सियोल–वासिङ्टन सैन्य अभ्यासप्रति उत्तर कोरियाको कडा चेतावनी « Khabarhub

सियोल–वासिङ्टन सैन्य अभ्यासप्रति उत्तर कोरियाको कडा चेतावनी


२६ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

सियोल– उत्तर कोरियाका नेता किम जोङ उनकी प्रभावशाली बहिनी किम यो जोङले दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाले सुरु गरेको संयुक्त सैन्य अभ्यासले ‘अकल्पनीय रूपमा भयानक परिणाम’ निम्त्याउन सक्ने चेतावनी दिएकी छन्  ।

मङ्गलबार सार्वजनिक गरिएको वक्तव्यमा उनले सियोल र वासिङ्टनले सञ्चालन गरिरहेको वार्षिक सैन्य अभ्यासलाई गम्भीर उक्साहटका रूपमा व्याख्या गर्दै यसले कोरियाली प्रायद्वीपमा थप तनाव निम्त्याउने बताइन् ।

दक्षिण कोरिया र अमेरिकाले सोमबारदेखि आफ्नो वसन्तकालीन सैन्य अभ्यास ‘फ्रिडम सिल्ड’ सुरु गरेका छन् । यो अभ्यास मार्च १९ सम्म सञ्चालन हुने बताइएको छ । दक्षिण कोरियाका करिब १८ हजार सैनिक यसमा सहभागी हुने जानकारी दिइएको छ, तर कति अमेरिकी सैनिक सहभागी छन् भन्ने विवरण भने सार्वजनिक गरिएको छैन ।

सन् १९५० मा छिमेकी दक्षिण कोरियामाथि आक्रमण गरी कोरियाली युद्ध सुरु गरेको आणविक हतियार सम्पन्न उत्तर कोरियाले यस्ता संयुक्त सैन्य अभ्यासहरूलाई लामो समयदेखि आफ्नो देशमाथि आक्रमण गर्ने तयारीको अभ्यासका रूपमा आरोप लगाउँदै आएको छ ।

किम यो जोङको भनाइ प्योङयाङस्थित सरकारी सञ्चार माध्यम कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसिएनए) ले उद्धृत गरेको हो । उनले यस्तो अभ्यासले ‘अकल्पनीय रूपमा भयानक परिणाम निम्त्याउन सक्ने’ चेतावनी दिँदै क्षेत्रीय सुरक्षामा थप अस्थिरता आउन सक्ने सङ्केत गरिन् ।

उनी हालै उत्तर कोरियाको सत्तारूढ वर्कर्स पार्टीको सामान्य मामिला विभागको प्रमुख पदमा पदोन्नति भएकी छन् । विश्लेषकहरूले यस पदलाई पार्टी महासचिवसरह प्रभावशाली जिम्मेवारी भएको मान्ने गरेका छन् ।

उनको प्रतिक्रिया त्यतिबेला आएको हो जतिबेला उनका दाजु किम जोङ उनले हालै सियोलले अघि सारेका शान्ति पहलहरूलाई ‘असङ्गत भ्रामक प्रहसन’ भन्दै अस्वीकार गरेकी थिइन् । उनले उत्तर कोरियाको दक्षिण कोरियासँग ‘कुनै व्यापारिक लेनदेन छैन’ भन्ने धारणा पनि व्यक्त गरेकी थिइन्।

किम यो जोङले संयुक्त सैन्य अभ्यासलाई विश्वव्यापी अस्थिरताको संवेदनशील समयमा भइरहेको कदमका रूपमा चित्रण गरेकी छन् । उनका अनुसार विश्व सुरक्षा संरचना तीव्र गतिमा कमजोर बन्दै गएको छ र विभिन्न क्षेत्रहरूमा युद्धका घटनाहरू बढिरहेका छन् ।

उनले अहिलेको अवस्था ‘अन्तर्राष्ट्रिय बदमाशहरूको लापरवाह कार्य’ का कारण सिर्जना भएको आरोप लगाए ।

प्योङयाङले हालै इरानमाथि अमेरिका र इजरायलले गरिरहेको आक्रमणलाई पनि ‘अवैध आक्रमण’ भन्दै कडा शब्दमा निन्दा गरेको छ । उत्तर कोरियाले त्यस घटनाले अमेरिकाको ‘दुष्ट प्रकृति’ उजागर गरेको दाबी गरेको छ ।

उत्तर कोरिया र संयुक्त राज्य अमेरिका दशकौँदेखि राजनीतिक र सैन्य रूपमा विरोधी रहेका छन् । यद्यपि पछिल्ला महिनाहरूमा वासिङ्टनले प्योङयाङसँग उच्चस्तरीय वार्ता पुनः सुरु गर्न पहल गरिरहेको सङ्केत देखिएको छ ।

कतिपय रिपोर्ट र विश्लेषकहरूले यस वर्ष अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ उनबीच सम्भावित शिखर सम्मेलनको सम्भावना पनि औँल्याएका छन् ।

लामो समयसम्म ती प्रस्तावहरूलाई बेवास्ता गर्दै आएका किम जोङ उनले गत महिना भने वासिङ्टनले उत्तर कोरियाको आणविक हैसियत स्वीकार गरेमा दुई देश ‘सँगै बस्न सक्ने’ बताएका थिए । रासस

प्रकाशित मिति : २६ फाल्गुन २०८२, मंगलबार  १२ : २२ बजे

अर्थमन्त्रीको जवाफ- नीति तथा कार्यक्रम अनुसार नै बजेट आउँछ 

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारको नीति तथा कार्यक्रम अनुसार

मोटरसाइकल एसेम्बलमा मूल्य अभिवृद्धि १ प्रतिशत कम, तर एउटै कम्पनीलाई ३ वर्षमा ६ अर्ब बढी कर छुट

काठमाडौं– सरकारले मूल्य अभिवृद्धि गर्ने उद्देश्य राखेर सवारी साधनको एसम्बल

दर्ता नभएका फार्मेसीमा औषधि बिक्री वितरण नगर्न विभागको निर्देशन 

काठमाडौं– औषधि व्यवस्था विभागले दर्ता नभएका औषधि पसल तथा फार्मेसीमा

चीन र स्विटजरल्यान्डले दिने अनुदान रकम स्वीकार गर्ने सरकारको निर्णय

काठमाडौं- सरकारले उत्तरी छिमेकी चीन र युरोपेली मुलुक स्विटजरल्यान्डबाट प्राप्त

हटाइएका सुकुम्वासीलाई सरकारले पुनर्स्थापना खर्च २५ हजार दिने

काठमाडौं- वालेन्द्र शाह नेतृत्वको सरकारले काठमाडौंको नदी किनारबाट हटाइएका भूमिहीन