भरतपुर माविलाई बनाइयो नमूना मतदानस्थल « Khabarhub

भरतपुर माविलाई बनाइयो नमूना मतदानस्थल


२० फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बिहीबार हुने प्रतिनिधिसभा निर्वाचनका लागि चितवनस्थीत भरतपुर माविलाई नमूना मतदानस्थल बनाइएको छ ।

मतदानको लागि चितवन क्षेत्र नम्बर २ स्थीत भरतपुर माध्यमिक विद्यालयमा रहेको मतदानस्थलमा सबै निर्वाचन कर्मचारी र सुरक्षाकर्मी महिला रहेका छन् ।

मतदानस्थलमा सबै काम महिला कर्मचारीबाटै हुने मतदान अधिकृत सुशीला वाग्लेले बताइन् । 

उक्त नमुना मतदान स्थलमा मतदान केन्द्र निर्माण देखि मतदान सम्पन्न गर्ने सम्पूर्ण काम महिला कर्मचारी र महिला सुरक्षाकर्मीले गर्नेछन् । 

उक्त मतदान स्थलमा २४ जना महिला कर्मचारी र २७ महिला निर्वाचन सुरक्षाकर्मीहरू रहेको मतदान अधिकृत वाग्लेले बताइन् । 

निर्वाचनको आवश्यक प्रक्रिया पूरा गरिसकेको र तोकेको समयमा नै मतदान गर्ने तयारीमा रहेको उनले जानकारी दिइन् ।

उक्त मतदानस्थलमा विगतका पनि महिला कर्मचारी र सुरक्षाकर्मीले नै निर्वाचन गराएका थिए ।

चितवनको १ सय ६२ मतदान स्थल मध्ये भरतपुर माविको मतदान स्थल मात्र महिला कर्मचारी र सुरक्षाकर्मीले मतदान गराउने नमुना स्थलको रूपमा रहेको छ । 

उक्त मतदान स्थलमा करिब ३ हजार ७ सय मतदाताले मतदान गर्नेछन् । 

प्रकाशित मिति : २० फाल्गुन २०८२, बुधबार  ४ : ५९ बजे

शान्तिपूर्ण रूपमा निर्वाचन हुनेमा विश्वस्त छु : प्रचण्ड

चितवन – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

टी–२० विश्वकप सेमिफाइनल : दक्षिण अफ्रिकाले न्युजिल्याण्डलाई दियो १७० रनको लक्ष्य

काठमाडौं – टी–२० विश्वकपको पहिलो सेमिफाइनल खेलमा दक्षिण अफ्रिकाले न्युजिल्यान्डलाई

विशाखापट्टनमबाट फर्किंदै गरेको इरानी युद्धपोतमाथि अमेरिकी हमला, ८० नौसैनिकको मृत्यु

काठमाडौं – अमेरिका–इजरायल र इरानबीच जारी युद्धको आज पाँचौं दिनमा

मौन अवधिमा नगदसहित पक्राउ परेका जसपा उम्मेदवार यादव छुटे

सिरहा – प्रतिनिधिसभा निर्वाचनको मौन अवधि सुरु भएलगत्तै नगदसहित पक्राउ

यी छ वटामध्ये एउटा सक्कल परिचयपत्रले मतदान गर्न पाइने

काठमाडौं – निर्वाचनमा मतदान गर्न मतदाता परिचयपत्र वा त्यसको विकल्पमा