यूएईको तेल टर्मिनलमा हमला हुँदा भारतीय जहाज प्रभावित, कर्मचारी सुरक्षित « Khabarhub

यूएईको तेल टर्मिनलमा हमला हुँदा भारतीय जहाज प्रभावित, कर्मचारी सुरक्षित


१ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


339
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिका–इजरायल र इरानबीच जारी द्वन्द्वको प्रभाव खाडी क्षेत्रसम्म देखिन थालेको छ । युद्धको १६औँ दिनमा संयुक्त अरब इमिरेट्स (यूएई)को फुजैराहस्थित तेल टर्मिनलमा भएको आक्रमणका क्रममा भारतीय झण्डा बोकेको जहाज तेल भर्दै गर्दा प्रभावित भएको बताइएको छ।

भारतको पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्रालय का अनुसार शनिबार फुजैराह तेल टर्मिनल मा आक्रमण भएको बेला भारतीय झण्डा बोकेको ‘जग लाडकी’ नामक जहाज त्यहाँ कच्चा तेल लोड गरिरहेको थियो ।

मन्त्रालयका अनुसार जहाजमा रहेका सबै भारतीय कर्मचारी सुरक्षित छन् । जहाजले करिब ८० हजार ८ सय मेट्रिक टन कच्चा तेल लोड गरी सुरक्षित रूपमा भारततर्फ प्रस्थान गरिसकेको छ ।

युद्धको प्रभावका कारण खाडी मुलुकबाट तेल ढुवानी गर्ने जहाजहरूलाई समेत कठिनाइ हुन थालेको बताइएको छ । यसैबीच इरान ले आइतबार इजरायल माथि ब्यालेस्टिक मिसाइल आक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। मिसाइलका टुक्रा खस्दा अमेरिकी कूटनीतिज्ञहरू कार्यरत भवनमा क्षति पुगेको बताइएको छ ।

उक्त भवन कुन सहरमा रहेको हो भन्ने खुलाइएको छैन । इजरायलमा अमेरिकी दूतावास यरुशलम मा रहेको छ भने तेल अवीव मा पनि अमेरिकी कूटनीतिक कार्यालय रहेको छ । हाल खाडी क्षेत्र र मध्यपूर्वमा बढ्दो तनावका कारण अन्तर्राष्ट्रिय ऊर्जा आपूर्ति र समुद्री ढुवानीमा थप दबाब पर्ने चिन्ता व्यक्त गरिएको छ ।

प्रकाशित मिति : १ चैत्र २०८२, आइतबार  ९ : ०३ बजे

इजरायलको निर्वाचनमा नेतान्याहुको गठबन्धन अगाडि, बहुमतबाट टाढा

एजेन्सी– इजरायलको आमनिर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धनले अग्रता लिए पनि संसद्मा

जातीय छुवाछुत नियन्त्रण र महिला तथा बालबालिकाको संरक्षण प्राथमिकतामा

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

३२ वर्षपछि हलमा फर्किँदै अक्षय-रवीनाको ‘मोहरा’, रणवीरको ‘रामायण’सँग भिडन्त

काठमाडाैँ – बलिउडमा कुनै समय तहल्का मच्चाएको अक्षय कुमार र

६ हजार शिक्षकको बढुवा उजुरीको पुनरावलोकन हुँदै

काठमाडौँ – शिक्षक सेवा आयोगले बढुवा योग्यताक्रम सूचीमा परेका करिब

एन्फाको ताला खोलियो, कार्यसमितिको बैठक शुक्रबार बस्ने तयारी

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)का बहुमत सदस्यहरूले लामो समयदेखि