राजीवको बाचा : कसैले हारेको महसुस गर्नु पर्दैन,  सबैको एजेन्डा बोकेर हिँड्छु « Khabarhub

राजीवको बाचा : कसैले हारेको महसुस गर्नु पर्दैन,  सबैको एजेन्डा बोकेर हिँड्छु


२३ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भक्तपुर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार राजीव खत्री विजयी भएका छन् । 

शनिबार सम्पन्न मतगणना अनुसार खत्री ४२ हजार ३३४ मत प्राप्त गरी विजयी भएका हुन् । भक्तपुर–२ मा एमालेका महेश बस्नेतले १० हजार ९९६ मत प्राप्त गर्दा कांग्रेसका कबिर राणाले आठ हजार ४०१ मत प्राप्त गरे ।

भक्तपुर २ मा जित हासिल गरे पनि सञ्चारकर्मीसँग कुरा गर्दै राजीव खत्रीले आम जनतामा देखिएको पुस्तान्तरण र रूपान्तरणको नजिता अहिले आएको बताए  । उनले आफूले जिते पनि कसैले हारको महसुस गर्नु नपर्ने र सबैको सही मुद्दा र एजेन्डाहरूलाई अघि बढाउने प्रतिबद्धता जनाए ।

नियत सफा राखेर आफू भक्तपुरमा आएको भन्दै उनले आगामी दिनमा भक्तपुरका जनतासँगै मिलेर काम गर्ने धारणा राखे ।  भक्तपुर २ मा ९८ हजार ३५६ मतदाता रहेकामा ७२ हजार ७६१ मत खसेको थियो ।

प्रकाशित मिति : २३ फाल्गुन २०८२, शनिबार  २ : ५१ बजे

बसर अल असदलाई मृत्युदण्डको फैसला

काठमाडौं- सिरियाको अदालतले पूर्वराष्ट्रपति बसर अल असदलाई मृत्युदण्डको फैसला सुनाएको

कांग्रेस संस्थापन इतर समूहले भन्यो- सर्वोच्चबाट अन्तिम फैसला नआएसम्म महाधिवेशनसम्बन्धी सम्पूर्ण गतिविधि रोकौँ

काठमाडौं- नेपाली कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेला आयोजक समितिले

भुटानका दुई मन्त्रीले दिए राजीनामा

काठमाडौं- भुटानका दुई मन्त्रीले राजीनामा दिएका छन् । भुटानका गृहमन्त्री

सदनप्रति उत्तरदायी हुन तयार भएनन् प्रधानमन्त्री, सभामुखले भेटेरै बोलाउँदा पनि भने : विचार गरौँला

काठमाडौं- मंगलबार प्रतिनिधि सभाको बैठक सुरु हुनुअघि सभामुख डोलप्रसाद अर्यालयले

ट्रम्पले इरानसँग मागे क्षतिपुर्ति

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्भावित शान्ति सम्झौताका लागि नयाँ