डोल्पामा सामाजिक विकास कार्यालय स्थापना | Khabarhub Khabarhub

डोल्पामा सामाजिक विकास कार्यालय स्थापना


१६ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोल्पा- डोल्पामा सामाजिक विकास कार्यालयको स्थापना गरिएको छ । कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले सामाजिक विकास मन्त्रालयअन्तर्गतको शिक्षा निर्देशनालय सामाजिक विकास कार्यालयको उद्घाटन गरेका हुन् ।

भौगोलिक विकटतालाई मध्यनजर गरि जनगुनासोअनुसार नै प्रदेश सरकारका विकासे चार मन्त्रालयका दुई–दुई कार्यालय जिल्लामा राखिएको बताउँदै मन्त्री बुढाले गत भदौ ६ गते कर्णाली प्रदेश सरकारले निर्णय गरेअनुसार जिल्लामा धमाधम कार्यालय स्थापना भइरहेका बताए ।

जनताले पाउने सेवालाई प्रभावकारी बनाउन जिल्लाबाटै सेवा प्रवाह गर्नेगरी कार्यालयको स्थापना गरिएको कार्यालय प्रमुख धनञ्जय आचार्यले जानकारी दिए । उनका अनुसार सामाजिक विकास कार्यायलबाट शिक्षा, महिला तथा बालबालिका, अपाङ्ग, ज्येष्ठ नागरिक, श्रम र मुख्यमन्त्री रोजगार कार्यक्रम लगायतका काम हुने तथा नागरिकले जिल्लाबाटै सेवा पाइने छ ।

हाल छ कर्मचारीले जिल्लाबाट सेवा प्रदान गर्नेछन् । जिल्लामा कार्यालय स्थापना मात्रै हुने र कर्मचारी नबस्ने भन्ने नागरिकको गुनासोलाई मध्यनजर गरी एक सातामा केही योजनासहित कार्यालयमा सबै कर्मचारी आइपुग्ने कार्यालय प्रमुख आचार्यले जानकारी दिए ।

प्रकाशित मिति : १६ कार्तिक २०७६, शनिबार  ८ : ३१ बजे

विद्यालय शिक्षा विधेयकबारे यस्तो छ उपसमितिको प्रतिवेदन, के के दियो सुझाव ? (पूर्णपाठ)

काठमाडौं – प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय

स्वास्थ्य सेवा सरकारको प्राथमिकतामा छ : मुख्यमन्त्री पाण्डे

गण्डकी– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले स्वास्थ्य सेवा सरकारको प्राथमिकतामा

२० लाखभन्दा बढी रकमसहित हुण्डी कारोबारी पक्राउ

काठमाडौं– काठमाडौं-२४ जुद्धसालिकबाट प्रहरीले २० लाख रुपैयाँभन्दा बढी रकमसहित एक

अहिंसा महोत्सव आगामी भदौमा 

काठमाडौं– नेपाल शाकाहारी सङ्घले करुणा, अहिंसा र पशु अधिकारको प्रवर्द्धन