सुर्खेतकी इनिसाको मृत्यु ‘जबरजस्ती करणी’बाटै, सीआईबीको टोली पनि पुग्यो « Khabarhub

सुर्खेतकी इनिसाको मृत्यु ‘जबरजस्ती करणी’बाटै, सीआईबीको टोली पनि पुग्यो


२८ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

वीरेन्द्रनगर- सुर्खेतको गुर्भाकोट नगरपालिका निवासी १६ वर्षीया किशोरी इनिसा विकको मृत्यु यौनाङ्गको भित्री भाग च्यातिँदा अत्यधिक रक्तश्रावबाट भएको पुष्टि भएको छ।

विशेषज्ञ चिकित्सकहरूको टोलीले प्रहरीलाई बुझाएको पोस्टमार्टम रिपोर्टमा मृत्युको प्रारम्भिक कारणबारे उल्लेख गरिएको हो ।

इनिसाको शवको पोस्टमार्टम गरेका भेरी अस्पतालका फरेन्सिक विशेषज्ञ डा. अर्बिन शाक्यले उनको ढाडमा घस्रिएको चोटपटक देखिएको खुलाएका छन् । त्यसैगरी उनको यौनाङ्गको बाहिरी तथा भित्री भाग च्यातिएको अवस्था पाइएको पनि उनले जानकारी दिएका छन्।

बिहीबार मात्रै यो घटनाबारे अनुसन्धानका लागि केन्द्री अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले सुर्खेत पुगेर अनुसन्धान थालेको छ।

सीआईबीको टोलीले जिल्ला प्रहरी कार्यालय सुर्खेतसँग मिलेर काम थालेको हो । जिप्रका सुर्खेतको टोलीले प्रारम्भिक अनुसन्धान पूरा गरिसकेको छ। अब सीआईबीले पनि सघाउने छ ।

सीआईबीबाट प्रहरी निरीक्षकको कमान्डमा ब्यूरोको अनुसन्धान विज्ञ टोली पुगेको हो । बिहीबार वीरेन्द्रनगर पुगेको टोलीले जिल्ला प्रहरी कार्यालयका अनुसन्धान अधिकृतसँग मिलेर काम थालेको छ।

इनिसाको हत्यामा संलग्नहरूमाथि कारबाही माग गर्दै काठमाडौंसहित देशका विभिन्न जिल्लामा प्रदर्शन भएको छ। काठमाडौंको माइतीघर मण्डलसहित देशका विभिन्न स्थानमा प्रदर्शन भएको हो ।

इनिसा सुर्खेतकै उषा बालबाटिका स्कुलमा विज्ञान संकायअन्तर्गत कक्षा ११ मा अध्ययनरत थिइन् ।

उनी शनिबार बिहान जनजागरण सामुदायिक वनभित्र बेहोस अवस्थामा भेटिएकी थिइन् । तत्कालै उपचारका लागि कर्णाली प्रदेश अस्पताल लगिए पनि उनलाई चिकित्सकले मृत घोषित गरे।

प्रकाशित मिति : २८ फाल्गुन २०८२, बिहीबार  ७ : ४१ बजे

ललितपुर महानगरपालिका-३ मा एआई कलिङ सेवा

ललितपुर । ललितपुर महानगरपालिका-३ मा २४ सै घण्टा एआई कलिङ

मनास्लु क्षेत्रमा पर्यटक संख्या ४१ प्रतिशतले वृद्धि

काठमाडौँ । मनास्लु क्षेत्रमा पर्यटकको संख्या अघिल्लो बर्षभन्दा ४१ प्रतिशतले

नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन अख्तियारमा

काठमाडौं । सूचना तथा सञ्चार मन्त्रालयले ‘नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नामिबियासँग पराजित भयो नेपाल

काठमाडौं । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय

३० हजार मेट्रिक टन मल बोकेको तेस्रो जहाज कोलकाता आइपुग्यो

काठमाडौं । भारतको कोलकाता बन्दरगाहमा ३० हजार मेट्रिक टन युरिया