उपनिर्वाचन : कांग्रेसको विरासत भत्काउने दाउमा नेकपा | Khabarhub Khabarhub

उपनिर्वाचन : कांग्रेसको विरासत भत्काउने दाउमा नेकपा


१५ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके– प्रमुख तीन ठूला दलले उम्मेदवार सिफारिश गरेसँगै कोहलपुर नगरपालिकाको वडा नं ६ मा उपनिर्वाचनको माहोल बढ्दै गएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट रामशरण थारु, नेपाली कांग्रेसबाट कृष्ण थारु र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट श्रीधर सुवेदीलाई उम्मेदवार सिफारिस गरिएको छ ।

कोहलपुर–६ मा दलले अहिले निर्वाचन परिचालन कमिटी, प्रचारप्रसार कमिटी, टोल कमिटी निर्माण गरेर चुनावी गतिविधिलाई तीव्र बनाएका छन् । राजनीति दलपिच्छे भेला, बैठक, छलफल लगायतका कार्यक्रम भइरहेका छन् । निर्वाचन परिणामलाई आफ्नो पक्षमा पार्नका लागि दलले सबै रणनीति तय गरिरहेका छन् ।

उम्मेदवार सिफारिस भएसँगै निर्वाचन आफ्नो पक्षमा पार्न दल चुनावी अभियानमा सक्रिय भएका छन् । वडाध्यक्ष पदका लागि आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा नेपाली कांग्रेसलाई आफ्नो पुरानै विरासत जोगाउने लयमा छ भने नेकपा निर्वाचन परिणाम आफ्नो पक्षमा पार्दै कांग्रेसको विरासत भत्काउने दाउमा छ ।

तेस्रो ठूलो दलका रुपमा रहेको राप्रपाले दुई ठूला दलबीच कडा प्रतिस्पर्धा हुने र त्यही बीचबाट आफ्नो जीत निकाल्ने दाउमा रहेको छ । गत निर्वाचनमा एक हजार ९६४ मतदाता रहेको वडामा अहिले दुई हजार २६ मतदाता पुगेका छन् । गत निर्वाचनमा कांग्रेसका उम्मेदवार रामसोहन थारु ४२४ मत प्राप्त गरी विजयी भएका थिए ।

विसं २०७५ मङ्सिर ९ गते उनको निधनपछि सो वडामा उपनिर्वाचन हुन लागेको हो । सो वडाबाट तत्कालीन नेकपा एमालेका उम्मेदवार श्रीराम थारुले ३५२ मत र तत्कालीन नेकपा माओवादी केन्द्रका रामशरण थारुले २७३ मत प्राप्त गरेका थिए । पार्टी एकीकरणपछि दुवै पार्टीको मत जोडिएकाले यसपटकको उपनिर्वाचनमा जीत सुनिश्चित रहेको नेकपाको दाबी छ ।

प्रकाशित मिति : १५ कार्तिक २०७६, शुक्रबार  २ : ५८ बजे

जाँचबुझ आयोगसमक्ष आईजीपीले पनि दिए बयान

काठमाडौँ– नेपाल प्रहरीका आईजीपी चन्द्रकुवेर खापुङसँग जेनजी आन्दोलनको घटना छानबिन

बझाङमा ट्याक्टर दुर्घटनाः दुई जनाको मृत्यु, चालकको अवस्था गम्भीर

बझाङ – बझाङको थलारा गाउँपालिका–२ कफलकाँडामा बुधबार राति भएको ट्याक्टर

अनलाइन ठगी बढ्दै, सचेत रहन प्रहरीको आग्रह

काठमाडौं – जिल्ला प्रहरी परिसर, काठमाडौंले पछिल्ला दिनमा अनलाइनमार्फत हुने

सिंहदरबारबाट बाहिरिँदै रवि लामिछानेले भनेः बोल्ने समय आउँदैछ

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछानेले बोल्ने समय

नेवार समुदयाले मनाए सकिमना पुन्ही, टोलटोलमा अन्नका आकृति र दाफा भजन

भक्तपुर – भक्तपुरको पाँचतले मन्दिर परिसर र मध्यपुरथिमिको ऐतिहासिक मठ