अपराह्‍न ४ बजेसम्म देशभर ४५ प्रतिशत मात्रै मतदान  « Khabarhub

अपराह्‍न ४ बजेसम्म देशभर ४५ प्रतिशत मात्रै मतदान 


२१ फाल्गुन २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– केही स्थानमा बाहेक देशभर शान्तिपूर्ण वातावरणमा उत्साहपूर्वक मतदान जारी छ। निर्वाचन आयोगका अनुसार अपराह्‍न ४ बजेसम्म विभिन्न जिल्लाबाट मतदानको विवरण आइरहेको छ ।

आयोका सूचना अधिकारी सुमन घिमिरेका अनुसार अपराह्‍न ४ बजेसम्ममा देशभर ४५ प्रतिशत मतदान भइसकेको छ।

यसअघि निर्वाचन आयोका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले ७७ वटै जिल्लाबाट ६५ प्रतिशत मत खस्ने आयोगले अनुमान गरेको बताएका थिए।

निर्वाचन अधिकृतको कार्यालय हुँदै सूचना आउनुपर्ने भएकाले समय लागिरहेको घिमिरेले बताए । घिमिरेले अगाडि भने, ‘केही जिल्लाको बाहेक साढे पाँच बजेसम्म मतदान सकिने जानकारी प्राप्त भएको छ ।’

देशभर १ करोड ८९ लाख ३,६८९ जना मतदाता रहेका छन्। आयोगका अनुसार बिहान ७ बजेदेखि मतदान भइरहेको छ। अपरान्ह ५ बजेसम्म मतदानस्थलमा प्रवेश गरेका मतदाताले मत हाल्न पाउने सुविधा छ।

२०७९ को निर्वाचनमा ६१ प्रतिशत मत खसेको थियो। २०७४ सालको प्रतिनिधिसभाको निर्वाचनमा ६७.६३ प्रतिशत खसेको थियो।

२०७९ को स्थानीय तह निर्वाचनमा ६६.८६ प्रतिशत मतदाताले मतदान गरेका थिए। स्थानीय तहको मतदानभन्दा प्रतिनिधिसभा र प्रदेशसभामा विगतका निर्वाचनमा पनि कम मतदान हुँदै आएको छ।

प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहिबार  ४ : ५० बजे

इजरायलको निर्वाचनमा नेतान्याहुको गठबन्धन अगाडि, बहुमतबाट टाढा

एजेन्सी– इजरायलको आमनिर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धनले अग्रता लिए पनि संसद्मा

जातीय छुवाछुत नियन्त्रण र महिला तथा बालबालिकाको संरक्षण प्राथमिकतामा

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

३२ वर्षपछि हलमा फर्किँदै अक्षय-रवीनाको ‘मोहरा’, रणवीरको ‘रामायण’सँग भिडन्त

काठमाडाैँ – बलिउडमा कुनै समय तहल्का मच्चाएको अक्षय कुमार र

६ हजार शिक्षकको बढुवा उजुरीको पुनरावलोकन हुँदै

काठमाडौँ – शिक्षक सेवा आयोगले बढुवा योग्यताक्रम सूचीमा परेका करिब

एन्फाको ताला खोलियो, कार्यसमितिको बैठक शुक्रबार बस्ने तयारी

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)का बहुमत सदस्यहरूले लामो समयदेखि