जोन अब्राहमलाई कसले गिफ्ट गर्‍यो ३० लाखको पिकअप ट्रक? | Khabarhub Khabarhub

जोन अब्राहमलाई कसले गिफ्ट गर्‍यो ३० लाखको पिकअप ट्रक?


१५ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउडका ह्याण्डसम हंक जोन अब्राहम बाइक र कारका निकै शोखिन छन् । यही कुरालाई ख्याल गर्दै फिल्म ‘मुम्बई सागा’ का निर्देशक सञ्जय गुप्ताले जोनलाई ३० लाख रुपैयाँको पिकअप ट्रक गिफ्ट गरेका छन् ।

निर्देशक गुप्ताले कार र बाइकमा रुचि राख्ने जोनजस्तो मान्छे आफूले नदेखेको भन्दै पिकअप ट्रक गिफ्ट दिएका हुन् ।

‘जोनसँग कैयन् बाइक र कारको कलेक्सन छ, मैले पनि उनका लागि पिकअप ट्रक किनेको छु, किनकि उनको कलेक्सनमा यो थिएन,’ निर्देशक गुप्ताले भने ।

यसको टेस्ट ड्राइभ गर्दा जोनले पिकअप ट्रक मन पराएको र त्यही कारण आफूले किनिदिएको गुप्ताको भनाइ छ ।

यसअघि पनि सञ्जय गुप्ताले जोनलाई सुपरबाइक दिएका थिए । सन् २०१३ मा प्रदर्शनमा आएको फिल्म ‘शूटआउट एट वटाला’ को सफलतापछि उनले जोनलाई सुपरबाइक गिफ्ट गरेका थिए ।

जोनसँग राजपुताना लाइट फुट, डुकाती डिवेल, कावासाकी निन्जा, हायाबुसा, महिन्द्रा मोजो लगायतका बाइकको सङ्ग्रह छ । साथै उनीसँग निसान जिटी आर, लेम्बोर्गिनी गेलार्डो सहित अन्य कार पनि छन् ।

प्रकाशित मिति : १५ कार्तिक २०७६, शुक्रबार  १२ : २६ बजे

नदीजन्य पदार्थ उत्खननमा प्रतिबन्ध

कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिका क्षेत्रभित्रका खोला तथा नदी नालाबाट नदीजन्य

तीन लाख किम्बुका बेर्ना बिक्रीका लागि तयार 

चितवन– व्यवसायिक किट विकास फर्म भण्डाराले तीन लाख बढी किम्बुका

उद्योगीलाई जग्गा किन्न लगाउने होइन, कन्ट्रयाक्टमा दिने व्यवस्था राम्रो हुन्छ

काठमाडौँ – नेपालको भूमिको वितरण सामन्ती प्रणालीमा आधारित रहेको यथार्थ

मुग्लिन-पोखरा सडक विस्तार : पश्चिम खण्डमा ५३ प्रतिशत काम 

तनहुँ– मुग्लिन–पोखरा सडक विस्तार अन्तर्गत पश्चिम खण्डमा ५३ प्रतिशत काम

ट्रम्पको दक्षिणपन्थी बाटोमा संकटको बादल

काठमाडौं– अमेरिकाको राष्ट्रपति पदमा डोनाल्ड ट्रम्पको पुनरोदयसँगै उदाएको दक्षिणपन्थी राजनीतिभित्रै