बीबीसीको विवादित भिडियो सामग्री हटाउन काउन्सिललाई निर्वाचन आयोगको पत्र « Khabarhub

बीबीसीको विवादित भिडियो सामग्री हटाउन काउन्सिललाई निर्वाचन आयोगको पत्र


१४ फाल्गुन २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


819
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- निर्वाचन आयोगले बेलायतको प्रसारण कम्पनी बीबीसीले बिहीबार सार्वजनिक गरेको विवादित भिडियो सामग्री हटाउन प्रेस काउन्सिल नेपाललाई पत्राचार गरेको छ।

आयोगले बिहीबार काउन्सिललाई पत्र लेखेर बीबीसीको उक्त विवादित भिडियो सामग्री हटाउन काउन्सिललाई पत्र लेखेको हो ।

आयोग कार्यवाहक प्रमुख रामप्रसाद भण्डारीले बीबीसीको उक्त भिडियो सामग्री रोक्न आग्रहसहितको पत्र काउन्सिललाई लेखिएको जानकारी दिए ।

‘हो, यसबारेमा प्रेस काउन्सिललाई पत्र गएको छ’, उनले भने, ‘उक्त सामग्री हटाउने गरी कारबाही अघि बढाउन भनेका छौँ।’

चुनावको मुखमा सार्वजनिक गरिएको उक्त भिडियो सामग्रीले समस्या ल्याउने निष्कर्षसहित आयोगले यो निर्णय गरेको हो । गत भदौ २३ र २४ को जेन-जी आन्दाेलन राज्यको असफलता भएको निष्कर्ष निकालेको बीबीसीको यो भिडियोपछि एउटा पक्ष उत्साहिछ । अर्को पक्षले भने चुनावको मुखमा जनमत प्रभावित पार्न नियोजित रुपमा ल्याइएको भन्दै विरोध गरिरहेको छ।

बीबीसी विश्व सेवाले बिहीबार सार्वजनिक गरेको ४१ मिनेट लामो ‘शट लाइक इनमिज : इनसाइड नेपाल्स जेन-जी अपराइजिङ’ नामक डकुमेन्ट्रीमा त्यसबेलाको दमनको चित्रण गरिएको छ।

प्रकाशित मिति : १४ फाल्गुन २०८२, बिहिबार  ७ : २० बजे

जनकपुरले जित्यो टस, पहिले फिल्डिङ गर्ने

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ओलीले भने- नेपालीहरूमा आफ्ना देशका विद्वानलाई नचिन्ने प्रवृत्ति छ

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालीहरूमा आफ्ना देशका

संसदीय विशेष समितिले माग्यो बाढी प्रभावित क्षेत्रमा भएको क्षति र राहत वितरणको विवरण

काठमाडौँ– राष्ट्रिय सभाअन्तर्गतको भोटेकोशी एवम् कालीगण्ड तटीय क्षेत्रमा विपद्सम्बन्धी अध्ययन

‘कफी विद करण’ पछि विवादमा रश्मिका–विजय, गलत सूचना फैलाएको भन्दै साइबरमा उजुरी

काठमाडौं- बलिउड तथा दक्षिण भारतीय फिल्मका चर्चित जोडी विजय देवरकोण्डा

के विजयकै बाटो पछ्याउँदै राजनीतिमा आउँदैछन् धनुष ? आरएसएस नेतासँगको भेटले बढायो चर्चा

काठमाडौं– दक्षिण भारतका  चर्चित अभिनेता धनुष अब फिल्मी पर्दाबाट राजनीतिक