अमेरिकी विमानवाहक युद्धपोतमा आगो लाग्दा दुई जना घाइते « Khabarhub

अमेरिकी विमानवाहक युद्धपोतमा आगो लाग्दा दुई जना घाइते


२९ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


504
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- लाल सागरमा तैनाथ अमेरिकी विमानवाहक युद्धपोत यूएसएस जेराल्ड आर फोर्डमा आगो लागेको छ । युद्धपोतको लुगा धुने ठाउँमा आगलागी हुँदा दुई जना सैनिक घाइते भएका छन् ।

अमेरिकी नौसेनाका अनुसार मार्च १२ मा भएको उक्त आगलागी बाह्य आक्रमणका कारण नभई प्राविधिक कारणले भएको हो । युद्धपोतमा लागेको आगोलाई तत्काल नियन्त्रणमा लिइएको र जहाजको मुख्य सञ्चालन प्रणाली वा इन्जिनमा कुनै क्षति नपुगेको समाचारमा जनाइएको छ । हाल युद्धपोत पूर्ण रूपमा सक्रिय रहेको नौसेनाले जनाएको छ ।

घाइते भएका दुई सैनिकहरूको स्थिर अवस्थामा उपचार भइरहेको छ । यो युद्धपोत गत जुन २४ देखि निरन्तर समुद्रमा सञ्चालनमा छ । पछिल्लो समय पश्चिम एशियामा बढ्दो तनावका बीच युद्धपोत सो क्षेत्रमा तैनाथ गरिएको छ ।

लामो समयदेखि समुद्रमा रहेका कारण यस जहाजले केही आन्तरिक समस्याहरू पनि खेपिरहेको छ । पछिल्लो समय जहाजको ढल निकास प्रणालीमा पटक-पटक समस्या आएका कारण त्यहाँ रहेका सयौँ शौचालयहरू प्रयोगमा कठिनाइ भएको समाचार आएको छ । सन् २०२५ मा मात्रै यस जहाजको मर्मत सम्भारका लागि ३२ पटकभन्दा बढी माग गरिएको बताइएको छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०८२, शुक्रबार  ४ : ०५ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार