काण्डहरुले प्रभाव पारेको हो साम्राज्ञीको ‘स्टारडम’लाई? « Khabarhub

काण्डहरुले प्रभाव पारेको हो साम्राज्ञीको ‘स्टारडम’लाई?


१५ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

साम्राज्ञी राज्यलक्ष्मी शाह पछिल्लो समयकी लोकप्रिय नायिका हुन् । चलचित्र ‘ड्रिम्स’ मा गरेको अभिनय र क्युट लूकका कारण उनीएकाएक हिट भइन् । झट्ट हेर्दा उनी मुडी देखिन्छिन् । यसैले पनि होला, कति दर्शकले साम्राज्ञीलाई मुडी नायिकाका रुपमा लिन्छन् ।

साम्राज्ञीलाई नजिकबाट चिन्नेहरुले भने उनको खुबै तारिफ गर्छन् । उनी निकै सहयोगी भएको भन्दै तारिफ गर्छन् । अभिनयले भन्दा पनि साम्राज्ञीले सुन्दरताका कारण चर्चा कमाएकी छिन् । फ्यानको मन पनि जितेकी छिन् ।

पछिल्लो समय हेर्दा चाहिँ उनको स्टारडम केही खस्किएको हो कि भन्ने धेरैलाई लागेको छ । शुरुवाती करिअरका बेला एकपछि अर्को गर्दै हिट फिल्म दिएकी साम्राज्ञीका यस वर्ष रिलिज भएका दुवै फिल्म व्यावसायिक रुपमा असफल रहे । उनले अभिनय गरेको चलचित्र ‘मारुनी’ ले पनि ठीकै प्रतिक्रिया पायो । अर्को फिल्म ‘रातो टीका निधारमा’ ले त झन् दशैँको विदालाई पनि सदुपयोग गर्न सकेन ।

अझ कतिले त ‘रातो टीका निधारमा’ मा साम्राज्ञीको भूमिका नै नसुहाएको टिप्पणी समेत गरे । बरु ‘मारुनी’ मा अभिनय सुधारेको भन्दै तारिफ पाइन् ।

जब साम्राज्ञीको फिल्म रिलिज हुने बेला आउँछ, उनी कुनै न कुनै विवादमा मुछिन्छिन् । यसअघि ट्याटु काण्ड, बाली काण्ड लगायत यस्तै यस्तै काण्डले साम्राज्ञी विवादमा आइन् । एकपटक त उनले गाउँले भूमिका नै नगर्ने भन्दै मिडियामा समाचार आए । तर, साम्राज्ञीले आफूले कहिले पनि गाउँले भूमिका गर्दिनँ भनेर नभनेको बताउँछिन् ।

फिल्मको रिलिज मिति नजिक आउँदा साम्राज्ञी विवादमा मिसिनुले उनको फिल्मको व्यावसायिक पाटोलाई घाटा पारिदिएको छ । कहिले मंयक खड्का त कहिले देवांश राणासँग नाम जोडिएका कारण पनि साम्राज्ञीको स्टारडम खस्किँदै गएको कतिपयको भनाइ छ ।

साम्राज्ञीले ‘मारुनी’ र ‘रातो टीका निधारमा’ दुवै फिल्मको कथा मन परेर आफूले फिल्ममा काम गरेको बताएकी थिइन् । तर यी दुवै फिल्म नै कथामा चुकेका थिए । फलस्वरुप फिल्म खासै चलेनन् ।

साम्राज्ञीले फिल्म राम्रा भन्दै गर्नु यता दर्शकले भने फिल्म नपत्याउने हो भने साम्राज्ञीको स्टारडम पनि छिट्टे ओरालो लाग्ने देखिन्छ । थोरै फिल्म खेलेर पनि राम्रो चर्चा कमाउन साम्राज्ञी आफूलाई थप परिस्कृत गर्न जरुरी छ । किनकि, सुन्दरता त पक्कै सधैका लागि हुँदैन । भोलिका दिनमा दमदार अभिनय र विश्वसनीय टिमसँग काम गर्दै अगाडि बढ्नु त पक्कै पर्छ । अर्कातिर नयाँ नायिकाहरू पनि त अहिले एक से एक छन् ।

प्रकाशित मिति : १५ कार्तिक २०७६, शुक्रबार  ३ : ०२ बजे

गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं – हाल कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र

विश्वकप ड्र : कुन देश कुन समूहमा परे ?

वासिङ्टन – २०२६ को फिफा विश्वकपको समूह चरणको ड्र सार्वजनिक

एनपीएलमा आज दुई खेल : सन्दीप र दीपेन्द्रसँगै दुई कुशलको भिडन्त

काठमाडौं – राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

काठमाडौंमा आज कहाँकहाँ काटिदैछ बिजुली ?

काठमाडौं – नेपाल विद्युत् प्राधिकरणले आज पशुपतिनाथ क्षेत्र, विमानस्थल, मित्रपार्क

कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने

काठमाडौं – आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति