इरानी सर्वोच्च नेता खामेनी मारिए, सातदिने सार्वजनिक बिदा र ४० दिने शोकको घोषणा « Khabarhub

इरानी सर्वोच्च नेता खामेनी मारिए, सातदिने सार्वजनिक बिदा र ४० दिने शोकको घोषणा


१७ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

तेहरान– इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी इजरायली र अमेरिकी आक्रमणमा मारिएको पुष्टि भएको छ ।

इरानी राज्य नियन्त्रित सञ्चार माध्यमहरूका अनुसार खामेनीको इजरायली र अमेरिकी आक्रमणमा परी मृत्यु भएको हो।

खामेनीको मृत्युको आधिकारिक पुष्टि भएसँगै इरान सरकारले देशभर सात दिन सार्वजनिक बिदा र ४० दिन शोकको घोषणा गरेको छ।

सञ्चार माध्यमहरूका अनुसार यो आक्रमण इजरायल र संयुक्त राज्य अमेरिकाको संयुक्त सैन्य कारबाहीको परिणाम हो।

पछिल्लो समय यस क्षेत्रमा बढ्दै गएको सैन्य तनाव र द्वन्द्वका बीच यो घटना सार्वजनिक भएको हो।

इरानका सरकारी निकायहरूले आफ्ना शीर्ष नेताको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै आगामी ४० दिनसम्म देशभर शोक मनाइने र राष्ट्रिय झण्डा आधा झुकाइने जानकारी दिएका छन्।

यस घटनापछि इरानको आन्तरिक सुरक्षा व्यवस्था निकै कडा पारिएको छ भने अन्तर्राष्ट्रिय समुदायले यसलाई निकै चासोका साथ हेरिरहेका छन्।

इरानी सत्ताको सर्वोच्च पदमा रहेका खामेनीको निधनले इरानको भावी राजनीतिक दिशा र क्षेत्रीय सुरक्षामा कस्तो असर पार्नेछ भन्नेबारे अहिले विश्वभर विभिन्न अड्कलबाजीहरू सुरु भएका छन्।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि उनको मृत्युको घोषणा गरेका थिए ।

प्रकाशित मिति : १७ फाल्गुन २०८२, आइतबार  ७ : ४३ बजे

नौ मन्त्रालयका विनियोजन शीर्षकमाथिको छलफल पूरा

काठमाडौं– प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न नौ वटा मन्त्रालयको

चीन-म्यान्मा सम्बन्धमा नयाँ कूटनीतिक पहल

एजेन्सी– व्यापार तथा रणनीतिक सम्बन्धलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित म्यान्माका राष्ट्रपति

कार्यदलको सुझावअनुसार पार्टी पुनर्गठन हुन्छ : महासचिव पोखरेल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले पार्टी

रास्वपा महाधिवेशन : सात हजार बढी कुर्सी अट्ने बाँसको ‘डोम’ बनाइँदै

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन तयारीका