काठमाडौं– दुईवटा निर्वाचन फेस गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्षतर्फ नै झन्डै बहुमत ल्याएको छ। प्रत्यक्षमा १६५ निर्वाचन क्षेत्रमध्ये राष्ट्रिय स्वतन्त्र पार्टीले १२५ निर्वाचन क्षेत्र जितेको हो ।
प्रत्यक्षमा ल्याएको मत र समानुपातिकमा देशभरबाट आइरहेको मत देख्दा राष्ट्रिय स्वतन्त्र पार्टीले दुईतिहाइ बहुमत करिब पक्का गरेको छ।
संवैधानिक व्यवस्थाअनुसार नयाँ सरकार गठनका लागि १३८ सिट आवश्यक पर्छ। प्रतिनिधि सभामा अहिले २७५ सिट छ । बहुमतका आवश्यक पर्ने १३८ सिट ल्याउन रास्वपालाई समस्या देखिँदैन। जितेका चार पाँचना उम्मेदवार बाहेक सबै ५० मुनिका युवा नेता देखिन्छन् ।‘
यी हुन् प्रत्यक्षमा विजयी सांसद
१. बालेन्द्र शाह : प्रधानमन्त्रीको उम्मेदवार रहेका बालेन्द्र शाहले झापा क्षेत्र नम्बर ५ बाट लोकप्रिय मत ल्याएर निर्वाचन जिते। उनले सबैभन्दा धेरै मत ल्याएर झापा पाँचबाट निर्वाचन जितेका हुन् ।
बालेन्द्रले ६८ हजार ३४८ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी एमाले अध्यक्ष केपी शर्मा ओलीले १८७३४ मत ल्याएका छन् । बालेन्द्र ३५ वर्षका हुन् अब उनी प्रधानमन्त्री बन्दैछन् । ७३ वर्षीय केपी शर्मा ओलीलाई हराउँदा उनले ४९ हजार ६१४ मतको अन्तर कायम गरे । यसअघि उनी काठमाडौँ महानगरपालिकाको मेयरमा निर्वाचित थिए ।
२. इन्दिरा राना : २०७९ को निर्वाचनमा समानुपातिक सूचीबाट सांसद भएकी इन्दिरा राना गैरसरकारी संस्था बन्दी सहायता नेपाल चलाएर बसेकी सामाजिक व्यक्तित्व हुन् ।
कारागारमा जेल सजाय भोगिरहेका आमाका कलिला सन्तानलाई शिक्षा अधिकार र सहारा दिएकी उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीले यस अगाडि उपसभामुख बनाएको थियो ।
यसपटक झापा २ बाट निर्वाचित राना पूर्व सभामुख देवराज घिमिरेसँग प्रतिस्पर्धा गरेकी थिइन्। इन्दिराले ६०,११० मत ल्याउँदा सभामुख घिमिरेले ११,३६८ मत ल्याएका छन्।
३. रन्जु दर्शना : काठमाडौं १बाट विजय भएकी रन्जु दर्सना विवेकशील साझा पार्टीबाट राष्ट्रिय स्वतन्त्र पार्टीमा आएकी नेत्री हुन् ।
४. सुनिल केसी : काठमाडौं क्षेत्र नम्बर २ बाट विजय भएका सुनिल केसी राप्रपा हुँदै राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका थिए।
५ . राजुनाथ पाण्डे : काठमाडौं क्षेत्र नम्बर ३ बाट विजयी भएका राजुनाथ पाण्डे चर्चित नेता कुलमान घिसिङलाई हराउने नेता हुन्। उनी यस अगाडि काठमाडौं महानगरपालिकाको प्रहरी प्रमुख थिए।
६. पुकार बम : काठमाडौं क्षेत्र नम्बर ४ बाट विजय भएका पुकार बम विवेकशील साझाबाट राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका नेता हुन् । उनी तेस्रो प्रयासमा विजय भएका छन्
७. सस्मित पोखरेल : काठमाडौं क्षेत्र नम्बर ५ बाट विजयी भएका सस्मित पोखरेल बालेन्द्रको सचिवालयमा बसेर शिक्षामा काम गरेका व्यक्ति हुन्। उनी पनि विवेकशील साझाका पूर्व नेता हुन्।
८. शिशिर खनाल : काठमाडौं महानगरपालिका ६ बाट विजयी भएका शिशिर खनाल पूर्व सामाजिक अभियन्ता थिए। उनी २०७९ को निर्वाचनमा पनि काठमाडौं ६ बाट विजयी भएका नेता हुन्। केही समय शिक्षामन्त्री भएर समेत काम गरेका छन्।
९ : गणेश पराजुली : काठमाडौं क्षेत्र नम्बर ७ बाट विजय भएका गणेश पराजुली व्यावसायिक पृष्ठभूमिका नेता हुन्। २०७९ को निर्वाचनमा पनि यही क्षेत्रबाट उनी विजय भएका थिए।
१० . विराजभक्त श्रेष्ठ : काठमाडौं क्षेत्र नम्बर ८ बाट विजय भएका विराजभक्त श्रेष्ठ २०७९ को निर्वाचनमा पनि यही स्थानबाट विजयी भएका थिए। २०७४ मा विवेकशील साझाबाट बागमती प्रदेश सभाको सांसद भएका श्रेष्ठ व्यापारिक पृष्ठभूमिका नेता हुन् ।
११. डीपी अर्याल : राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापतिसमेत रहेका डीपी अर्याल काठमाडौं ९ बाट निर्वाचित भए । उनले ३५ हजार ९३ मत ल्याए। उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी नानुमैया बास्तोलाले ५ हजार ४६० मत ल्याइन् । नेकपा एमालेका अजयक्रान्ति शाक्यले ४ हजार ५८० मत ल्याए ।

