भन्सार छलेर ल्याइएका सामान बरामद « Khabarhub

भन्सार छलेर ल्याइएका सामान बरामद


२५ श्रावण २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुदूरपश्चिम– कैलालीको कैलारी गाउँपालिका–४ स्थित क्षेत्रमा भारतबाट भन्सार छलेर ल्याइएको अन्दाजी ३३ लाख ९४ हजार ८०० बराबरको सामान बरामद गरिएको छ । 

जिल्ला प्रहरी कार्यालय कैलालीले आज मोबाइलका पार्टपुर्जा, चिनी र डोरीलगायत उक्त परिमाणका सामान बेवारिसे अवस्थामा बरामद गरिएको जनाएको हो । 

प्रहरीले पछिल्लो समय भारतसँग सीमा जोडिएका क्षेत्रमा भन्सार छली तथा अवैध रूपमा सामान ओसारपसार गर्ने कार्य नियन्त्रणका लागि निगरानी तथा गस्ती बढाउँदै आएको जनाएको छ । 

त्यसक्रममा आज सामान बरामद गरिएको र आवश्यक कारबाहीका लागि ती सामान भन्सार कार्यालय त्रिनगरमा बुझाइएको कार्यालयका सहप्रवक्ता, प्रहरी निरीक्षक कैलाशसिंह विष्टले जानकारी दिए ।
 

प्रकाशित मिति : २५ श्रावण २०८३, सोमबार  ७ : ४१ बजे

ईयूमा उडान वृद्धि २.३ प्रतिशत, स्लोभाकियामा ३७ प्रतिशत

काठमाडौं– स्लोभाकियामा अगस्ट महिनामा व्यावसायिक उडानको संख्या अघिल्लो वर्षको सोही

रातारात टेकु लगिएका चोलेन्द्रलाई कडा सुरक्षासहित घरमै पुर्‍याइयो, निगरानी गर्न प्रहरी तैनाथ 

काठमाडौं– सुरक्षा थ्रेट भन्दै शनिबार राति २ बजे अपराध अनुसन्धान

कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा

काठमाडौं-नेपाली कांग्रेसको महाधिवेशन प्रक्रिया जारी रहेको अवस्थामा त्यसप्रति विमति जनाउँदै

चोलेन्द्र शमशेर रिहा, एसएसपी खड्का भन्छन्- ‘सुरक्षित ठाउँमा पठाएका छौँ’

काठमाडौं– पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई अपराध अनुसन्धान कार्यालय, टेकुबाट अन्यत्र

माइडियाको दसैँ विशेष योजना : ३७ हजार ७०० सम्म क्यासब्याक र आकर्षक उपहार

काठमाडौं- नेपालीहरूको महान् चाड दसैँलाई लक्षित गर्दै माइडियाले विशेष उत्सव