सलमान खानको फिल्ममा सुनील थापाले अभिनय गर्ने | Khabarhub Khabarhub

सलमान खानको फिल्ममा सुनील थापाले अभिनय गर्ने


१७ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली फिल्म इतिहास जगतमा ‘राते काइँला’ का रुपमा परिचित वरिष्ठ कलाकार सुनील थापाले सलमान खानको ब्यानरमा निर्माण हुन लागेको फिल्ममा अभिनय गर्ने भएका छन् । फिल्ममा सुनील थापाले अभिनय गर्ने मौखिक सम्झौता भए पनि लिखित सम्झौता भने हुन बाँकी छ ।

पाँच वर्षअघि प्रियंका चोपडासँग फिल्म ‘मेरी कोम’ मा काम गरेर चर्चा कमाएका सुनील थापाले सलमान खान फिल्मसको ब्यानरमा बन्ने फिल्म ‘क्वाथा’ मा अभिनय गर्ने जनाइएको छ । फिल्ममा भारतको मणिपुर राज्यको कथा रहनेछ भने थापालाई मुखियाको भूमिकामा देख्न सकिनेछ ।

फिल्म ‘मेरी कोम’ मा निभाएको भूमिकाका कारण सुनील थापाको बलिउडमा समेत चर्चा भएको थियो । फिल्म ‘साहिब बहादुर’ बाट उनले बलिउडमा पाइला राखेका थापालाई नेपाली फिल्म जगतमा कुशल खलनायकका रुपमा लिने गरिन्छ ।

‘क्वाथा’ को छायांकन थाइल्याण्डमा हुने जनाइएको छ । यद्यपि सुनील थापाले भने फिल्म छायांकनका लागि नेपाल आउन आग्रह गरेको बताएका छन् । नेपालको पर्यटन प्रवर्धनमा समेत टेवा पुग्ने हेतुले फिल्म शूटिङका लागि नेपाल आउन आग्रह गरेको थापाले बताए ।

फिल्ममा क्याटरीना कैफकी बहिनी इसाबेला र सलमान खानका ज्याइँ आयुष शर्माको शीर्ष भूमिका रहनेछ । इसाबेलको यो डेब्यु फिल्म हुनेछ ।

प्रकाशित मिति : १७ कार्तिक २०७६, आइतबार  ४ : १५ बजे

नदीजन्य पदार्थ उत्खननमा प्रतिबन्ध

कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिका क्षेत्रभित्रका खोला तथा नदी नालाबाट नदीजन्य

तीन लाख किम्बुका बेर्ना बिक्रीका लागि तयार 

चितवन– व्यवसायिक किट विकास फर्म भण्डाराले तीन लाख बढी किम्बुका

उद्योगीलाई जग्गा किन्न लगाउने होइन, कन्ट्रयाक्टमा दिने व्यवस्था राम्रो हुन्छ

काठमाडौँ – नेपालको भूमिको वितरण सामन्ती प्रणालीमा आधारित रहेको यथार्थ

मुग्लिन-पोखरा सडक विस्तार : पश्चिम खण्डमा ५३ प्रतिशत काम 

तनहुँ– मुग्लिन–पोखरा सडक विस्तार अन्तर्गत पश्चिम खण्डमा ५३ प्रतिशत काम

ट्रम्पको दक्षिणपन्थी बाटोमा संकटको बादल

काठमाडौं– अमेरिकाको राष्ट्रपति पदमा डोनाल्ड ट्रम्पको पुनरोदयसँगै उदाएको दक्षिणपन्थी राजनीतिभित्रै