इजरायलले तेहरानको ‘मुटु’ मा प्रहार गरेपछि भीषण विस्फोट « Khabarhub

इजरायलले तेहरानको ‘मुटु’ मा प्रहार गरेपछि भीषण विस्फोट


१७ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इजरायलले इरानको राजधानी तेहरानको ‘मुटु’ मा प्रहार गरेको जनाएको छ । इजरायली सेनाले तेहरानको मुटुमा भीषण हवाई आक्रमण गरेको जनाएको हो । यसै क्रममा इरानको सरकारी समाचार एजेन्सीले राजधानी तेहरानका विभिन्न स्थानहरूमा ‘भीषण विस्फोट’ भएको समाचार सार्वजनिक गरेको छ ।

समाचारमा जनाइएअनुसार तेहरानको सेय्यद खान्दान, कासर इन्टरसेक्सन, वानक स्क्वायर र मोटाहारी स्ट्रिट जस्ता महत्वपूर्ण क्षेत्रहरूमा मिसाइल र हवाई आक्रमणका कारण ठूला विस्फोटका आवाजहरू सुनिएका छन् । अहिले तेहरानको आकाशमा कालो धुवाँको बाक्लो मुस्लो देखिएको छ ।

अमेरिका र इजरायलले इरानविरुद्ध संयुक्त रुपमा सैन्य कारवाहीलाई जारी राखेका बेला मध्यपूर्वमा क्षेत्रीय तनाव उत्कर्षमा पुगेको छ । संयुक्त आक्रमणका क्रममा इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनेई मारिएपछि नयाँ नेता चुन्ने प्रक्रिया अघि बढाइएको छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०८२, आइतबार  २ : २९ बजे

‘सरकार र शैक्षिक परामर्श व्यवसायीबीचको वार्ता चाँडै टुङ्गिन्छ’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पौडेलले सरकार र शैक्षिक परामर्श

५८ करोड ५३ लाखभन्दा बढी राजस्व संकलन

दाङ– यातायात व्यवस्था कार्यालय तुलसीपुरले आर्थिक वर्ष २०८२-८३ मा ५८

रोकिराखेको बस आफैँ गुड्दा दुर्घटना, दुई तीर्थयात्रीको मृत्यु

त्रिशूली– नुवाकोटको टोखा–छहरे सडकखण्डमा आज भएको बस दुर्घटनामा दुई जनाको

काठमाडौंमा भारतको ८०औँ स्वतन्त्रता दिवस मनाइयो, ११ मृत सैनिकका परिवारलाई बीमा रकम प्रदान

काठमाडौं- भारतको ८०औँ स्वतन्त्रता दिवस शनिबार काठमाडौंस्थित भारतीय राजदूतावासमा विभिन्न कार्यक्रम

विशेष महाधिवेशन पक्षधरलाई साउदको जवाफ, ‘अदालतले वैधता देला, राजनीतिक एकता दिन सक्दैन’

काठमाडौं– नेपाली कांग्रेसका नेता एनपी साउदले इतर समूहको राष्ट्रिय भेलामा