पूर्व मेनपावर व्यवसायी डीपी अर्याल २०७९ को निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक सांसद थिए। राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा गएको बेला श्रममन्त्री बनेका उनी रवि लामिछाने निकट व्यक्ति हुन्। राष्ट्रिय प्रजातन्त्र पार्टीमा हुने उपसभापति छन्।
१२. प्रदीप विष्ट : राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौँ १० मा जितेका प्रदिप विष्ट व्यापारिक पृष्ठ भूमिका नेता हुन् ।
१३ . बुद्धरत्न महर्जन : ललितपुर क्षेत्र नम्बर ३ बाट बुद्धरत्न महर्जनले जितेका छन्। उनले २३,३६३ मत ल्याउँदा काङ्ग्रेसका उदयशमशेर राणाले १३,५२० मत ल्याए ।
१४. जगदीश खरेल : ललितपुर क्षेत्र नम्बर २ बाट विजयी भएका जगदीश खरेल अन्तरिम सरकारका सञ्चारमन्त्री थिए । पत्रकारिता छोडेर अन्तरिम सरकारको सञ्चारमन्त्री भएका जगदीश राष्ट्रिय स्वतन्त्र पार्टीमा ८२ को निर्वाचन अगाडि प्रवेश गरेका हुन् ।
१५. डा. तोशिमा कार्की : ललितपुर क्षेत्र नम्बर ३ बाट विजय भएकी डाक्टर तोशीमा कार्की २०७९ को निर्वाचनमा पनि यहीँबाट विजयी भएकी थिइन् ।
१६ .रुकेश रन्जित : भक्तपुर १ बाट नेमकिपाको किल्ला भत्काउने उनी ३३ हजार ४३६ मत ल्याएर विजयी भए ।
१७. राजीव खत्री : पत्रकारिता छोडेर राजनीतिमा होमिएका राजिव खत्रीले भक्तपुर २ बाट ४२,३३४ मत ल्याएर विजयी भएका छन्।
१८. सोबिता गौतम : २०७९ को निर्वाचनमा काठमाडौं २ बाट निर्वाचित सोबिता गौतम यसपटक चितवन क्षेत्र नम्बर ३ बाट विजयी भएकी छिन्। उनले ५९,२६६ मत ल्याइन। उनकी निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिस्ट पार्टीकी रेनु दाहालले २०,६१५ मत ल्याएकी छन्।

१९. रवि लामिछाने : चितवन २ बाट तेस्रोपटक विजय भएका रवि लामिछानेले ५४,४०२ मत ल्याएका छन्। उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसकी मुनाकुमारी खरेलले १४,५६४ मत ल्याइन्।
२०. हरि ढकाल : चितवन क्षेत्र नं १ बाट विजयी भएका हरि ढकाल २०७९ मा पनि यही ठाउँबाट विजयी भएका थिए। यसपटक ढकालले ५८२०८ मत ल्याएर निर्वाचित हुँदा कांग्रेसका उम्मेदवार राजेन्द्रप्रसाद बुर्लाकोटीले १३०३३ मत ल्याएका छन् ।
२१. सुनील लम्साल : रुपन्देही १ बाट विजयी भएका सुनिल लम्सालले ५४,८४५ मत ल्याएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका हीराबहादुर खत्रीले १२४४७ मत ल्याए। उनी पहिलो पटक संसदमा पुग्दैछन् ।
२२. सुलभ खरेल : पाँचपटकसम्म अर्थमन्त्री भएका विष्णु पौडेललाई हराउने सुलभ खरेलले रुपन्देही २ बाट निर्वाचन जितेका छन्। पेशाले वकिल रहेका हुनाले ५६,५५० मत ल्याउँदा विष्णु पौडेलले १२८६१ मत ल्याए।
२३. डाक्टर लेखजंग थापा : पेशाले न्युरोलोजिस्ट डाक्टर लेक्सन थापा रुपन्देही ३ बाट निर्वाचित भएका छन्। उनले ५८,८१४ मत ल्याउँदा नेपाली कांग्रेसका सुनिल गुरुङले ८४३४ मत ल्याए।
२४. लालविक्रम थापा : सुनसरी २ बाट निर्वाचन जितेका लालविक्रम थापाले ५७,३३८ मत ल्याएका छन्। उनी पहिलो पटक प्रतिनिधिसभामा पुगेका हुन् भने उनका निकटतम प्रतिद्वन्द्वी राजिव कोइरालाले १६००० ७१ मत ल्याए।
२५. बदनकुमार भण्डारी : काभ्रे २ बाट निर्वाचन जितेका भण्डारीले ५३,३४४ मत ल्याए। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका मधुप्रसाद आचार्यले १७,८६८ मत ल्याएका छन्। ३३ वर्षका उनी पहिलो पटक संसदीय राजनीतिमा प्रवेश गरेका हुन्।
२६. राजन गौतम : नवलपुर १ बाट जितेका राजन गौतमले ५०९४५ मत ल्याए। उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका बालकृष्ण घिमिरेले १६,२५३ मत ल्याएका छन् । राजन ३९ वर्षका व्यक्ति हुन् उनी पहिलो पटक प्रतिनिधिसभामा पुगेका छन्।
२७. ठाकुरसिंह थारू : थारु समुदायका नेता ठाकुरसिङ ५१ वर्षका भए बर्दिया एकबाट निर्वाचन जितेका उनी ४९,६३० मत ल्याएर विजयी भए । यहाँ नेकपा एमालेका शालिकराम अधिकारीले १४,६४३ मत ल्याएका छन्।
२८. राजकिशोर महतो : धनुषा ४ बाट निर्वाचन जितेका महत्त्व ५१ वर्षका भए उनले ४८२७० मत ल्याएर निर्वाचित हुँदा नेपाली कांग्रेसका महेन्द्र यादवले १५,८०९ मत ल्याएका छन्। उनी पनि पहिलोपटक संसदीय राजनीतिमा प्रवेश गरेका छन् ।
२९. अशोक चौधरी : सुनसरी ३ बाट निर्वाचन जितेका अशोक कुमार चौधरी ४२ वर्षका नेता हुन् । २०७९ को निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका समानुपातिक सांसद रहेका उनी यसपटक ४७ हजार ४२१ मत ल्याएर निर्वाचित भए। उनका प्रतिद्वन्द्वी काङ्ग्रेसका विजयकुमार गच्छादारले २०,५०१ मत ल्याएका छन्।
३०. नरेन्द्र शाह कलवार : सर्लाही ३ बाट निर्वाचन जितेका नरेन्द्र ५३ वर्षका भए । उनले ४६,८९० मत ल्याएर निर्वाचन जित्दा नेपाल कम्युनिस्ट पार्टीका नारायणकाजी श्रेष्ठले १३३८ मत ल्याएका छन्। उनी हेभीवेट नेता हराउँदै पहिलोपटक संसदीय राजनीतिमा पुगेका छन्।
३१. निशा डाँगी : झापा क्षेत्र नम्बर १ बाट विजय भएकी निशा डाँगी २०७९ को निर्वाचनमा समानुपातिक सांसद थिइन्। ०७९ मा कान्छी सांसद रहेकी उनी २९ वर्षकी भइन् , अहिले उनले ४५ हजार ६८० मत ल्याएर विजयी भइन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसका केशवराज पाण्डेले १०,५५० मत ल्याए।

३२. प्रकाश पाठक : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन पराजित गरेर चर्चाको शिखरमा पुगेका पूर्व पत्रकार प्रकाश पाठक झापा ३ बाट विजयी भएका छन्। पाठक ३७ वर्षका भए उनले ३८,६७४ मत ल्याएर विजय हुँदा प्रजातन्त्र पार्टीका राजेन्द्रप्रसाद लिङ्देनले १७,९९४ मत ल्याएका छन् ।
३३. शम्भु सुस्केरा : पूर्व सुरक्षाकर्मी रहेका शम्भुप्रसाद ढकाल झापा क्षेत्र नम्बर ४ बाट निर्वाचन जितेका नेता हुन् । ५० वर्षका ढकाल ४३,६३१ मत ल्याएर विजयी भए । यहाँ नेकपा एमालेका उम्मेदवार लालप्रसाद सावा लिम्बूले ११,९०८ मत ल्याए ।
३४. विक्रम खनाल : ५५ वर्षका विक्रम खनाल नवलपरासी १ बाट निर्वाचन जित्ने व्यक्ति हुन्। उनले ४५२४१ मत ल्याएर निर्वाचन जित्दा नेपाली कांग्रेसका विनोद कुमार चौधरी ९,५०२ मत ल्याएर पराजित भए । नेपालका अर्बपति हराउने विक्रमको चर्चा यतिखेर देशव्यापी रुपमा भइरहेको छ । कुनै पहिलोपटक संसदीय राजनीतिमा प्रवेश गर्दैछन् ।
३५. नरेन्द्र कुमार गुप्ता : नवलपरासी २ बाट नरेन्द्रकुमार गुप्ताले निर्वाचन जित्दा ४५,२४१ मत ल्याए। उनले नेपाली काङ्ग्रेसका भीमबहादुर थापा क्षेत्रीलाई १५,९५४ मतले पराजित गरेका छन्। ५१ वर्षका उनी पहिलोपटक संसदीय राजनीतिमा पुगे ।
३६. देवराज पाठक : दाङ क्षेत्र नम्बर १ बाट विजयी भएका देवराज पाठक ६० वर्षका नेता हुन्। उनले ४२ हजार ६०२ मत ल्याएर निर्वाचन जित्दा नेपाली कांग्रेसका योगेन्द्र चौधरीले १५,२८० मत ल्याएका छन् । पाठक राष्ट्रिय स्वतन्त्र पार्टीबाट ५० वर्ष कटेका नेता हुन् ।
३७. विपिनकुमार आचार्य : दाङ २ बाट निर्वाचित भएका विपिनकुमार आचार्य ३९ वर्षका नेता हुन्। ४३,८२२ मत ल्याएर विजयी भएका उनले नेकपा एमालेका शीर्ष नेता महासचिव शंकर पोखरेललाई पराजित गरेका छन् । पोखराले १५५८ मत ल्याए ।

३८. कमल सुवेदी : दाङ ३ बाट निर्वाचन जितेका कमल सुवेदी ३८ वर्षका भए ४४ हजार २४८ मत ल्याएर विजयी भएका उनले नेपाली कांग्रेसका दीपक गिरीलाई पराजित गरेका छन् । गिरीको मत १६,४५३ छ।
३९. नीतिमा भण्डारी कार्की : सर्लाही एकबाट निर्वाचित भएकी नीतिमाले ४४,१८१ मत ल्याएकी छन्। पहिलोपटक संसदीय राजनीतिमा प्रवेश गर्दै गरेकी नीतिले नेपाली काङ्ग्रेसका शम्भुलाल श्रेष्ठलाई पराजित गरिन्। श्रेष्ठले ७,८७१ मत ल्याए।
४०. रबिन महतो : सर्लाही दुईबाट निर्वाचन जितेका रबिन महत्त्व ३८ वर्षका छन्। ४२,५१२ मत ल्याएर निर्वाचन जितेका उनले लामो समयदेखि मधेशमा राजनीति गर्दै आएका नेता महेन्द्र राय यादवलाई पराजित गरेका छन्। नेपाल कम्युनिस्ट पार्टीका नेता यादवले ८,५२३ मत ल्याए।
४१. रामविनोद यादव : धनुषा क्षेत्र नं २ बाट निर्वाचन जितेका रामविनोद यादवले ४१ हजार ६३७ मत ल्याए। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका दिनेशप्रसाद यादवले १०,११८ मत ल्याएका छन् । ४९ वर्षका रामविनोद पहिलोपटक संसदीय राजनीतिमा प्रवेश गर्दैछन् ।
४२. मनिष झा : २०७९ को निर्वाचनमा समानुपातिक सूचीबाट सांसद भएका मनिष ४५ वर्षका नेता हुन्। पार्टी प्रवक्ता रहेका झाले धनुषा ३ बाट निर्वाचन जितेका छन्। झाले ४३,९७८ मत ल्याएर विजयी हुँदा नेपाली कांग्रेसका उम्मेदवार बिमलेन्द्र निधि १६,६५२ मा खुम्चिए ।
४३. मनिष खनाल : मनिष खनाल राष्ट्रिय स्वतन्त्र पार्टीबाट कम उमेरमा निर्वाचन जित्ने नेताका रुपमा गनिन्छन् । उनी २६ वर्षका भए । विद्यार्थी अवस्थामै निर्वाचन जितेका खनालले ४१,३४७ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका तिलकबहादुर महतले १५,७५५ मत ल्याए । उनी अबको प्रतिनिधि सभा संसदमा सबैभन्दा कम उमेरका सांसदका रुपमा गनिन्छन् ।

४४. बब्लु गुप्ता : अन्तरिम सरकारको खेलकुद मन्त्री भएकै बेला सरकारबाट राजीनामा दिएर सिरहा १ बाट निर्वाचन लडेका बब्लु गुप्ता निर्वाचित भएका छन् । २८ वर्षीय गुप्ता ४१३२२ मत ल्याएर निर्वाचित हुँदा नेपाली कांग्रेसका रामसुन्दर चौधरीले ९,७७४ मत ल्याएका छन् ।
४५. गणेश धिमाल : बारा क्षेत्र नम्बर १ बाट निर्वाचन जितेका गणेश धिमाल ४३ वर्षका हुन्। ३९९८ मत ल्याएका उनले नेपाली कांग्रेसका उम्मेदवार शम्भुप्रसाद बुढाथोकीलाई पराजित गरे । शम्भुले १४,२२३ मत पाएका छन्।
४६. चन्दनकुमार सिंह : बारा क्षेत्र नम्बर २ बाट निर्वाचन जितेका सिंह ४२ वर्षका नेता हुन्। ३५,५९० मत ल्याएर निर्वाचन जितेका उनले जनता समाजवादी पार्टीका राम किशोरप्रसाद यादवलाई पराजित गरे। यादवले १४,११६ मत ल्याएका छन्।
४७. अरविन्द्र शाह : बारा क्षेत्र नम्बर ३ बाट विजय अरविन्द शाह ४१ वर्षका हुन्। ४० हजार ६९७ मत ल्याएर निर्वाचित उनले नेपाली कांग्रेसका फरमूल्लाहा मन्सुरलाई पराजित गरेका छन् । मनसुरले १० हजार ५२ मत ल्याए ।
४८. रहबर अन्सारी : नेकपा माओवादी केन्द्र परित्याग गर्दै मधेस प्रदेश सांसदबाट समेत राजीनामा दिएर संसदीय राजनीतिमा होमिएका रहबर अन्सारी ३९ वर्षका भए । बारा क्षेत्र नम्बर ४ बाट विजयी अन्सारीले ४१,२०० मत ल्याउँदा नेकपा एमालेका कृष्णकुमार श्रेष्ठले ११,६२९ मत ल्याएका छन्।
४९. खड्कराज पौडेल : कास्की क्षेत्र नम्बर १ बाट विजयी भएका खड्कराज पौडेल ४६ वर्षका भए ३९,८८३ मत ल्याएका उनले नेपाली कांग्रेसका तिलकबहादुर रानाभाटलाई पराजित गरेका छन् । रानाभाटको मत ११,२१४ छ।
५०. शिवशंकर यादव : सिरहा २ बाट निर्वाचन जितेका शिवशंकर यादव युवा नेता हुन्। उनी ३० वर्षका भए । ३९,५६१ मत ल्याएर विजय भएका उनले नेपाली कांग्रेसका रामचन्द्र यादवलाई पराजित गरेका छन्। रामचन्द्रले १२,८१४ मत ल्याए।
५१. आशिका तामाङ : ३७ वर्षीय आशिका तामाङ सामाजिक अभियन्ता हुन् धादिङ १ बाट निर्वाचन जितेकी उनले ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारलाई पराजित गरिन्। यहाँबाट नेकपाका शीर्ष नेता राजेन्द्र पाण्डे तेस्रो स्थानमा आए । आशिकाले ३९,१२८ मत ल्याउँदा एमालेका भूमिप्रसाद त्रिपाठीको मत १५०३१ छ।

५२. तौफिकअहमद खान : रुपन्देही ५ बाट निर्वाचन जितेका खान ३८ हजार ८०६ मत ल्याएर विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका खिमलाल भट्टराईले १३,१०० मत ल्याए। उनी ३८ वर्षका हुन् ।
५३. पुष्पा कुमारी चौधरी : सप्तरी क्षेत्र नम्बर १ बाट विजय भएकी पुष्पाकुमारी चौधरी ३६ वर्षकी नेत्री हुन् ३८,१९५ मत ल्याएर विजय हुँदा उनका निकटतम प्रतिद्वन्द्वी स्वाभिमान पार्टीका सुमित कुमारले ७,८४७ मत ल्याए । चौधरी सामाजिक अभियन्ता हुन् ।
५४. स्वर्णिम वाग्ले : उपनिर्वाचनमा तनहूँ १बाट विजयी भएका स्वर्णिम वाग्ले दोस्रोपटक सांसद बन्दैछन्। ३८ हजार ४० मत ल्याएर स्वर्णिम विजय हुँदा नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले १६,२३१ मत ल्याएका छन् । ५१ वर्षका वाग्ले अर्थविद् हुन् ।
५५. बीना गुरुङ : ५३ वर्षीय बीना गुरुङ कास्की २ बाट विजयी भएकी छिन् । ३७,७५० मत ल्याएर गुरुङ विजयी हुँदा नेपाली कांग्रेसका मनोज गुरुङले १२,७८० मत ल्याए ।
५६. गणेश पौडेल : रौतहट क्षेत्र नम्बर ४ बाट विजय भएका गणेश पौडेल ४३ वर्षका भए। ३६,८७६ मत ल्याएर उनी विजयी हुँदा नेपाली कांग्रेसका देवीप्रसाद तिमल्सिनाले १५,८६५ मत पाए ।
५७. सीताराम साह : सप्तरी क्षेत्र नम्बर ४ बाट विजयी भएका सीताराम साह६५ वर्षका छन्। ३६ हजार ४१२ मत ल्याएर सीताराम विजय हुँदा नेपाली कांग्रेसका तेजुलाल चौधरीले १३,१०३ मत ल्याएका छन्।
५८. तपेश्वर यादव : सिरहा ४ बाट निर्वाचित भएका तपेश्वर यादव ३३ वर्षका छन् । ३६,११० मत ल्याएर उनी विजय हुँदा नेपाल कम्युनिस्ट पार्टीका अजयशंकर नायकले ७,९७२ मत ल्याए।
