अछाम–२ मा एमालेका बोगटी विजयी, रास्वपाका शाह चौथो « Khabarhub

अछाम–२ मा एमालेका बोगटी विजयी, रास्वपाका शाह चौथो


२४ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


333
Shares
  • change font
  • change font
  • change font

अछाम – प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत अछाम–२ मा यज्ञ बहादुर बोगटी विजयी भएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले)का उम्मेदवार बोगटीले ९ हजार ५१८ मत प्राप्त गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका पुष्प बहादुर शाहले ९ हजार ४६ मत प्राप्त गरेका छन् । बोगटीले शाहलाई ४७२ मतान्तरले पराजित गरेका हुन् ।

त्यसैगरी नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार बलबहादुर कुँवरले ६ हजार ४९३ मत प्राप्त गरे । यस निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार भुपदेव शाह भने चौथो स्थानमा सीमित भएका छन् ।

उनले ४ हजार ५६२ मत मात्रै प्राप्त गरे । देशभर रास्वपाका उम्मेदवारहरू विजयी भइरहेका बेला अछाम–२ मा भने भुपदेवले अपेक्षित नतिजा ल्याउन सकेनन् ।

भुपदेव शाह बालेन शाह काठमाडौँ महानगरपालिकाको मेयर हुँदा उनका स्वकीय सचिवका रूपमा कार्यरत थिए ।

प्रकाशित मिति : २४ फाल्गुन २०८२, आइतबार  ९ : २५ बजे

इजरायलको निर्वाचनमा नेतान्याहुको गठबन्धन अगाडि, बहुमतबाट टाढा

एजेन्सी– इजरायलको आमनिर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धनले अग्रता लिए पनि संसद्मा

जातीय छुवाछुत नियन्त्रण र महिला तथा बालबालिकाको संरक्षण प्राथमिकतामा

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

३२ वर्षपछि हलमा फर्किँदै अक्षय-रवीनाको ‘मोहरा’, रणवीरको ‘रामायण’सँग भिडन्त

काठमाडाैँ – बलिउडमा कुनै समय तहल्का मच्चाएको अक्षय कुमार र

६ हजार शिक्षकको बढुवा उजुरीको पुनरावलोकन हुँदै

काठमाडौँ – शिक्षक सेवा आयोगले बढुवा योग्यताक्रम सूचीमा परेका करिब

एन्फाको ताला खोलियो, कार्यसमितिको बैठक शुक्रबार बस्ने तयारी

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)का बहुमत सदस्यहरूले लामो समयदेखि