स्ट्रेट अफ हर्मुजमा पलाउको ध्वजावाहक जहाजमाथि हमला, चार घाइते « Khabarhub

स्ट्रेट अफ हर्मुजमा पलाउको ध्वजावाहक जहाजमाथि हमला, चार घाइते


१७ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- रणनीतिक महत्वको स्ट्रेट अफ हर्मुजमा एउटा तेल बोकेको जहाजमाथि आक्रमण भएको ओमानले जनाएको छ ।

ओमानको सरकारी समाचार एजेन्सीका अनुसार ‘स्काइलाइट’ नामक पलाउको ध्वजावाहक जहाजलाई लक्षित गरी उक्त आक्रमण भएको हो । घटनामा परी चालक दलका चार सदस्य घाइते भएका छन् । घाइते हुनेहरूमा भारतीय र इरानी नागरिक रहेको बताइएको छ ।

यो आक्रमण कसले गराएको हो भन्नेबारे अहिलेसम्म स्पष्ट भइसकेको छैन । यद्यपि, संयुक्त राज्य अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेयता इरानले उक्त जलक्षेत्रमा रहेका जहाजहरूलाई रेडियोमार्फत धम्की दिइरहेको अधिकारीहरूले बताएका छन् ।

यसैबीच, ओमानको दुक्म बन्दरगाहमा पनि ड्रोन आक्रमण भएको खबर छ । इरान र अमेरिकाबीचको आणविक वार्तामा मध्यस्थकर्ताको भूमिका खेल्दै आएको ओमानले अहिलेसम्म आफूलाई क्षेत्रीय रुपमा तटस्थ राख्दै आएको थियो ।

प्रकाशित मिति : १७ फाल्गुन २०८२, आइतबार  २ : ५२ बजे

साउदी–पाकिस्तान–टर्कीबीच सैन्य क्षमता र सुरक्षा सहकार्य विस्तारमा जोड

एजेन्सी– साउदी अरब, पाकिस्तान र टर्कीएका सैन्य प्रमुखहरूले शुक्रबार रियादमा

तीन महिनामा मधेसबाट २७ करोडका सामान बरामद

काठमाडौं– पछिल्लो तीन महिनामा सशस्त्र प्रहरीले मधेस प्रदेशबाट झण्डै रु

चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा सतर्कता अपनाउन आग्रह

नारायणगढ – अविरल वर्षासँगै बाढी र डुबानको जोखिम बढेपछि चितवन

नारायणी नदी पसेपछि सुस्ताका स्थानीयलाई सुरक्षित स्थानमा सारिँदै

एजेन्सी– नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), १० असोजः पश्चिम नवलपरासीको सुस्ता

परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कमा नेपाली डायस्पोरासँग अन्तरक्रिया

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने क्रममा