५९. प्रकाश गौतम : ३७ वर्षका प्रकाश गौतम मकवानपुर १ बाट विजयी भएका छन्। ३६, ०३३ मत ल्याएर उनी निर्वाचित भए । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय डिनाले १४०३८ मत ल्याएकी छन्।
६०. डा अमरेश कुमार सिंह : उनले सर्लाही क्षेत्र नम्बर ४ बाट निर्वाचन जिते। २०७४ मा नेपाली काङ्ग्रेस र २०७९ मा स्वतन्त्र जितेका अमरेशकुमारले नेपाली कांग्रेसका सभापति गगन थापालाई पराजित गरेका छन्। ५५ वर्षका सिंह सर्लाही ४ बाट निर्वाचन जित्दा ३४,६७८ मत ल्याए। गगनकुमार थापाले २२,८३१ मत ल्याएका छन्।

६१. हरिप्रसाद भुसाल : अर्घाखाँची १बाट निर्वाचन जितेका भुसाल ३७ वर्षका भए । ३५ हजार २३ मत ल्याएर निर्वाचन जित्दा निकटतम प्रतिद्वन्द्वी कांग्रेसका पिताम्बर भुसालले २२,६४९ मत ल्याएका छन् ।
६२. प्रमोदकुमार महतो : महोत्तरी १ बाट निर्वाचन जितेका महत्त्व ४० वर्षका भए । ३४ हजार ६३६ मत ल्याएर चुनाव जितेका उनका प्रतिस्पर्धी नेपाल कम्युनिस्ट पार्टीका गिरिराजमणि पोखरेलले १२,६२४ मत ल्याए । महतो हिलोपटक प्रतिनिधिसभामा पुगेका हुन् ।
६३. मोहनलाल आचार्य : आचार्यले कपिलवस्तु १ बाट जित निकालेका हुन् । ५३ वर्षीय आचार्यले ३४,१४८ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार आशिष शर्माले १५,८६० मत ल्याए ।
६४. दीपकराज बोहरा : पार्टी सभापति रवि लामिछानेका दाहिने हात दीपकले कञ्चनपुर २ बाट निर्वाचन जितेका छन्। ३८ वर्षीय बोहरा ३३,९५२ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसका नेता एनपी साउदले १०,८२७ मत ल्याएका छन्।
६५. धर्मराज केसी : धर्मराज केसी ४५ वर्षका छन् । लमजुङ १ बाट निर्वाचन जित्दा उनले नेकपा एमालेका उपाध्यक्ष पृथ्वी सुब्बा गुरुङलाई पराजित गरिदिएका छन् । धर्मराजले ३३,८९८ मत ल्याउँदा गुरुङले १६,८७६ मत ल्याए ।
६६. अमरकान्त चौधरी : सप्तरी ३ बाट निर्वाचित अमरकान्त चौधरी ४४ वर्षका छन्। ३२,८७५ मत ल्याएर निर्वाचन जित्दा जनता समाजवादी पार्टीका शीर्ष नेता उपेन्द्र यादव पराजित भए । यादवले १५,२४१ मत ल्याएका छन् ।
६७. सुरेशकुमार चौधरी : सुरेश ५६ वर्षका भए । बाँके एकबाट निर्वाचन जितेका उनले ३२,७९२ मत ल्याए ।
६८. दीपक कुमार शाह : महोत्तरी २ बाट निर्वाचित दीपककुमार शाहले ३२,६२२ मत ल्याए । उनी ३४ वर्षका नेता हुन्। उनले २० पटकसम्म मन्त्री भएका जनता समाजवादी पार्टीका नेता शरतसिंह भण्डारीलाई पराजित गरेका हुन् ।
६९. श्रीराम न्यौपाने : तनहुँ क्षेत्र नम्बर २ बाट विजयी भएका श्रीराम न्यौपाने ५६ वर्षका नेता हुन् । उनले ३२,६८७ मत ल्याएका छन्। यहाँ उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसका शंकर भण्डारीले २४,१३४ मत ल्याए।
७०. उज्ज्वलकुमार झा : महोत्तरी ३बाट निर्वाचन जितेका उज्ज्वल कुमार झा ३३ वर्षका भए उनले ३२,४५१ मत ल्याएर निर्वाचन जित्दा निकटतम प्रतिद्वन्दी नेपाल सङ्घीय समाजवादी पार्टीका मोहम्मद रिजवानले ५९५९ मत ल्याएका छन् ।
७१. जगदीश खरेल : राष्ट्रिय स्वतन्त्र पार्टीबाट दोलखा १ बाट निर्वाचित नेताको नाम पनि जगदीश खरेल हो। ३६ वर्षका उनी ३२ हजार ३७६ मत ल्याएर विजयी हुँदा नेकपा एमालेका चर्चित उम्मेदवार पार्वत गुरुङले १७,४४९ मत ल्याएका छन् ।
७२. शम्भुकुमार यादव : सिरहा क्षेत्र नम्बर ३ बाट विजयी यादव ४१ वर्षका नेता हुन्। ३२,२४९ मत ल्याएर विजय हुँदा उनका निकटतम प्रतिस्प्र्धी नेकपा एमालेका लिलानाथ श्रेष्ठले १०,१५६ मत ल्याए ।
७३. अच्युतम लामिछाने : लामिछाने ४८ वर्षका व्यक्ति हुन् । सञ्चारकर्मी छोडेर राजनीतिमा होमिएका उनी नुवाकोट २ बाट विजयी भएका छन्। उनले ३२ हजार ५४ मत ल्याएर विजय हुँदा नेपाली कांग्रेसका जगदीश नरसिंह केसीले १५,५०३ मत ल्याए।
७४. आनन्दबहादुर चन्द : आनन्द ५० वर्षका व्यक्ति हुन् कैलाली ५ बाट विजयी हुँदा उनले ३१,९५३ मत ल्याए। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नारायण शाहले ११,५५८ मत ल्याएका छन् ।
७५. उत्तमप्रसाद पौडेल : पौडेल सञ्चारकर्म छोडेर राजनीतिमा होमिएका हुन् । कास्की २ बाट विजय हुँदा उनले ३१,९११ मत ल्याए। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका माधवप्रसाद बाँस्तोलाले ७,४९३ मत ल्याए। पौडेल ४३ वर्षका छन्।
७६. सुनीलकुमार कानु : कानु ३६ वर्षका व्यक्ति हुन् । पर्सा २ बाट निर्वाचित हुँदा ३० हजार ७४० मत ल्याएर विजयी भए। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अजय कुमार चौरसियाले ११,८९० मत ल्याएका छन् ।
७७. पारसमणि गेलाल : पारसमणि ४० वर्षका व्यक्ति हुन् । उदयपुर १ बाट निर्वाचन जित्दा ३०,५९० मत ल्याए। उनका निकटतम प्रतिस्पर्धी श्रम संस्कृति पार्टीका राजेशकुमार राईले ११,६०६ मत ल्याएका छन् ।
७८. रमेश कुमार सापकोटा : सुर्खेत २ बाट निर्वाचित भएका सापकोटा ४३ वर्षका छन्। ३०,३७८ मत ल्याएर विजय हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नारायणकुमार कोइरालाले १६,१९६ मत ल्याए ।
७९. गौरी कुमारी : ५४ वर्षीय गौरीकुमारी महोत्तरी ४ बाट विजयी भएकी छन्। कुमारीले ३० हजार १३२ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्दी जनता समाजवादी पार्टीका सुरेन्द्रकुमार यादवले ८,७४४ मत ल्याए ।
८०. प्रशान्त उप्रेती : मकवानपुर २ बाट निर्वाचन जितेका प्रशान्त उप्रेती २५ वर्षका हुन्। ३० हजार ५० मत ल्याएर विजयी हुँदा उनका प्रतिस्पर्धी नेकपा एमालेका चर्चित नेता महेश कुमार बर्तौलाले १८, ८४६ मत ल्याएका छन् ।
८१. रमाकान्तप्रसाद चौरसिया : पर्सा ३ बाट निर्वाचन जितेका चौरसिया ५७ वर्षका छन्। चौरसिया २९०६९ मत ल्याएर विजयी भए । उनका निकटम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुरेन्द्र चौधरीले १६,३६६ मत पाए ।
८२. श्रीधर पोखरेल : बर्दिया दुईबाट निर्वाचन जितेका पोखरेल ५३ वर्षका हुन्। २९,६७८ मत ल्याएर विजय भए । उनका निकटतम नेपाली काङ्ग्रेसका किशोर सिंह राठौरले २०,४०२ मत ल्याएका छन् ।
८३. सागर ढकाल : चर्चित उम्मेदवार सागर ढकाल २०७९ को निर्वाचनमा डडेलधुराबाट नेपाली कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवा हराउन उठेका थिए। यसपटक गुल्मीबाट विजयी भएका उनी ३४ वर्षका छन् । उनले २९,६४२ मत ल्याएर विजयी हुँदा नेकपा एमालेका उम्मेदवार प्रदीप ज्ञवालीले १५, १८१ मत ल्याए ।

८४. मधुकुमार चौलागाई : काभ्रे १ बाट निर्वाचित चौलागाईं ५६ वर्ष हुन । उनले २९,६१८ मत ल्याएर विजयी हुँदा निकटतम नेपाली कांग्रेसका गुणराज मोक्तानले १९,१६६ मत ल्याए ।
८५. खगेन्द्र सुनार : दलित अभियन्ता खगेन्द्र सुनुवार ३५ वर्षका भए । बाँकी ३ बाट निर्वाचित जितेका उनले २९,५५१ मत ल्याएर विजय हुँदा निकटतम नेकपा एमालेका सुमन मल्लले १९,६१५ मत ल्याए । उनी ‘दलितलाई खोइ’ नामक अभियान चलाएर चर्चामा आएका छन् ।
८६. धनञ्जय रेग्मी : स्याङ्जा १ बाट निर्वाचित धनञ्जय ५० वर्षका भए । २९ हजार ७१ मत ल्याएर विजय भए । उनका निकटतम नेपाली कांग्रेसका भरतराज ढकाले १८,८५७ मत ल्याए ।
८७. राजेश कुमार चौधरी : रौतहट १ बाट विजय भएका राजेश कुमार चौधरी ५४ वर्षका भए । २८,९४६ मत ल्याएर विजय भए । उनका निकटतम अजयकुमार गुप्ताले १०६९३ मत ल्याएका छन् ।
८८. खेमराज कोइराला : कैलाली ४ बाट निर्वाचित भएका कोइराला ४८ वर्षका छन्। उनले २८,५५६ मत ल्याएर विजय हुँदा निकटतम नेपाली काङ्ग्रेसका गोरखबहादुर बिष्टले ११,३०१ मत ल्याएका छन् ।
८९. रामजी यादव : रामजी यादवले सप्तरी २ बाट निर्वाचन जितेका हुन् । ३० वर्षका उनले २८ हजार ४०४ मत ल्याएर विजय हुँदा निकटतम जनता समाजवादी पार्टीका उमेश कुमार यादवले १४,२६३ मत ल्याए ।
९०. कन्हैया बानिया : रूपन्देही ४ बाट विजयी भएका बानिया ३६ वर्षका भए । २८ हजार ६६ मत ल्याएर उनी विजयी हुँदा नेकपा एमालेका प्रमोदकुमार यादवले २०,२६२ मत ल्याए ।
९१. टेकबहादुर शाक्य : टेकबहादुर शाक्यले पर्सा चारबाट निर्वाचन जितेका छन् । ५० वर्षका उनले २८ हजार ६ मत ल्याएर निर्वाचित हुँदा नेपाली कांग्रेसका रमेश रिजाले १२,५३४ मा चित्त बुझाए ।
९२. विक्रम थापा : कपिलवस्तु २ बाट विजय भएका विक्रम थापा ६३ वर्षका छन्। उनले २७,३३५ मत ल्याएर विजयी हुँदा नेपाली कांग्रेसका सुरेन्द्रराज आचार्यले २१,५२७ मत ल्याए । अरु उम्मेदवारको भन्दा उनीहरूको मतान्तर झिनो देखिन्छ । उनी नेपाल प्रहरीका पूर्व एसएसपी हुन् ।
