आदर्श श्रेष्ठको नियुक्ति शतप्रतिशत गलत, पद नलिन महावीर पुनको आग्रह « Khabarhub

आदर्श श्रेष्ठको नियुक्ति शतप्रतिशत गलत, पद नलिन महावीर पुनको आग्रह

नातावाद र कृपावादले नयाँ दल पनि मासिने पुनको चेतावनी


२ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


447
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पूर्वमन्त्री एवं प्रतिनिधिसभाका नवनिर्वाचित सदस्य महावीर पुनले राष्ट्रिय प्रकृति संरक्षण कोषको कार्यकारी प्रमुखमा प्रधानमन्त्रीका स्वकीय सचिव आदर्श श्रेष्ठको नियुक्तिको कडा विरोध गरेका छन् । प्रधानमन्त्रीले आफ्नै स्वकीय सचिवलाई सो पदमा नियुक्त गर्नु ‘१०० प्रतिशत गलत’ भएको पुनको टिप्पणी छ ।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पुनले नवनियुक्त श्रेष्ठलाई सो पद स्वीकार नगर्न आग्रह गरेका छन् । प्रधानमन्त्रीको ऐतिहासिक इज्जत जोगाउनका लागि पनि सानो लोभमा नफस्न उनले श्रेष्ठलाई सुझाएका छन् । “आदर्श भाइ, प्रधानमन्त्रीज्यूको इज्जत धुलोमा नमिसियोस् भन्नाको खातिर त्यो पद नलिऊ,” उनले लेखेका छन्, “त्यति सानो लोभले प्रधानमन्त्रीज्यूले कमाउनु भएको ऐतिहासिक इज्जत कृपया धुलोमा नमिलाई देऊ ।”

पुनले पुरानो राजनीतिक दलहरू नातावाद, चाकरीवाज र कृपावादका कारण संकटमा परेको उल्लेख गर्दै नयाँ दलहरूलाई समेत सचेत गराएका छन् । अहिलेकै शैलीमा काम गर्ने हो भने नयाँ शक्ति र दलहरू पनि कालान्तरमा मासिन सक्ने उनको चेतावनी छ ।

उनले आगामी दिनमा बन्ने सरकारले यस्ता नियुक्तिहरूमा बुद्धि पुर्‍याएर निर्णय गर्नुपर्नेमा जोड दिएका छन् । “होसियार गर्ने म छु । त्यो नियुक्ति अब आउने सरकारले बुद्धि पुर्‍याएर गरोस्,” पुनले भनेका छन् ।

प्रकाशित मिति : २ चैत्र २०८२, सोमबार  ६ : ५५ बजे

रुपन्देहीमा ११ लाख बढीको सामान बरामद

रुपन्देही– जिल्ला प्रहरी कार्यालय रुपन्देहीले करिव ११ लाखभन्दा बढीको अवैध

जुम्लामा ३३०‌.२८ हेक्टरमा डढेलोबाट वन क्षति

जुम्ला– जिल्लामा गत आर्थिक वर्षभर ३३०.२८ हेक्टरमा डढेलोबाट वन क्षति

सांसद बन्न नसकेका ज्ञानेन्द्र मल्ल भन्छन् – ‘मैदानमा रहूँ वा नरहूँ, मेरो देशले हार्नु हुँदैन’

काठमाडौँ – नेपाली क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले संसदीय निर्वाचनमा

साँगामा यसरी बन्दैछ अण्डरपास

भक्तपुर– करिब तीन वर्षदेखि ६ लेनमा स्तरोन्नति भइरहेको सूर्यविनायक–धुलिखेल सडक

प्रधानमन्त्रीलाई सागर ढकालको प्रश्न- ‘स्वकीय सचिव हुनु नै कोषको अध्यक्ष बन्ने योग्यता हो ?’

काठमाडौँ- प्रधानमन्त्रीका स्वकीय सचिव आदर्शकुमार श्रेष्ठलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको