ फाल्गुन २०८२, बुधबार  १० : १७ बजे

विश्वकपमा मेसी : बने सबैभन्दा धेरै गोल गर्ने खेलाडी, हाने १७ गोल

काठमाडौँ । विश्वकपमा अर्जेटिनाका कप्तान लियोनल मेस्सीले रेकर्ड ब्रेक गरेका

पेनाल्टी ‘मिस’ हुँदा ऐतिहासिक कीर्तिमान बनाउन चुके मेसी

काठमाडौं – अर्जेन्टिनाका कप्तान लियोनल मेसीले फिफा विश्वकप २०२६ मा

लिची बगैँचाबाट वार्षिक लाखौँ आम्दानी गर्दै राई

भोजपुर – भोजपुरको पौवादुङमा गाउँपालिका– ४ बास्तिमका वडाध्यक्ष रमेश राई

वैदेशिक रोजगार विभागको दैनिक प्रगति: २६ नयाँ जाहेरी दर्ता, ७ जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगार विभागले मिति २०८३ असार ८ गतेको

दुई समस्याग्रस्त सहकारीका ८२ जना बचतकर्ताको रकम फिर्ता

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले लालीगुराँस सहकारी र आइडियल