इरानी रक्षामन्त्री र आईआरजीसीका कमाण्डर मारिएको इजरायली दाबी « Khabarhub

इरानी रक्षामन्त्री र आईआरजीसीका कमाण्डर मारिएको इजरायली दाबी


१६ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


450
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिका र इजरायलले संयुक्त रुपमा गरेको हमलामा परी इरानका रक्षामन्त्री आमिर नशिरजादे मारिएको इजरायली अधिकारीले दाबी गरेका छन् ।

इजरायली सुरक्षा स्रोतलाई उद्धृत गर्दै जेरुसलेम पोस्टले जनाएअनुसार आक्रमणमा परी र सैन्य संगठन इस्लामिक रिभल्युसनरी गार्ड कोर आईआरजीसीका कमाण्डर मोहम्मद पाकपोर पनि मारिएका छन् ।

आक्रमणपछि सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको अवस्था भने अज्ञात रहेको जनाइएको छ । इरानी सुरक्षाकर्मीले खामेनी, राष्ट्रपति मसुद पेजेस्कियानको कार्यालय र संसद् भवन जाने बाटो बन्द गरेका छन् ।

इजरायल र अमेरिकाले गरेको संयुक्त आक्रमणमा राजधानी तेहरानसहित कोम, इस्फहान, केर्मान्शा कराजजस्ता शहरलाई निशाना बनाइएको थियो ।

प्रकाशित मिति : १६ फाल्गुन २०८२, शनिबार  ८ : २२ बजे

आज वैशाख शुक्ल नवमी : सीता जयन्ती मनाइँदै

काठमाडौँ– प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन मनाइने राष्ट्रिय विभूति

शनिबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८३ साल वैशाख १२ गते शनिबारको राशिफल

काठमाडौँ – आज २०८३ साल वैशाख १२ गते शनिबार। वैशाख

सशस्त्र प्रहरीका ६ जना एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस

काठमाडौं – गृह मन्त्रालयले सशस्त्र प्रहरी बल (एपीएफ)का ६ जना