खामेनीको हत्याले विश्वलाई जंगल राजतिर धकेल्छ : चीन « Khabarhub

खामेनीको हत्याले विश्वलाई जंगल राजतिर धकेल्छ : चीन


१७ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


486
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चीनले इरानी सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको हत्यालाई जंगल राजको संज्ञा दिँदै कडा आलोचना गरेको गरेको छ । आफ्ना रुसी समकक्षी सर्गेई लाभरोभसँगको टेलिफोन कुराकानीका क्रममा चिनियाँ विदेशमन्त्री वाङ यीले खामेनीको हत्याको निन्दा गरेका हुन् ।

चीनको आधिकारिक समाचार एजेन्सी सिन्ह्वाका अनुसार वाङले सार्वभौमसत्ता सम्पन्न राष्ट्रका नेताको खुलेआम हत्या र सत्ता परिवर्तनका लागि उक्साउने कार्य पूर्ण रूपमा अस्वीकार्य रहेको बताएका छन् । यस्ता कदमले अन्तर्राष्ट्रिय कानुन र अन्तर्राष्ट्रिय सम्बन्ध सञ्चालनका आधारभूत मान्यताहरूको उल्लंघन गर्ने उनको भनाइ छ।

संयुक्त राष्ट्र सुरक्षा परिषद्को अनुमतिबिना कुनै पनि सार्वभौम राष्ट्रमाथि आक्रमण गर्दा दोस्रो विश्वयुद्धपछि स्थापना भएको शान्तिको जग कमजोर हुने धारणा उनले व्यक्त गरे।

अन्तर्राष्ट्रिय समुदायले स्पष्ट र दृढ आवाजमा यस्ता कार्यको विरोध गर्नुपर्नेमा जोड दिँदै उनले विश्वलाई ‘जङ्गल राज’ तिर धकेल्न नहुने चेतावनी दिएका छन्। चीन र रुस दुवैले यस घटनाप्रति गम्भीर चासो देखाउँदै विश्वव्यापी स्थिरताका लागि चिन्ता व्यक्त गरेका छन् ।

प्रकाशित मिति : १७ फाल्गुन २०८२, आइतबार  ५ : १५ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार