बालिका अपहरणको आरोपमा दुई भारतीय नागरिक पक्राउ « Khabarhub

बालिका अपहरणको आरोपमा दुई भारतीय नागरिक पक्राउ


१५ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी- सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–९ स्थित मामाघर आएकी आठ वर्षीया बालिकाको अपहरण गर्ने प्रयास गरेको आरोपमा दुई भारतीय नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारत विहार राज्य सुपौल बैरियाघाटका २२ वर्षीय अमिर झा र सुपौलकै बथनाहाका २० वर्षीय आनन्द गोस्वामी रहेको प्रहरीले जनाएको छ ।

हजुरबुबाको श्राद्धमा मामाघर आएकी बालिका घरपरिवारका सदस्य भोजभतेरमा व्यस्त रहेका बेला आरोपितहरुले चिया र बिस्कुटको प्रलोभन दिई साइकलमा लैजाँदै गरेको बेला पक्राउ परेको इलाका प्रहरी कार्यालय हनुमाननगरका प्रहरी निरीक्षक कमलकुमार लुगेङ्लीले बताए ।

साइकलमा चढाइ बजारबाट एक किलोमिटर पश्चिम पु¥याएका बेला स्थानीयवासीले दुवैलाई नियन्त्रणमा लिई बालिकाका मामा रवी शर्मालाई खबर गरेका थिए । अपरिचित युवासँग गइरहेको देखेपछि शर्माको घर आएकी बालिकासँग सोधपुछ गर्दा बालिकाले नचिनेको बताएपछि स्थानीयवासीले उनीहरुलाई नियन्त्रणमा लिएको बालिकाका मामा शर्माले बताए ।

“श्राद्धको पूजा र भोजमा व्यस्त रहेका बेला गाउँलेहरुले अपरिचित दुई युवकले भाञ्जीलाई साइकलमा लैजाँदै छ भनेपछि हामी दौडिएर गयौं”, शर्माले भने, “हाम्रो भाग्य भनौ वा दिन दह्रो रहेछ गाउँलेहरुले बालिकालाई चिनेकाले सोधपुछ गर्दा अपहरण हुन पाएन र भाञ्जीलाई सकुशल पायौं ।”

चिया र बिस्कुटको प्रलोभन दिई बालिकालाई साइकलमा लैजाँदै गरेको बेला पक्राउ परेका अपरिचितलाई स्थानीयवासीले कुटपिटसमेत गरेका छन् । आरोपित दुवै जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए ।

प्रकाशित मिति : १५ कार्तिक २०७६, शुक्रबार  १० : १५ बजे

आफ्नै दममा फिल्म हिट बनाउन सक्ने जितु

काठमाडौँ- अब भन्दा फरक पर्दैन- जितु नेपालले बनाएको ‘आई एम

गोल्डेन बुटको दाैड: मेसीको अनुभव, एम्बाप्पेको गति कि हालान्डको फिनिसिङ ?

काठमाडौँ – फिफा विश्वकप २०२६ सुरु भएको केही समयमै फुटबल

रास्वपा केन्द्रीय सदस्यमा प्रधानमन्त्री शाहको सचिवालयका तीन जनाको उम्मेदवारी

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिमा सो पार्टीका

मेस्सीसँगको भिडन्त ‘अद्भूत’ हुनेछ: क्रिस्टियानो रोनाल्डो

ह्युस्टन – पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले विश्वकपको नकआउट चरणमा लियोनेल

उपाध्यक्ष पौडेलको गिरफ्तारी प्रतिशोधपूर्ण : एमाले

काठमाडौँ– नेकपा एमालेले पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलको गिरफ्तारी घोर प्रतिशोधपूर्ण,