शपथ ग्रहणपछि राष्ट्रिय सभाका सदस्यले भने- राष्ट्र र जनताको हितमा काम गर्छौँ  « Khabarhub

शपथ ग्रहणपछि राष्ट्रिय सभाका सदस्यले भने- राष्ट्र र जनताको हितमा काम गर्छौँ 


२५ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभाका नवनिर्वाचित सदस्यहरूले राष्ट्र र जनताको हितका लागि काम गर्न ध्यान केन्द्रित गर्ने प्रतिबद्धता जनाएका छन् ।  

सोमबार सिंहदरबारमा पद तथा गोपनीयताको शपथ लिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनीहरूले आवश्यक ऐन, कानुन, नीति निर्माणका साथै राष्ट्र र जनताको हितका लागि काम गर्न ध्यान केन्द्रित गर्ने प्रतिबद्धता जनाएका हुन् ।

राष्ट्रियसभा सदस्य महन्त ठाकुरले संविधानले दिएको जिम्मेवारी अनुसार काम गर्ने बताए । उनले आफूहरूको भूमिका कानुन निर्माणमा भए पनि जनताले विकासको अपेक्षा आफूहरूबाट पनि गरेकाले समस्या हुने गरेको गुनासो गरे ।

त्यस्तै  राष्ट्रियसभा सदस्य रञ्जित कर्णले देश बनाउनका लागि प्रतिनिधिसभा र राष्ट्रियसभा मिलेर अघि बढ्नुपर्ने बताए । मुलुकको विकास, सुशासन लगायतका लागि आवश्यक कानुन बनाउनुपर्ने आवश्यकता देखिएकाले त्यसमा ध्यान केन्द्रित गर्नुपर्ने उनको भनाइ छ ।

उनले अहिले दुईतिहाई वा बहुमत ठूलो कुरा नभएको भन्दै राष्ट्रिय हितका लागि कुनै कानुन रोक्ने काम नहुने र आफूहरूको पूर्ण सहयोग हुने धारणा राखे ।

त्यस्तै राष्ट्रियसभा सदस्य रामकुमारी झाँक्रीले जनता र राष्ट्रको हित हुने काममा सबैसँग सहकार्य गर्दै अघि बढ्ने बताए । प्रतिनिधिसभा जस्तै राष्ट्रियसभाले पनि यसअघि जस्तै जिम्मेवार भएर काम गर्ने उनले बताइन् ।

झाँक्रीले प्रतिनिधिसभा निर्वाचनको नतिजाप्रति पार्टी कमिटीमा छिटै आवश्यक समीक्षा हुने उल्लेख गरिन् । 

प्रकाशित मिति : २५ फाल्गुन २०८२, सोमबार  ३ : ४८ बजे

वरिष्ठ साहित्यकार डा. राजेन्द्र विमलको निधन

जनकपुरधाम– मैथिली साहित्यका अग्रणी स्रष्टा, भाषाविद् तथा शिक्षाविद् डा. राजेन्द्रप्रसाद

कास्की अन्नपूर्णवासीको निःशुल्क स्वास्थ्य बीमा

कास्की– कास्कीको अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्षदेखि पालिकाभित्रका सबै नागरिकलाई

रोहित पौडेलको कप्तानी यात्रालाई लिएर पारस खड्का भावुक, भने- ‘हामीलाई तिम्रो अझै खाँचो छ’

काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान) का सचिव एवं पूर्वकप्तान

कोरोला नाका जोड्ने घमी खोला पुल निर्माण सम्पन्न

मुस्ताङ– उत्तर–दक्षिण व्यापारिक मार्ग विस्तार आयोजनाअन्तर्गत जोमसोम–कोरोलानाका जोड्ने मुस्ताङको लो

नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तान पदबाट रोहित पौडेलको बिदाइ, क्यानले दियो धन्यवाद

काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय पुरुष क्रिकेट