कतार र बहराइन बस्ने नागरिकलाई उच्च सतर्कता अपनाउन अमेरिकाको आग्रह « Khabarhub

कतार र बहराइन बस्ने नागरिकलाई उच्च सतर्कता अपनाउन अमेरिकाको आग्रह


१६ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इरानमाथि हमला भइरहँदा अमेरिकाले कतार र बहराइनमा रहेका आफ्ना नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । ती देशमा रहेका अमेरिकी राजदूतावासले आफ्ना नागरिकलाई सुरक्षित स्थानमा जान आग्रह गरेका हुन् ।

सुरक्षा निर्देशनमा राजदूतावासले आफ्नै आवास वा कुनै भवनमा सुरक्षित स्थान खोजेर बस्न आग्रह गरेको छ । राजदूतावासले खानेकुरा, पानी, औषधि र अन्य अत्यावश्यक कुराको जोहो गर्न पनि आग्रह गरेको छ ।

आफ्ना नागरिकलाई ‘लो प्रोफाइल’ मा रहन, आफू आसपासको वातावरणबारे सचेत रहन, प्रदर्शनबाट जोगिन पनि अमेरिकाले आग्रह गरेको छ ।

हाल राजदूतावासका सबै कर्मचारी सुरक्षित रहेको जनाइएको छ ।

गत वर्ष पनि इजरायल र अमेरिका मिलेर हमला गर्दा इरानले कतारमा रहेको अल उदेदस्थित अमेरिकी सैन्य आधारमा क्षेप्यास्त्र प्रहार गरेको थियो । यसपल्ट पनि इरानले यस्तै किसिमको आक्रमण गर्ने जोखिमबीच अमेरिकाले आफ्ना नागरिकलाई सुरक्षित रहन आग्रह गरेको हो ।

प्रकाशित मिति : १६ फाल्गुन २०८२, शनिबार  २ : १२ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार