अदालतमा महराको बयान शुरु « Khabarhub

अदालतमा महराको बयान शुरु


१५ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जबरजस्ती करणी उद्योग (प्रयास) को अभियोग लागेका पूर्व सभामुख कृष्णबहादुर महराको अदालती बयान शुरु भएको छ ।

महराको केही समय अगाडिदेखि मात्रै काठमाडौं जिल्ला अदालतमा बयान लिन शुरु गरिएको हो ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश सुदर्शनराज पाण्डेको इजलाशमा बयान लिन शुरु गरिएको काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी ज्ञानबहादुर कार्कीले खबरहबलाई जानकारी दिए ।

महराको बयान सकिए सम्भवत आजै थुनछेक बहस शुरु हुने छ । थुनछेक बहस सकिएपछि अदालतले महरालाई थुनामा पठाउने, धरौटी तिराइ तारेखमा रिहा गर्ने वा साधारण तारेखमा राखेर मुद्दाको पुर्पक्ष गर्ने भनेर आदेश जारी गर्ने छ ।

प्रहरीको झन्डै १ महिना लामो अनुसन्धान पछि काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयले बिहीबार महराविरुद्ध जबरजस्ती करणी उद्योग र ओहोदाको दुरुपयोग गरी कसुर गरेको अभियोगमा अधिकत्म ७ वर्ष ६ महिना कैद सजाय माग दाबी गर्दै जिल्ला अदालत काठमाडौंमा अभियोग पत्र दायर गरेको थियो ।

प्रकाशित मिति : १५ कार्तिक २०७६, शुक्रबार  १२ : ३४ बजे

मेरो लडाइँ जारी छ, विजय हुन बाँकी नै छ : रवि लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो लडाइँ

जेन–जी शहीदका परिवार भेटेपछि भावुक बने रवि

काठमाडौँ – काठमाडौँ आइपुगे लगत्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते

नेकपा (संयुक्त) का प्रदेशस्तरीय बैठक सम्पन्न

काठमाडौं- नेकपा (संयुक्त) को प्रदेशस्तरीय बैठकहरु सम्पन्न भएका छन् ।

आमनिर्वाचन सफल पार्नुपर्छ : उपसभापति वाग्ले

म्याग्दी- राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णीम वाग्लेले देशको राजनीतिक अन्योल