इराकमा अमेरिकी सैन्य विमान खस्दा चार जनाको मृत्यु « Khabarhub

इराकमा अमेरिकी सैन्य विमान खस्दा चार जनाको मृत्यु


२९ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इराकमा अमेरिकी सैन्य विमान खस्दा चार जनाको ज्यान गएको छ । पश्चिमी इराकमा अमेरिकी सेनाको केसी-१३५ इन्धन वाहक विमान खसेको हो ।

घटनामा चालक दलका चार सदस्यको मृत्यु भएको अमेरिकी सेनाको सेन्ट्रल कमाण्डले जानकारी दिएको छ । बिहीबार दिन भएको यस दुखद दुर्घटनामा विमानमा सवार कुल ६ जना मध्ये चार जनाको मृत्यु भएको पुष्टि भएको छ भने बाँकी दुई जनाको खोजी तथा उद्धार कार्य जारी रहेको जनाइएको छ ।

अमेरिकी सेनाको केन्द्रीय कमान्डका अनुसार यो दुर्घटना कुनै शत्रुतापूर्ण आक्रमण वा आफ्नै पक्षको अन्जानवश गरिएको प्रहार (फ्रेन्ड्ली फायर) का कारण भएको होइन ।

हाल यस घटनाको विस्तृत अनुसन्धान भइरहेको छ । सैन्य नियम अनुसार ज्यान गुमाउने सैनिकहरूको परिचय उनीहरूका परिवारलाई जानकारी गराएको २४ घण्टापछि मात्र सार्वजनिक गरिने बताइएको छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०८२, शुक्रबार  ३ : ३२ बजे

चीनमा डुङ्गा दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन बेपत्ता

कुन्मिङ- दक्षिणपश्चिम चीनको युन्नान प्रान्तमा निजी स्वामित्वको डुङ्गा डुब्दा दुई जनाको

परिवर्तनलाई आत्मसात् गरेर युवाहरू अगाडि बढ्नुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले परिवर्तनलाई आत्मसात् गरेर

राष्ट्रपति लीद्वारा कोरियाली युद्ध अन्त्यका लागि उत्तर कोरियासँग वार्ताको प्रस्ताव

सियोल- दक्षिण कोरियाली राष्ट्रपति ली जे–म्युङले कोरियाली युद्धलाई औपचारिक रूपमा अन्त्य

प्रधानमन्त्री शाहले दिए भारतको स्वतन्त्रता दिवसमा शुभकामना

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले भारतको ८०औँ स्वतन्त्रता दिवसका अवसरमा भारतीय

बसुन्धरामा उपभोक्ताको भीड, विभिन्न ब्रान्डका ग्यास वितरण (तस्बिरहरू) 

काठमाडौं – काठमाडौंको बसुन्धरामा शनिबार खाना पकाउने ग्यास लिन पुगेका