रुकुम पश्चिममा नौ उम्मेदवारको जमानत जफत « Khabarhub

रुकुम पश्चिममा नौ उम्मेदवारको जमानत जफत


२५ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

त्रिवेणी– रुकुम पश्चिमका १२ मध्ये नौ उम्मेदवारको जमानत जफत भएको छ। 

यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१ ९१० बमोजिम कूल सदर मतको १० प्रतिशत मत प्राप्त गर्न नसकेपछि नौ उम्मेदवारको धरौटी जफत भएको हो ।

 कूल सदर मतको १० प्रतिशत मत प्राप्त गर्न नसकेपछि नौ उम्मेदवारको जमानत जफत भएको सहायक निर्वाचन अधिकृत मन्दिरा शाहीले जानकारी दिए।  

जिल्लामा ६२ हजार ९६७ मत खसेकामा कूल ५९ हजार ५२३ मत सदर भएको छ । यसको १० प्रतिशत अर्थात् पाँच हजार ९५३ मत ल्याउन नसक्दा नौ उम्मेदवारको जमानत जफत भएको हो । 

जमानत (धरौटी) जफत हुनेमा राष्ट्रिय स्वतन्त्र पार्टीका मानबहादुर शाही, नेकपा (एमाले) का नन्दराम देवकोटा, नेकपा (माओवादी) का चन्द्रबहादुर बुढा, राष्ट्रिय प्रजातन्त्र पार्टीका गोपाल खड्का, राष्ट्रिय जनमोर्चाका सत्यनारायण श्रेष्ठ, उज्यालो नेपाल पार्टीका नरेन्द्र केसी, नेकपा (संयुक्त) का शेरबहादुर केसी, आम जनता पार्टीकी प्रेमा दमाइ नेपाली र नेपाल मजदुर किसान पार्टीका धनबहादुर किक रहेका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टीका शाहीले चार हजार ७६, नेकपा (एमाले) का देवकोटाले एक हजार ८६९, नेकपा (माओवादी) का बुढाले ३६६, राष्ट्रिय प्रजातन्त्र पार्टीका खड्काले २२८, राष्ट्रिय जनमोर्चाका श्रेष्ठले १७०, उज्यालो नेपाल पार्टीका केसीले ८४, नेकपा (संयुक्त) का केसीले ५४, आमजनता पार्टीका नेपालीले ४५ र नेपाल मजदुर किसान पार्टीका विकिले १५ मत प्राप्त गरेका थिए । 

रुकुम पश्चिमबाट विजयी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का गोपाल शर्माले २१ हजार ६०९, नेपाली कांग्रेसका उम्मेदवार राजु केसीले १६ हजार ६६१ र प्रगतिशील लोकतान्त्रिक पार्टी उम्मेदवार जनार्दन शर्माले १४ हजार ३४६ मत ल्याएका थिए । 

निर्वाचन ऐनको दफा ७० ९१० अनुसार प्रत्यक्ष निर्वाचनमा सहभागी उम्मेदवारले १० हजार धरौटी राख्नुपर्ने व्यवस्था छ ।
 

प्रकाशित मिति : २५ फाल्गुन २०८२, सोमबार  ५ : ०७ बजे

सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिका लागि १९ जनाको आवेदन

महेन्द्रनगर– खुल्ला प्रतिस्पर्धाबाट उपकुलपति नियुक्ति हुने भएपछि कञ्चनपुरको सुदूरपश्चिम विश्वविद्यालयको

नारायणगढ–मुग्लिन सडकमा पहिरोको उच्च जोखिम भएका ठाउँमा नियन्त्रणको काम गरिँदै

चितवन– नारायणगढ–मुग्लिन सडक खण्डका पहिरोको उच्च जोखिम भएका तीन ठाउँमा

अर्थमन्त्रीको जवाफ- नीति तथा कार्यक्रम अनुसार नै बजेट आउँछ 

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारको नीति तथा कार्यक्रम अनुसार

मोटरसाइकल एसेम्बलमा मूल्य अभिवृद्धि १ प्रतिशत कम, तर एउटै कम्पनीलाई ३ वर्षमा ६ अर्ब बढी कर छुट

काठमाडौं– सरकारले मूल्य अभिवृद्धि गर्ने उद्देश्य राखेर सवारी साधनको एसम्बल

दर्ता नभएका फार्मेसीमा औषधि बिक्री वितरण नगर्न विभागको निर्देशन 

काठमाडौं– औषधि व्यवस्था विभागले दर्ता नभएका औषधि पसल तथा फार्मेसीमा