बुटवलको जुत्ता पसलमा आगलागी « Khabarhub

बुटवलको जुत्ता पसलमा आगलागी


२९ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

बुटवल- बुटवलको एक जुत्ता पसलमा शुक्रबार (फागुन २९) साँझ आगलागी भएको छ । बुटवल–४, संगमपथस्थित न्यु गुल्मेली रेसुंगा ट्रेडर्समा आगलागी भएको हो । राजु श्रेष्ठले सञ्चालन गर्दै आएको जुत्ता चप्पलको थोक पसल र गोदाममा आगलागी हुँदा करोड बढीको क्षति भएको अनुमान गरिएको छ ।

साँझ ७ः३० बजे लागेको आगोलाई बुटवल उपमहानगर र तिलोत्तमा नगरपालिकाको दमकलको सहयतामा नियन्त्रण गरिएको छ । प्रहरी र स्थानीयबासीले दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

आगलागीबाट भएको वास्तविक क्षतिका विषयमा प्रहरीले अनुसनधान थालेको छ । आगलागीको कारणबारे अध्ययन भइरहेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०८२, शुक्रबार  १० : ४७ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र