सरकारको जिम्मेवारी शीघ्र हस्तान्तरण गर्नेछौँ : गृहमन्त्री अर्याल « Khabarhub

सरकारको जिम्मेवारी शीघ्र हस्तान्तरण गर्नेछौँ : गृहमन्त्री अर्याल


२३ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनमा प्राप्त जनादेश अनुसारको सरकार शीघ्र गठन हुने बताएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)द्वारा आज साँझ चाबहिलस्तुपामा जेनजी सहिदको सम्झनामा आयोजित दीप प्रज्वलन कार्यक्रममा उनले मुलुकमा सुशासन, स्थिरता र समृद्धिको चाहना राखेर जीवन उत्सर्ग गरेका सहिदको सपना पूरा गर्न शीघ्र सरकारको जिम्मेवारी हस्तान्तरण गर्ने बताए ।

मन्त्री अर्यालले देशमा विद्यमान विकृतिका रूपमा रहेको भ्रष्टाचार, ढिलासुस्ती, बेरोजगारीलगायत समस्या समाधान गर्न नयाँ सरकारलाई आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

जेनजी आन्दोलनको छानबिन गर्न बनेको उच्चस्तरीय जाँचबुझ समितिले तयार पारेको प्रतिवेदन सरकारले शीघ्र सार्वजनिक गरी त्यसलाई कार्यान्वयनमा लैजाने बताउँदै उनले आन्दोलनका क्रममा भएको जनधनको क्षति तथा अपराधमा संलग्न दोषीलाई नयाँ सरकारले थप कानुनी कारबाहीको निरन्तरता दिने विश्वास व्यक्त गरे ।

मन्त्री अर्यालले आन्दोलनमा सहादत प्राप्त सहिदप्रति श्रद्धाञ्जली प्रकट गर्दै दीप प्रज्वलन गर्नुभयो । पार्टीले तत्काल जुलुस वा ¥यालीको आयोजना नगर्ने तथा निकट भविष्यमा सबै निर्वाचन क्षेत्रको टोलटोलमा पुगेर मतदातालाई भेटघाट गर्ने जनाएको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०८२, शनिबार  १० : २२ बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक