बालेन्द्रको जित पक्का, ओलीसँग ३८ हजार मतको अन्तर « Khabarhub

बालेन्द्रको जित पक्का, ओलीसँग ३८ हजार मतको अन्तर


२३ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

झापा- झापा क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको विजय निश्चित भएको छ । गणना हुन बाँकी मतभन्दा मतान्तर धेरै देखिएपछि शाहको जित निश्चित भएको हो ।

निर्वाचनको पछिल्लो मतपरिणाम अनुसार बालेन्द्र शाहले ५२ हजार ९६ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १४ हजार ३१ मत मात्र प्राप्त गरेका छन् । हालसम्मको गणना अनुसार शाह र ओलीबीचको मतान्तर ३८ हजार ३५ रहेको छ ।

अब गणना हुन बाँकी मत २४ हजार २५४ मात्र रहेकोले, यदि ती सबै मत ओलीको पक्षमा गए पनि बालेन्द्र शाहलाई उछिन्न असम्भव देखिएको छ । यस गणितीय अवस्थाले गर्दा झापा-५ बाट बालेन्द्र शाह विजयी भएको औपचारिक घोषणा हुन मात्र बाँकी रहेको देखिन्छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०८२, शनिबार  २ : १९ बजे

इजरायलको निर्वाचनमा नेतान्याहुको गठबन्धन अगाडि, बहुमतबाट टाढा

एजेन्सी– इजरायलको आमनिर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धनले अग्रता लिए पनि संसद्मा

जातीय छुवाछुत नियन्त्रण र महिला तथा बालबालिकाको संरक्षण प्राथमिकतामा

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

३२ वर्षपछि हलमा फर्किँदै अक्षय-रवीनाको ‘मोहरा’, रणवीरको ‘रामायण’सँग भिडन्त

काठमाडाैँ – बलिउडमा कुनै समय तहल्का मच्चाएको अक्षय कुमार र

६ हजार शिक्षकको बढुवा उजुरीको पुनरावलोकन हुँदै

काठमाडौँ – शिक्षक सेवा आयोगले बढुवा योग्यताक्रम सूचीमा परेका करिब

एन्फाको ताला खोलियो, कार्यसमितिको बैठक शुक्रबार बस्ने तयारी

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)का बहुमत सदस्यहरूले लामो समयदेखि