निर्वाचन सुरक्षाका लागि एसएसपी सोमेन्द्रलाई दोलखा खटाइयो « Khabarhub

निर्वाचन सुरक्षाका लागि एसएसपी सोमेन्द्रलाई दोलखा खटाइयो


१७ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – निर्वाचन केन्द्रित सुरक्षाका लागि एसएसपी सोमेन्द्र सिंह राठौरलाई दोलखा खटाइएको छ । अति संवेदनशील मतदान केन्द्र धेरै रहेको दोलखाको सुरक्षालाई ध्यानमा राखेर प्रहरी प्रधान कार्यालयले एसएसपी राठौरलाई खटाउने निर्णय गरेको हो ।

दोलखा नियमित रुपमा भने डीएसपीले कमान्ड सम्हाल्दै आएको जिल्ला हो । उनी दोलखा पुगिसकेका छन् । दोलखा बागमती प्रदेशमा सबैभन्दा धेरै चुनावी सुरक्षा चुनौती भएको जिल्ला पनि हो ।

यसअघि प्रहरी प्रधान कार्यालयले दोलखामा एसएसपी प्रभुप्रसाद ढकालको नेतृत्वमा बेस स्थापना गर्ने र राठौरलाई काठमाडौँका तीन वटा निर्वाचन क्षेत्र अनुगमनको जिम्मेवारी तोकिएको थियो।

काठमाडौँ ५, ६ र ७ को जिम्मेवारी तोकिए पनि अन्तिममा राठौरलाई नै दोलखा खटाइएको हो। राठौरले यसअघि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रमुख भएर काम गरिसकेका छन्।

दोलखामा ९५ वटा मतदान केन्द्र छन्। यीमध्ये १५ वटा मतदान केन्द्र मात्रै सामान्य छन्। ५२ वटा मतदान केन्द्रलाई अति संवेदनशीलका रुपमा लिइएको छ। २८ वटा मतदान केन्द्र संवेदनशील छन्।

दोलखाका संवेदनशील मतदान केन्द्रमा नेपाली सेना र सशस्त्र प्रहरीको टोली पनि पुग्ने गरी सुरक्षा योजना बनाइएको छ। दोलखामा १ लाख ७० हजार ३२१ मतदाता रहेका छन्।

दोलाखामा यसपालि दलभन्दा बढी स्वतन्त्र उम्मेदवार छन्। १४ दलका उम्मेदवार प्रतिस्पर्धामा उत्रिँदा १९ जना स्वतन्त्र उम्मेदवार पनि मैदानमा छन्।

प्रमुख चार दलबाट एमालेका पार्वत गुरुङ, कांग्रेसका अजयबाबु सिवाकोटी, नेपाली कम्युनिस्ट पार्टीका विशाल खड्का र राष्ट्रिय स्वतन्त्र पार्टीका जगदीश खरेल उम्मेदवार छन्।

२०७९ को निर्वाचनमा पनि दोलखामा लफडा भएको थियो। तामाकोसी र वैत्यश्वरका ४ वटा मतदान केन्द्रमा पुनः मतदान गरिएको थियो।

प्रकाशित मिति : १७ फाल्गुन २०८२, आइतबार  ९ : ०७ बजे

फ्रान्सले दुई इरानी कूटनीतिज्ञ निष्कासन गर्ने निर्णयप्रति इरानको आपत्ति

एजेन्सी– इरानको विदेश मन्त्रालयले दुई फ्रान्सेली कूटनीतिज्ञमाथि लगाइएको प्रतिबन्धको जवाफमा

एट्लेटिको फ्यानकै हुटिङपछि अल्भारेजको भविष्यमा नयाँ मोड, विकल्प बार्सिलोना कि आर्सनल ?

मड्रिड- स्पेनिस क्लब एट्लेटिको मड्रिडका स्टार स्ट्राइकर जुलियन अल्भारेज आफ्नै

थाइल्यान्डका तीन प्रान्तमा एकै रात ५१ स्थानमा विस्फोट र आगजनी

बैंकक- थाइल्यान्डका दक्षिणी तीन प्रान्तमा एकै रात ५१ स्थानमा बम विस्फोट,

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत, पक्षमा ५७, विपक्षमा २२

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त

औद्योगिक फोहोर पानी निष्कासन नियन्त्रण गर्न सरकारद्वारा नयाँ मापदण्ड प्रस्ताव

काठमाडौं– सरकारले जलस्रोत, वातावरण र जनस्वास्थ्यमा पर्ने प्रतिकूल प्रभाव न्यूनीकरण