खामेनेई युगको अन्त्य : इरानमा ३७ वर्षपछि ठूलो राजनीतिक शून्यता « Khabarhub

खामेनेई युगको अन्त्य : इरानमा ३७ वर्षपछि ठूलो राजनीतिक शून्यता

इरानको प्रतिरोध नीति निर्माण गर्ने कमान्डरको मृत्युसँगै थपिएको संकट


१७ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


732
Shares
  • change font
  • change font
  • change font

तेहरान – अयातुल्ला अली खामेनेईको जन्म १९ अप्रिल १९३९ मा इरानको धार्मिक सहर मश्हादस्थित एक मौलवी परिवारमा भएको थियो। उनी तत्कालीन राजा शाहको नीतिविरुद्ध थिए, उनले सुरूबाटै इस्लामी शासनको पक्षमा वकालत गर्थे।

सन् १९६३ मा शाहविरुद्ध भाषण दिएको आरोपमा उनलाई पक्राउ पनि गरिएको थियो। बिस्तारै उनी सरकारविरोधी आन्दोलनको प्रमुख अनुहार बने । त्यसबेला नै उनी रूहोल्लाह खोमेनीका विश्वासपात्र सहयोगीका रूपमा चिनिन थाले।

सन् १९७९ मा इरानमा इस्लामी क्रान्ति भएर शाहको सरकार ढल्यो। खोमेनी देश फर्किएर नयाँ इस्लामी सरकार गठन गरे। खामेनेईलाई क्रान्तिकारी परिषदमा स्थान दिएर केही समयपछि उपरक्षामन्त्री बनाइयो।

सन् १९८१ मा तेहरानको एक मस्जिदमा भाषणका क्रममा खामेनेईमाथि बम आक्रमण भयो। सोही वर्ष अर्को विस्फोटमा तत्कालीन राष्ट्रपतिको मृत्यु भयो। त्यसपछि भएको चुनावमा खामेनेई भारी बहुमतसहित इरानका तेस्रो राष्ट्रपति निर्वाचित भए।

सन् १९८९ मा खोमेनीको निधनपछि खामेनेईलाई देशको सर्वोच्च नेता अर्थात् ‘रहबर’ बनाइयो। यसका लागि संविधानमा संशोधनसमेत गरिएको थियो। समर्थकले उनलाई इस्लामी व्यवस्थाका बलियो रक्षक मान्छन् । आलोचकले कडा र कट्टर शासन चलाएको आरोप लगाउँछन्।

उनै इरानका सर्वोच्च नेता अयातुल्ला अली खामेनेई संयुक्त अमेरिका–इजरायल हवाई आक्रमणमा शनिबार मारिए। उनी ८६ वर्षका थिए।

इरानी सरकारी सञ्चारमाध्यमले आइतबार बिहान सबेरै उनको मृत्यु पुष्टि गरेका हुन्, जब अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार खामेनेई रहेको कम्पाउन्डमा संयुक्त हवाई हमला भएको बताएका थिए।

इरानको अर्ध–सरकारी तास्निम न्यूज एजेन्सीले शनिबार बिहान अमेरिका र ‘जायोनिस्ट शासन’ले गरेको संयुक्त आक्रमणमा इस्लामी क्रान्तिका नेता खामेनेई शहीद भएको घोषणा गरिएको जनाएको छ।

सरकारी मिडियाले उनकी छोरी, ज्वाइँ र नाति पनि उक्त हमलामा मारिएको जनाएको छ।

ट्रम्पले खामेनेई र अन्य इरानी अधिकारीहरू अमेरिकी गुप्तचर र उन्नत ट्र्याकिङ प्रणालीबाट भाग्न नसकेको बताएका थिए।

खामेनेई सन् १९८९ मा खोमेनीको निधनपछि इरानको नेतृत्वमा पुगेका थिए। खोमेनी इस्लामी क्रान्तिका वैचारिक नेता थिए भने खामेनेईले इरानको सैन्य र अर्धसैनिक संरचनालाई बलियो बनाउँदै देशको प्रतिरक्षा र क्षेत्रीय प्रभाव विस्तार गरे।

सन् १९८० को दशकमा उनले राष्ट्रपतिका रूपमा इरान–इराक युद्धका कठिन वर्षमा देशको नेतृत्व गरेका थिए।

विश्लेषकहरूका अनुसार पश्चिमी देशहरूले इराकी नेता सद्दाम हुसैनलाई समर्थन गरेपछि खामेनेईको पश्चिम, विशेष गरी अमेरिकाप्रति अविश्वास गहिरो बनेको थियो।

