मोरङमा निर्वाचन कर्मचारीबीच नै झगडा « Khabarhub

मोरङमा निर्वाचन कर्मचारीबीच नै झगडा


२० फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


348
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भोलि बिहानदेखि प्रतिनिधिसभा निर्वाचन हुँदैछ । निर्वाचनको तयारीका लागि देशैभर मतदान स्थल तथा केन्द्रमा निर्वाचन कर्मचारीहरू खटिएका छन् ।

अनेक सुरक्षा चुनौतीबीच सुरु हुन लागेको निर्वाचनअन्तर्गत मोरङमा भने कर्मचारीबीच नै झगडा भएको छ । बुधबार साँझ करिब ७ बजेतिर, सुनवर्षी नगरपालिका–६ स्थित पटियापाडा माध्यमिक विद्यालयको ग मतदान केन्द्रमा खटिएका कर्मचारी र एक सहायक कर्मचारीबीच झगडा भएको हो ।

नेपाल विद्युत प्राधिकरण, रंगेली वितरण केन्द्रका सहायक पाँचौं तहका कर्मचारी ३७ वर्षीय रञ्जित सिवाले मतदान अधिकृत र अन्य कर्मचारीहरूसँग गालीगलौज गर्दै निर्वाचन प्रक्रियामा अवरोध गरेको आरोप छ ।

झगडाले उग्ररुप लिएपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २० फाल्गुन २०८२, बुधबार  १० : १९ बजे

सल्यानमा जन्ती बोकेको जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु

सल्यान – सल्यानमा शनिबार बेलुका जन्ती बोकेको जिप दुर्घटना हुँदा

किएभमा गोली चल्दा कम्तीमा पाँच जनाको मृत्यु

किएभ – युक्रेनको किएभको एक आवासीय जिल्लामा शनिबार भएको गोलीकाण्डमा

स्ट्रेट अफ हर्मुजमा भारतीय जहाजमाथि इरानी सेनाको गोलीबारी : भारतद्वारा कडा आपत्ति प्रकट !

काठमाडौं – सामरिक रूपमा अत्यन्तै महत्त्वपूर्ण मानिने हर्मुज स्ट्रेटमा भारतीय

वैशाख ८ गतेदेखि सोल्मामा ‘छैटौँ सोल्मा अन्तर वडा कप–२०८३’ फुटबल प्रतियोगिता

खोटाङ – सोल्मा स्पोर्टस् क्लब सोल्मा खोटाङले यही वैशाख ८