९३. सुशान्त बौद्धिक : प्युठान १ बाट निर्वाचित सुशान्त ३१ वर्षका हुन्। २७,४५९ मत ल्याएर विजय हुँदा नेपाली कांग्रेसका डाक्टर गोविन्दराज पोखरेलले १८३३८ मतमा चित्त बुझाएका छन् । सुशान्तलाई युवाहरूको ठूलो साथ देखिन्छ ।
९४. रवीन्द्र पटेल : रौतहट ३ बाट विजय भएका रवीन्द्र ४८ वर्षका छन्। २७,३१८ मत ल्याएर उनी विजय हुँदा जनता समाजवादी पार्टीका गोविन्द चौधरीले ११,९५४ मत ल्याए ।
९५. बुद्धिप्रसाद पन्त : पन्त ४६ वर्षका व्यक्ति हुन् पर्सा एकबाट २७,२७४ मत ल्याएर विजय भए । पूर्वमन्त्री समेत रहेका नेकपा एमालेका प्रदीप राई यादवले यहाँ १३,०३० मत ल्याएका छन् ।
९६. ज्ञानेन्द्रसिंह महता : कञ्चनपुर ३ बाट विजय भएका ज्ञानेन्द्र सिंह महता ४० वर्षका हुन्। उनले २७,११८ मत ल्याएर विजय हुँदा नेपाली कांग्रेसका उम्मेदवार हरिप्रसाद बोहोराले ९०४३ मतमा चित्त बुझाए ।
९७. माधवकुमार थापा : पाल्पा २ बाट विजयी हुँदा २६,७३६ मत ल्याएका छन् । ४५ वर्षका थापाले नेपाली कांग्रेसका उम्मेदवारलाई पराजित गरे । कांग्रेस उम्मेदवार हिमानन्द श्रेष्ठको मत १२,०९२ छ ।
९८. कवीन्द्र बुर्लाकोटी : राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कवीन्द्र बुर्लाकोटी गोरखा २ बाट विजयी भएका छन् । ४६ वर्षीय बुर्लाकोटीले २६,६६० मत ल्याउँदा उनका निकटतम नेपाली कांग्रेसका प्रकाश दवाडीले ११,७०० मत ल्याए ।

९९. सागर भुसाल : सागर भुसाल पर्वत १ बाट निर्वाचित भुसाल ४४ वर्षका भए । उनले २६,५६१ मत ल्याए । नेपाली कांग्रेसका अर्जुनप्रसाद जोशीले १५,९५४ मत ल्याएका छन् ।
१००. बोधनारायण श्रेष्ठ : धादिङ २ बाट विजय भएका बोधनारायण श्रेष्ठ ५६ वर्षका भए । उनले २६,१४५ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी कांग्रेसका रमेश प्रसाद धमलाले २०,२७९ मत ल्याएका छन् ।
१०१. झविलाल डुम्रे : झविलाल स्याङ्जा २ बाट विजयी भएका हुन्। ३३ वर्षका डुम्रेले २५ हजार ३५४ मत ल्याए । यहाँ उनका निकटतम नेपाली कांग्रेसका भागवत प्रकाश मल्लले २०,८३० मत ल्याएका छन् ।
१०२. कृष्णहरि बुढाथोकी : बुढाथोकी ४४ वर्षका छन् रामेछाप १ बाट विजय भएका उनले २८०८ मत ल्याए। यहाँ उनका प्रतिस्पर्धी माधवप्रसाद ढुंगेल नेकपा एमालेबाट १७,६०९ मतमा सीमित रहे ।
१०३. भरतप्रसाद पराजुली : भरतले सिन्धुपाल्चोक एकबाट निर्वाचन जितेका हुन्। ५७ वर्षका उनी २४ हजार ४१२ मत ल्याएर विजयी हुँदा नेपाल कम्युनिस्ट पार्टीको तर्फबाट पूर्व सांसद माधव सापकोटाले १७,३१७ मत ल्याएका छन्। सापकोटाले २०७९ मा यही क्षेत्रबाट निर्वाचन जितेका थिए ।
१०४. जनकसिंह धामी : धामी कञ्चनपुर १ बाट विजयी भएका छन् । ५५ वर्षका उनले नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहालकी बुहारी बिना मगरलाई पराजित गरे । धामीले २४,३३२ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी मगरले १,११० मत ल्याएकी छन् ।
१०५. विक्रम तिमल्सिना : नुवाकोट १ बाट विजय भएका विक्रम ४३ वर्षका छन्। उनले नेपाली कांग्रेसका शीर्ष नेता डा. प्रकाश शरण महतलाई पराजित गरिदिए। तिमल्सिनाको मत २२,६०९ छ भने महतको मत १८,५१७ छ ।
१०६. हरिमोहन भण्डारी : भण्डारी बैतडीबाट विजय भएका छन् । उनले नेकपा एमालेका नेता दामोदर भण्डारी र नेपाली कांग्रेसका नेता चतुरबहादुर चन्द्रलाई पराजित गरे । दुईपटकसम्म मन्त्री भएका एमाले भण्डारीलाई पराजित गरेर त्यहाँबाट हरिमोहनले २२,१३४ मत ल्याए । दोस्रो स्थानमा नेपाली कांग्रेसका चतुरबहादुर चन्दले १८१९४ मत ल्याएका छन् ।
१०७. सुशील खड्का : बाग्लुङ १ बाट विजयी भएका सुशील खड्का ३९ वर्षका छन् । २०,९२७ मत ल्याएर विजय हुँदा यहाँबाट उनका निकटतम नेपाली काङ्ग्रेसका श्रीबहादुर रानाले ११,९४४ मत ल्याए ।
१०८. जगतप्रसाद जोशी : कैलाली ३ बाट विजयी जगतप्रसाद जोशी ३९ वर्षका छन् । २०३५९ मत ल्याएर विजयी उनले निकटतम नेपाली कम्युनिस्ट पार्टीका वीरमान चौधरीले ११,९८३ मत ल्याए ।
१०९. सुदन गुरुङ : जेन-जी आन्दोलनका अगुवा सुदन गुरुङ पनि गोर्खा एकबाट विजयी भएका छन् । गुरुङले २४ हजार ५१ मत ल्याएर विजय हुँदा निकटतम् नेपाली कांग्रेसका प्रेमकुमार खत्रीले १३,५११ मत ल्याए ।

