कांग्रेसको प्रस्ताव : फागुन १८ गते खुलामञ्चमा प्रधानमन्त्रीका उम्मेदवारबीच बहस गरौँ « Khabarhub

कांग्रेसको प्रस्ताव : फागुन १८ गते खुलामञ्चमा प्रधानमन्त्रीका उम्मेदवारबीच बहस गरौँ


१५ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

पोखरा – नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनपछि बन्ने सरकारमा प्रधानमन्त्रीका रुपमा अघि सारिएकाहरूबीच फागुन १८ गते काठमाडौंको खुलामञ्चमा बहसको प्रस्ताव गरेको छ ।

कांग्रेसले फागु पूर्णिमाका दिन सँगै होली खेल्न र निर्वाचनपछि बन्ने संसद्को ५ वर्षे कार्यकालमा गर्नुपर्ने कामका एजेन्डामा बहस गर्ने प्रस्ताव गरेको हो ।

कांग्रेसले शुक्रबार कास्कीको पोखरामा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उपसभापति विश्वप्रकाश शर्माले त्यस्तो प्रस्ताव गरेका हुन् ।

‘फागुन १८ गते होली छ । त्यो होलीमा प्रधानमन्त्रीका उम्मेदवारबिच खुला मञ्चमा सार्वजनिक बहस गरौँ,’ उपसभापति शर्माले सोधे, ‘सँगै होली खेलौँ । यो कांग्रेसको प्रस्ताव छ । अरू दल राजी हुनुहुन्छ ?’

उपसभापति शर्माले सम्बोधनका क्रममा आफ्नो पार्टीले देशलाई बदल्न चाहेको बताए । उनले चुनावीमा मैदानमा प्रतिस्पर्धामा रहेका कुनै पनि दललाई दुश्मनीको रूपमा लिन नहुनेसमेत बताए ।

निर्वाचनपछि सबै दलहरूले सत्ता पक्ष र प्रतिपक्षमा रहेर मिलेर देशका लागि काम गर्नुपर्ने भएकाले उनीहरूले निर्वाचनको मैदानमा दुश्मनको व्यवहार गर्न नहुने उनको भनाइ थियो ।

उपसभापति शर्माले मुलुकलाई निकास दिने विषयलाई निर्वाचनको बेला बहस विषय बनाउनुपर्नेमा पनि जोड दिए ।

उनले भने, ‘हामी देशलाई बदल्न चाहन्छौँ । त्यसकारण सबभन्दा पहिले राजनीतिलाई बदलौँ । नेपाली कांग्रेस पार्टीले संकल्प गरेको छ । हामी राजनीतिलाई बदल्न चाहन्छौँ । राजनीतिको शैली बदल्न चाहन्छौँ । संस्कारलाई बदल्न चाहन्छौँ । राजनीतिको यो चुनावको मैदानमा हाम्रो लागि कोही पनि दुश्मन छैनन् । आज हामी जो प्रतिस्पर्धा छौँ। यी दलहरू भोलि सत्ता र प्रतिपक्षमा सँगसँगै रहेर काम गर्नुछ । त्यसकारण दलहरूको मञ्चबाट त्यसैले दलहरुको मञ्चबाट गाली होइन, प्रेमलाई संप्रेषण गरौँ । निर्वाचनको मैदान दुश्मनीको अखडा होइन । निर्वाचनको मैदान व्यक्तित्व र प्रतिष्पर्धाको महायज्ञ हो ।’

उपसभापति शर्माले निर्वाचनको मञ्चलाई गोली गर्ने अवसरको रुपमा लिने काम पनि गर्न नहुने बताए ।

प्रकाशित मिति : १५ फाल्गुन २०८२, शुक्रबार  ८ : २८ बजे

इजरायलको निर्वाचनमा नेतान्याहुको गठबन्धन अगाडि, बहुमतबाट टाढा

एजेन्सी– इजरायलको आमनिर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धनले अग्रता लिए पनि संसद्मा

जातीय छुवाछुत नियन्त्रण र महिला तथा बालबालिकाको संरक्षण प्राथमिकतामा

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

३२ वर्षपछि हलमा फर्किँदै अक्षय-रवीनाको ‘मोहरा’, रणवीरको ‘रामायण’सँग भिडन्त

काठमाडाैँ – बलिउडमा कुनै समय तहल्का मच्चाएको अक्षय कुमार र

६ हजार शिक्षकको बढुवा उजुरीको पुनरावलोकन हुँदै

काठमाडौँ – शिक्षक सेवा आयोगले बढुवा योग्यताक्रम सूचीमा परेका करिब

एन्फाको ताला खोलियो, कार्यसमितिको बैठक शुक्रबार बस्ने तयारी

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)का बहुमत सदस्यहरूले लामो समयदेखि