इरानमाथि भएको आक्रमणबारे उत्तर कोरियाले के भन्यो ? « Khabarhub

इरानमाथि भएको आक्रमणबारे उत्तर कोरियाले के भन्यो ?


१७ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


444
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उत्तर कोरियाले इरानमाथि अमेरिका र इजरायलले गरेको आक्रमणलाई अवैध सैन्य हस्तक्षेप र राष्ट्रिय सार्वभौमसत्ताको गम्भीर उल्लंघन भन्दै कडा निन्दा गरेको छ ।

उत्तर कोरियाली सरकारी समाचार एजेन्सी केसीएनएका अनुसार त्यहाँको विदेश मन्त्रालयका प्रवक्ताले यस आक्रमणलाई अमेरिकाको आधिपत्य र गुण्डागर्दी शैलीको स्वभाविक परिणाम भएको बताएका छन् ।

इरान विरुद्धको यस कारबाहीमा अमेरिकी संलग्नता पहिले नै अपेक्षित रहेको बताउँदै उत्तर कोरियाले अमेरिका र इजरायलको यो आक्रामक युद्ध कुनै पनि परिस्थितिमा स्वीकार्य नहुने स्पष्ट पारेको छ ।

इरानको समर्थनमा उभिएको उत्तर कोरियाले यो कदमले विश्व शान्ति र स्थिरतालाई चुनौती दिएको समेत उल्लेख गरेको छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०८२, आइतबार  ५ : ०९ बजे

मधेसका १० पालिकामा एकीकृत नमूना कृषि कार्यक्रम सञ्चालन गरिने

जनकपुरधाम– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मधेस प्रदेशका १०

मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन

काठमाडौं– पूर्वी नेपालमा गुणस्तरीय, भरपर्दो र नियमित विद्युत् आपूर्ति सुनिश्चित

राज्यले नागरिकको विश्वास कसरी जित्ने ?

नेपालको राजनीतिक इतिहासमा जनआन्दोलन वा व्यापक नागरिक आन्दोलनपछि गठन भएका

किभ नजिक रुसी क्षेप्यास्त्र आक्रमण, १० जनाको मृत्यु

किभ– युक्रेनको राजधानी किभ नजिक शुक्रबार भएको रुसी ब्यालिस्टिक क्षेप्यास्त्र आक्रमणमा

अनशनरत डा. गोविन्द केसीलाई अस्पताल भर्ना गरियो

धनगढी– धनगढीमा २४औँ सत्याग्रहमा रहेका प्राध्यापक डा. गोविन्द केसीको स्वास्थ्य