११०. विश्वराज पोख्रेल : पोखरेल ओखलढुङ्गा १ बाट विजय भएका छन् । १३,९५३ मत ल्याएर विजयी हुँदा नेपाली कांग्रेसका कुमार लुइँटेलले १३९४८ मत ल्याए । विश्वराज पूर्व प्रहरी अधिकारी हुन् । उनी ५९ वर्षका भए । राष्ट्रिय स्वतन्त्र पार्टीबाट सबैभन्दा झिनो मतान्तरले विजय हुने विश्वराज रहेको देखिन्छ ।
१११. सोम शर्मा : बाग्लुङ २बाट निर्वाचित शर्मा ३४ वर्षका छन् । १२,६४७ मत ल्याएर उनी विजय हुँदा नेपाली कांग्रेसका टेकराज पौडेलले ११,८६८ मत ल्याएका छन्। उनीहरूबीच पनि कडा प्रतिस्पर्धा भएको देखिन्छ ।
११२. सूर्यबहादुर तामाङ : सूर्यबहादुर उदयपुर २ बाट निर्वाचित भएका छन् । ४१ वर्षका उनले १४,८०२ मत ल्याएर विजयी हुँदा निकटतम एमालेका अम्बरबहादुर रायमाझीले ७,६४८ मत ल्याए ।
११३. धनेन्द्र कार्की : सिन्धुली एकबाट विजयी भएका कार्की ३८ वर्षका छन्। उनले १६,६५९ मत ल्याएर विजयी हुँदा निकटतम् एमालेका प्रदीप कुमार कटुवालले १५,८७५ मत ल्याए । उनीहरूबीच पनि कडा प्रतिस्पर्धा भएको देखिन्छ ।
११४. गोविन्द पन्थी : पन्थी गुल्मी क्षेत्र नम्बर २ बाट विजयी भएका छन् ५१ वर्षका पन्थीले १६,९६७ मत ल्याउँदा नेकपा एमालेका उपाध्यक्ष गोकर्ण बिष्टले १६,४०६ मत ल्याएका छन् । उनीहरूबीच पनि कडा प्रतिस्पर्धा भएको देखिन्छ ।
११५. कोमल ज्ञवाली : ज्ञवालीले कैलाली एकबाट निर्वाचन जितेकी छिन् । ४७ वर्षकी उनीले १७,८२६ मत ल्याएर विजय हुँदा निकटतम कांग्रेसका जनकराज चौधरीले १२, ८६७ मत ल्याए ।
११६. आशीष गजुरेल : इन्जिनियर रहेका आशीष सिन्धुली २ बाट निर्वाचित भएका छन् । ४४ वर्षका उनले १७,९४० मत ल्याएर विजय हुँदा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार लेखनाथ दाहालले १४,७८० मत ल्याए ।
११७. केपी खनाल : केपीले २६ वर्षको उमेरमा निर्वाचन जितेका छन् । कैलाली २ बाट विजय हुँदा उनले १९ हजार ५७ मत ल्याए । उनका निकटतम नागरिक उन्मुक्ति पार्टीका पतिराम चौधरीले ११,९४९ मत ल्याएका छन् । खनाल बालेन निकट नेता हुन् ।
११८. तारा प्रसाद जोशी : डडेलधुरा १ बाट विजय भएका ताराप्रसाद जोशी ५४ वर्षका छन् । उनी १९१३१ मत ल्याएर विजयी हुँदा पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबाको क्षेत्रबाट कांग्रेस उम्मेदवार रहेका नैनसिंह महरले १२,१२१ मत ल्याए ।
११९. दीपककुमार साह : नेपाली कांग्रेसका शीर्ष नेता ज्ञानेन्द्रबहादुर कार्कीलाई हराएका शाह ४९ वर्षका नेता हुन्। साह सुनसरी ४ बाट ४२,७७१ मत ल्याएर विजयी भए । उपविजेता कार्कीले १६,५८७ मत ल्याए ।
१२०. यज्ञमणि न्यौपाने : मोरङ क्षेत्र नम्बर १ बाट विजय भएका यज्ञमणि न्यौपाने ४१ वर्षका हुन् । पेशाले वकिल न्यौपानेले २७,३०६ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी श्रम संस्कृति पार्टीकी शान्ति पाख्रिन लामाले १७,५२२ मत ल्याइन ।
१२१. कृष्णकुमार कार्की : मोरङ ३ बाट विजयी कार्की ४० वर्षका छन् । ४० हजार ९२४ मत ल्याएर कार्की विजयी हुँदा नेकपा एमालेका दिलिपकुमार अग्रवालले २५,६२४ मत ल्याए ।
१२२. गणेश कार्की : मोरङ क्षेत्र नम्बर ३ बाट कांग्रेसका चर्चित नेता सुनिल कुमार शर्मालाई पराजित गरेका कार्की ४० वर्षका हुन् । पार्टीको वैचारिक धारका कार्कीले ३६,९२४ मत ल्याउँदा कांग्रेसका शर्माले २४,३५४ मत ल्याए ।

१२३. सन्तोष राजवंशी : सन्तोष ३४ वर्षका छन् । मोरङ ४ बाट विजय भएका उनीले ४० हजार ८३३ मत ल्याए । पेशाले पूर्व पत्रकार रहेका उनले नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेलाई हराएका हुन् । घिमिरेको मत १२,८१८ मात्रै छ ।
१२४. आशा झा : मोरङ ५ बाट विजयी भएकी आशा जात ३० हजार ४३४ मत ल्याएकी छन् । ४२ वर्षकी उनले नेपाली कांग्रेसका फूलकुमार लालबानीलाई पराजित गरिन् । लालबानीले ९,४१५ मा चित्त बुझाए ।
१२५. रुबिना आचार्य : आचार्यले नेपाली काङ्ग्रेसभित्र कोइरालाको विरासत ढालिदिएकी छन् । कोइराला परिवारबाट डाक्टर शेखर कोइराला उम्मेदवार रहेको मोरङ ६ बाट रुबिना विजयी भइन् । रुबिनाले ५५,५१३ मत ल्याएर विजयी हुँदा शेखरले १२,८५० मा चित्त बुझाए ।













प्रतिक्रिया