युनेस्कोको विश्व सम्पदा सूचीमा रहेका इरानका ऐतिहासिक स्थलमा बमबारी, १५ मजदुरको मृत्यु « Khabarhub

युनेस्कोको विश्व सम्पदा सूचीमा रहेका इरानका ऐतिहासिक स्थलमा बमबारी, १५ मजदुरको मृत्यु


१ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

तेहरान – इरानको केन्द्रीय सहर इस्फाहानस्थित एक औद्योगिक क्षेत्रमा शनिबार भएको मिसाइल आक्रमणमा कम्तीमा १५ जनाको मृत्यु भएको छ। इरानी सञ्चारमाध्यमका अनुसार आक्रमणका बेला कारभित्र मजदुर काम गरिरहेका थिए।

समाचार एजेन्सी ‘फार्स’का अनुसार हिटिङ र कुलिङ उपकरण उत्पादन गर्ने उक्त कारखानामा शनिबारको कार्यदिन पारेर आक्रमण भएको हो। इरानले यस आक्रमणका लागि अमेरिका र इजरायली सेना जिम्मेवार रहेको दाबी गरेको छ।

गत फेब्रुअरी २८ देखि सुरु भएको अमेरिकी–इजरायली आक्रमणको आज १५ औँ दिन पुगेको छ। इरानको स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म कम्तीमा १,४४४ जनाको मृत्यु भइसकेको छ भने १८,५०० भन्दा बढी घाइते भएका छन्। युद्ध सुरु भएदेखि नै इरानका विभिन्न सहर निरन्तर निशानामा परिरहेका छन्।

युद्धको चपेटामा इरानका ऐतिहासिक र कूटनीतिक क्षेत्र पनि परेका छन्। यसअघि मार्च ८ मा इस्फाहानस्थित रुसी दूतावासमा भएको बमबारीमा कर्मचारी घाइते भएका थिए। रुसले उक्त घटनालाई अन्तर्राष्ट्रिय महासन्धिको ‘घोर उल्लंघन’ भन्दै कडा आपत्ति जनाएको थियो।

इरानी संस्कृति मन्त्रालयका अनुसार युनेस्कोको विश्व सम्पदा सूचीमा रहेको तेहरानको ‘गोलेस्तान प्यालेस’ र १७ औँ शताब्दीको प्रख्यात ‘नक्श–ए जहान स्क्वायर’ सहित ५६ वटा संग्रहालय र ऐतिहासिक स्थलमा क्षति पुगेको छ। युनेस्कोले इरानका २९ विश्व सम्पदा सूचीमध्ये चारवटामा क्षति पुगेको भन्दै गम्भीर चिन्ता व्यक्त गरेको छ।

यसैबीच, इरानी सेनाले इजरायली आक्रमणमा ब्रिगेडियर जनरल अब्दुल्लाह जलाली–नसब मारिएको पुष्टि गरेको छ। सेनाले उनलाई ‘देश रक्षाका क्रममा शहीद भएको’ बताएको छ।

यस्तै, अमेरिकी सेनाले इरानको ९० प्रतिशत कच्चा तेल निर्यात हुने ‘खर्ग टापु’मा पनि आक्रमण गरेको छ। यद्यपि, त्यहाँ कुनै मानवीय क्षति नभएको र तेल निर्यातको काम सामान्य रूपमा सुचारु रहेको क्षेत्रीय अधिकारीले बताएका छन्।

प्रकाशित मिति : १ चैत्र २०८२, आइतबार  १० : ५४ बजे

युक्रेनले रूसको निजनेकामस्क सहरमा गरेको ड्रोन आक्रमणमा १३ जनाको मृत्यु

मस्को – गत साता रूसले गरेको आक्रमणको जवाफमा युक्रेनले सोमबार

ब्राउन सुगरसहित एक जना पक्राउ

वीरगञ्ज – प्रहरीले १६.५७ ग्राम ब्राउनसुगरसहित एक जना भारतीय नागरिक

सरकार र मृतक मेहताको परिवारबीच सातबुँदे सहमति

काठमाडाैं – सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्मा यही साउन १० गते

धनकुटामा किसानको सहभागितामा कोदोका १० जातको परीक्षण सुरु

धनकुटा – धनकुटा नगरपालिकामा खाम्बेलामा कोदोका १० विभिन्न जातका कार्यमुखी

आहारा बढेपछि शुक्लाफाँटामा बढ्दै पाटेबाघ

कञ्चनपुर – कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्याप्त आहारा प्रजातिको उपलब्धता