डायलाइसिसमा रहेका मिर्गौलाका बिरामीले के खाने के नखाने ? | Khabarhub Khabarhub

डायलाइसिसमा रहेका मिर्गौलाका बिरामीले के खाने के नखाने ?


१५ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

मिर्गौलाले पूर्ण रुपमा काम गर्न नसक्ने अवस्था आउनु भनेको मिर्गौला फेल हुनु हो । मिर्गौला फेल भएका व्यक्तिले  स्वस्थ व्यक्तिको मिर्गौला प्रत्यारोपण गर्नुपर्छ । यदि प्रत्यारोपण सम्भव छैन भने । समय समयमा डायलाइसिस गर्नुपर्छ । समय समयमा डायलाइसिस गरेर मात्रै मिर्गौलाका बिरामीको स्वास्थ्य पूर्ण रुपमा ठीक हुँदैन ।

त्यसैले डायलाइसिस गराइरहेका व्यक्तिले खानपान र स्वास्थ्यमा विशेष ध्याल गर्नुपर्छ । खानपानमा ध्यान दिएर सातामा दुईपटक नियमित डायलाइसिस गराउँदा मिर्गौलाका फेल भएका बिरामीको आयु २५ वर्षसम्म रहनसक्ने चिकित्सकहरु बताउँछन् । त्यसैले डायलाइसिस गरीरहेका मिर्गौलाका बिरामीले आफ्नो स्वास्थ्यमा विशेषज्ञ ध्यान दिनुपर्छ ।

डायलाइसिसमा रहेका मिर्गौलाका बिरामीले के खाने के नखाने ?

पानी पिउँदा ख्याल गर्नुस्

मिर्गौलाका बिरामीलाई पिसाब हुँदैन । बिरामीले सेवन गर्ने झोल पदार्थ डायलाइसिस गर्दा नै बाहिर निकाल्नुपर्ने हुन्छ । त्यसैले डायलाइसिस गराइरहेका व्यक्तिहरुले पानी पिउँदा पनि विचार पुर्‍याउनुपर्छ । धेरै मात्रामा पानी पिउँदा पनि स्वास्थ्यमा असर पर्छ । झोल पदार्थ समेत चिकित्सकको सल्लाहमा सीमित मात्रामा सेवन गर्नुपर्छ ।

तरकारी तथा सागसब्जी उमालेर खाने

डायलाइसिस गराइरहेका मिर्गौलाका बिरामीले पोटासियमयुक्त खाना खानु मुटुका लागि खतरनाक मानिन्छ । पोटासियम बढी भएमा मिर्गौलाका बिरामीको मुटुको धड्कन बन्द भएर मृत्यु हुने खतरा हुन्छ । त्यसैले डायलाइसिस गराइरहेका बिरामीले साजसब्जी उमालेर मरमसला प्रयोग नगरी खानुपर्छ ।

प्रोटिनयुक्त खानामा नियन्त्रण

मिर्गौलाका बिरामीले खाने खानामा हुने विकारयुक्त पदार्थहरु डायलाइसिसकै माध्यमबाट निकाल्ने गरिन्छ । प्रोटिनयुक्त खानाहरु माछा, मासु, च्याउ, डेडागुडी जति धेरै खायो त्यति नै धेरै विकारयुक्त पदार्थ पनि उत्पादन हुन्छ ।

यी पदार्थहरु निस्कासन गर्न डायलाइसिस गराउनुपर्छ । प्रोटिनयुक्त खाद्यान्न बढी खाँदा डायलाइसिस गर्दा पूर्ण रुपमा फोहोर पदार्थ निस्किएन भने शरीर झनै कमजोर हुन्छ । त्यसैले डायलाइसिस गराइरहेका बिरामीले प्रोटिनयुक्त खाना कम खानुपर्छ ।

फलफूलमा नियन्त्रण

डायलाइसिस गराइरहेका बिरामीले फलफूल खाँदा समेत विचार पुर्‍याउनुपर्छ । स्याउ, मेवा , नास्पाती र भुँइकटहर बाहेक अन्य फलफूल मिर्गौलाका बिरामीका लागि उपयुक्त हुँदैन ।

अम्लिय पदार्थ खानु हुँदैन

मिर्गौला बिग्रिएको बिरामीले डायलाइसिस गराइरहेको छ भने अचार, कागती, अमिलो, अमला, लप्सी, गुन्द्रुक, सिन्की, अमिलो मिसाइएको खाना खानु हुँदैन ।

बासी खानेकुरा खानु हुँदैन

मिर्गौला फेल भएर डायलाइसिस सेवा लिइरहेका बिरामीले बासी खाना खानु भनेको स्वास्थ्यमा समस्या निम्त्याउनु हो । त्यसैले मिर्गौलाका बिरामीले बासी, सडेगलेको खानेकुरा खानु हुँदैन ।

प्रकाशित मिति : १५ कार्तिक २०७६, शुक्रबार  १२ : ०९ बजे

सुनसरीमा दुई जनाको शव फेला

सुनसरी – सुनसरी दुहबी नगरपालिका–४ शिव मन्दिर चोक नजिक निर्माणाधीन

उपेन्द्र यादव भन्छन् : दश वर्ष अगाडि जारी भएको संविधान पुनर्लेखन गर्नुपर्छ

सप्तरी – जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष उपेन्द्र यादवले

छायाँनाथ रारा नगरपालिकामा वडा अध्यक्षद्वारा तालाबन्दी

मुगु – छायाँनाथ रारा नगरपालिका प्रमुख विष्णुकुमार भामले १७ औँ

सूचना प्रविधि विधेयकको नागरिक स्वतन्त्रता कुण्ठित गर्ने प्रावधान स्वीकार्य छैनः वर्षमान

काठमाडौं– नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं सांसद वर्षमान पुन अनन्तले

सङ्खुवासभामा स्क्रब टाइफस र डेङ्गु सङ्क्रमितका सङ्ख्यामा वृद्धि

सङ्खुवासभा – सङ्खुवासभाको जिल्ला अस्पतालमा भाइरल ज्वरो, स्क्रब टाइफस र