उनको शासन अवधिभर इरानले बाह्य र आन्तरिक खतराविरुद्ध स्थायी प्रतिरक्षाको नीति अपनाउनुपर्ने धारणा बलियो बनाइयो।

सत्ता र रणनीति
खामेनेईको नेतृत्वमा इस्लामिक रिभोल्युस्नरी गार्ड कर्प्स (आईआरजीसी) एक शक्तिशाली सुरक्षा, राजनीतिक र आर्थिक संस्थामा विकसित भयो।

उनले पश्चिमी प्रतिबन्धबीच आत्मनिर्भरता बढाउन ‘प्रतिरोध अर्थतन्त्र’ (रेजिटेन्ट्स इकोनोमी) को अवधारणा अघि सारे।

उनको शासनलाई समयसमयमा चुनौती पनि आयो। सन् २००९ को विवादित चुनावपछि भएको आन्दोलन र सन् २०२२ को महिला अधिकार आन्दोलनमा कडा दमन गरिएको भन्दै आलोचना भयो।

आलोचकहरूका अनुसार उनी सुधार चाहने युवा पुस्ताबाट टाढिँदै गए। तर समर्थकहरूले उनलाई राष्ट्रिय स्वतन्त्रता जोगाउने दृढ नेता मान्छन्।

प्रतिरोध धुरी

खामेनेईको रणनीतिमा क्षेत्रबाहिर ‘अगाडि प्रतिरक्षा’ कायम गर्नु महत्वपूर्ण थियो। यसअन्तर्गत उनले लेबनानको हिज्बुल्लाह, प्यालेस्टाइनको हमास, यमनका हुथी र इराक तथा सिरियाका समूहहरूसँग सम्बन्ध बलियो बनाए।

यस रणनीतिका प्रमुख वास्तुकार क्वासिम सुलेमानी थिए, जसको सन् २०२० मा अमेरिकी आक्रमणमा मृत्यु भयो।

बढ्दो दबाब

पश्चिमी प्रतिबन्ध, मुद्रास्फीति र आर्थिक संकटले इरानमा पटकपटक विरोध प्रदर्शन भए।

पछिल्ला वार्ताहरूमा अमेरिका इरानले परमाणु पूर्वाधार हटाओस्, मिसाइल कार्यक्रम सीमित गरोस् र क्षेत्रीय सहयोगीहरूलाई समर्थन बन्द गरोस् भन्ने चाहन्थ्यो।

तेहरानले युरेनियम समृद्धि सीमाबारे छलफलमा लचिलो देखिए पनि मिसाइल र क्षेत्रीय समूहको मुद्दालाई अस्वीकार्य ‘रेड लाइन’ मान्दै आएको थियो।

इरानी सर्वोच्च नेता आयतोल्लाह अली खामेनेई। तस्बिरःबिबिसी

फेब्रुअरी २८ मा ट्रम्पले इरानमा ‘ठूलो सैन्य अभियान’ सुरु भएको घोषणा गर्दै अन्ततः शासन परिवर्तनको संकेत दिएका थिए।

प्रकाशित मिति : १७ फाल्गुन २०८२, आइतबार  ९ : ३५ बजे

देशभर विपद्का २३ घटना : एकको मृत्यु र ५ जना घाइते 

काठमाडौं– पछिल्लो २४ घण्टामा नेपालका विभिन्न जिल्लाहरूमा २३ वटा विपद्का

इरानमा आक्रमणपछि पाकिस्तानस्थित अमेरिकी वाणिज्य दूतावासमा आक्रमण

इस्लामावाद- पाकिस्तानमा आइतबार एक उग्र भीडले संयुक्त राज्य अमेरिकाको वाणिज्य

अब कसले र कसरी चुन्छ इरानको नयाँ सर्वोच्च नेता ?

काठमाडौं- अमेरिका र इजरायलले संयुक्त रुपमा सञ्चालन गरेको सैन्य कारवाहीका

केपी ओलीको हारजित देशको विजय-पराजयसँग जोडिन्छ : योगेश भट्टराई

झापा- नेकपा (एमाले)का उपमहासचिव योगेश कुमार भट्टराईले नेपालका कम्युनिष्टहरूका लागि

खोटाङमा २१ मतदानस्थल अतिसंवेदनशील

खोटाङ– यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यतर्फ एउटामात्र निर्वाचन