टुकुचामा महानगरले थाल्यो सिंगल सेल बक्स कलभट निर्माण (तस्बिरहरू) « Khabarhub

टुकुचामा महानगरले थाल्यो सिंगल सेल बक्स कलभट निर्माण (तस्बिरहरू)


२५ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाले पुतलीसडकबाट बागबजार हुँदै रत्नपार्क जाने सडक खण्डको टुकुचा खोलामा बक्स कल्भर्ट निर्माण कार्य सुरु गरेको छ ।

कल्भर्ट निर्माणको काम आउँदो चैत मसान्तभित्र सम्पन्न गर्ने गरी अर्काईभ स्टार निर्माण सेवा प्राइभेट लिमिटेड पक्षसँग सम्झौता भएको छ । यो कल्भर्ट सडकतर्फ ५ मिटर र पानी वहाव हुनेतर्फ १४ मिटरको हुनेछ । 
 
अहिले त्यहाँ पानीको निकासका लागि ह्युम पाइप राखिने छ । कल्भर्ट निर्माणको काम प्रारम्भ भएसँगै हाललाई सो सडक  आवागमनमा  पूर्ण बन्द गरिएको छ । 

डिल्लीबजार पुतलीसडक चोक हुँदै बागबजारतर्फ जाने र रामशाह पथ हुँदै पुतलीसडक पुगेर बायाँ मोडिएर बागबजार जाने सवारी साधनका लागि वैकल्पिक मार्गको व्यवस्थापन गरिएको छ ।

यसको सम्झौता रकम ५७ लाख ७२ हजार ६९४ रुपियाँ रहेको छ ।कल्भर्ट निर्माणको क्रममा सो सडक भएर हिँड्ने सर्वसाधारण जोखिम मोलेर हिँड्नु परेकाले हाल महानगरले पैदल यात्रीलाई समेत निषेध गरी निर्माण कार्य अगाडी बढाउने जानकारी दिएको छ ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी 

प्रकाशित मिति : २५ फाल्गुन २०८२, सोमबार  १ : ४६ बजे

तिहारमा ५२ लाख माला खपत हुने अनुमान, कति होला कारोबार ? 

काठमाडौँ– आगामी तिहारमा काठमाडौँ उपत्यका करिब ५२ लाख वटा फूलका

कांग्रेसलाई एकढिक्का बनाउन विशेष संवाद अभियान चलाउनुपर्छ : गगन थापा

पोखरा- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई एकढिक्का बनाउन विशेष

झिनो अंकले बढ्यो नेप्से परिसूचक, कारोबार कति ?

काठमाडौँ– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो

आन्द्रे रसेल ३३ रन बनाएर आउट

काठमाडौँ– विराटनगर किंग्सका आन्द्रे रसेल ३३ रन बनाएर आउट भएका

नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता

काठमाडौँ– नेपाललाई ग्लोबल एलाइन्स फोर भ्याक्सिन्स एन्ड इमुनाइजेसन (गाभी) ले