बुर्ज खलिफामा लेखियो शाहरुख खानको नाम, किङ खानले शेयर गरे भिडियो | Khabarhub Khabarhub

बुर्ज खलिफामा लेखियो शाहरुख खानको नाम, किङ खानले शेयर गरे भिडियो


१७ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउडका किङ खान शाहरुख खानको हिजो २ नोभेम्बरमा जन्मदिन हो । उनलाई विश्वभर फैलिएका फ्यानले जन्मदिनको शुभकामना दिइरहेका छन् । उनको जन्मदिनका अवसरमा संसारको सबैभन्दा अग्लो भवनबाट शुभकामना दिइएको छ ।

दुबईको बुर्ज खलिफामा शाहरुख खानको ५४ औँ जन्मदिनमा भिडियो देखाइएको थियो । उक्त भिडियो क्लिप शाहरुख खानलाई जन्मदिनको शुभकामना दिन तयार पारिएको थियो ।

यो विशेष दिनलाई शाहरुख खानले ट्वीटरमा शेयर गरेका छन् । उनले लेखेका छन्, ‘मलाई यति चम्किलो बनाइदिएकोमा मोहम्मद अलबार र बुर्ज खलिफालाई धन्यवाद, तपाईंको माया अप्राप्य छ, यो वास्तवमा निकै लामो छ, लभ यु दुबई, यो मेरो जन्मदिन हो र म अतिथि हुँ ।’

आफ्नो जन्मदिनमा शाहरुख खान बान्द्रास्थित एक अडिटोरियममा पनि पुगेका थिए । यहाँ शाहरुख खानले आफ्ना फ्यानका साथ जन्मदिन मनाएका थिए । साथै उनले एक भिडियो पनि शेयर गरे । उनले भिडियोमार्फत जन्मदिन विशेष बनाएकोमा सबैलाई धन्यवाद दिएका छन् ।

प्रकाशित मिति : १७ कार्तिक २०७६, आइतबार  ४ : ५६ बजे

तत्काल उचित निकास दिन तरुण दलको आग्रह

काठमाडौं – नेपाल तरुण दलले जेन्जी आन्दोलनका क्रममा भएको हिंसा

नयाँ दल खोल्दै सुशीलालाई अन्तरिम प्रधानमन्त्रीमा समर्थन गरेका बालेन

काठमाडौँ- मंगलबार दिनभर आन्दोलन गरेर कयौँ सरकारी सम्पदा र नेताका

देशलाई संकटबाट बचाउन संसद विघटन र नयाँ राजनीतिक संरचना आवश्यक: लिङ्देन

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकलाई

सोबिताले भनिन्: संसद विघटन गर्न पाइँदैन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोभिता गौतमले संसद

अन्तरिम सरकारको नेतृत्वमा सुशीला कार्कीलाई पूर्ण समर्थन छ : बालेन

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पूर्व प्रधानन्यायाधीश सुशीला