इरानको बालिका विद्यालयमा इजरायली नरसंहार, मारिनेहरूको संख्या ८५ पुग्यो « Khabarhub

इरानको बालिका विद्यालयमा इजरायली नरसंहार, मारिनेहरूको संख्या ८५ पुग्यो


१६ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


261
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इरानको मीनाब सहरस्थित बालिका प्राथमिक विद्यालयमा भएको इजरायली हमलामा ज्यान गुमाउनेको संख्या बढेर ८५ पुगेको छ।

यो जानकारी इरानको सरकारी सञ्चारमाध्यमले दिएको हो । मृतकमध्ये ठूलो संख्या छात्राहरूको रहेका छन् ।

मध्यपूर्वमा तनावले युद्धको रूप लिएका बेला इजरायलले इरानी विद्यालयमा नरसंहार मच्चाएको हो ।

शनिबार बिहानैदेखि अमेरिका र इजरायली सेनाले संयुक्त रूपमा इरानका विभिन्न सैन्य तथा रणनीतिक क्षेत्रहरूमा भीषण आक्रमण सुरु गरेका छन् ।

यस आक्रमणको जवाफमा इरानले पनि इजरायल र यस क्षेत्रमा रहेका अमेरिकी सैन्य आधार शिविरहरूमा सयौँ ब्यालिस्टिक मिसाइल र ड्रोन प्रहार गरेपछि स्थिति नियन्त्रण बाहिर पुगेको छ ।

इरानको दक्षिणी प्रान्त होर्मोज्गानमा रहेको मिनाब सहरस्थित शजरेये तय्येबाह नामक प्राथमिक बालिका विद्यालयमा इजरायली मिसाइलले निशाना बनाएको छ ।

इरानको सरकारी समाचार एजेन्सी इर्नाका अनुसार उक्त आक्रमणमा कम्तीमा ८५ जनाको मृत्यु भएको छ भने ४० जना गम्भीर घाइते भएका छन् ।

मिनाबका प्रान्तीय गभर्नर मोहम्मद रादमेह्रले अझै पनि ८५ जना विद्यार्थीहरू विद्यालयको भग्नावशेषमा पुरिएर मारिएको बताएका छन् ।

प्रकाशित मिति : १६ फाल्गुन २०८२, शनिबार  १० : ०७ बजे

पेट्रोलियम पदार्थको मूल्य घटाउन कांग्रेसको माग

काठमाडौं – नेपाली कांग्रेसले पेट्रोलियम पदार्थको बढ्दो मूल्यका कारण जनजीवनमा

क्विन्टन डी ककको शतकमा मुम्बईले पञ्जाबलाई दियो १९६ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत २४औँ खेलमा मुम्बई

इरानबाहेकका राष्ट्रमा ‘स्ट्रेट अफ हर्मुज’ बाट हुने निर्यात ‘अत्यधिक न्यून’

पेरिस – तेहरानले महत्त्वपूर्ण जलमार्गमा आवतजावतमा कडाइ गरेपछि अन्य देशहरूबाट

एमालेले वडा, पालिका र जिल्ला तहमा निर्वाचनको समीक्षा गर्दै

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले गत फागुन २१ गते

कांग्रेसले भन्यो : कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण

ललितपुर – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले गौरीबहादुर कार्की