‘न त म यहाँ नम्बर वान कलाकार बन्न नै आएको हुँ’ « Khabarhub

‘न त म यहाँ नम्बर वान कलाकार बन्न नै आएको हुँ’


१७ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – निश्चल बस्नेतलाई निर्देशकका रुपमा भन्दा कलाकारका रुपमा दर्शकले बढी चिन्न थालेका छन् । संयोग कस्तो छ भने, उनले अभिनय गरेका प्रायः फिल्म व्यावसायिक रुपमा सफल छन् । चलचित्र ‘लूट’ बाट निर्देशनमा होमिएका निश्चल पछिल्लो समय भने निर्देशनमा देखिएका छैनन् । यसलाई कतिले निश्चल निर्देशकबाट कलाकारमा ‘यु टर्न’ भएको बताउँछन् ।

तर, निश्चल भने आफू ‘यु टर्न’ नभएको दाबी गर्छन् । ‘यु टर्न भएँ भन्नलाई त मैले निर्देशन छोड्नुपर्‍यो, मैले निर्देशन छोडेको होइन, कम फिल्म निर्देशन गर्ने भनेको हुँ,’ निश्चल दाबी गर्छन् ।

फिल्म मेकिङदेखि कलाकारितामा सक्रिय निश्चलले केही गीतमा समेत स्वर दिएका छन् । केही आइटम गीतमा नृत्य पनि गरेका छन् । सबै विधामा हात हाले पनि उनको परिचय निर्देशककै छ अहिलेसम्म । कतिले उनलाई अहिलेसम्म पनि ‘लूट’ कै ब्याज खाइरहेको आरोप लगाउँछन् ।

निश्चल भन्छन्, ‘म यहाँ स्थापित हुन आएको पनि होइन, अरु थुप्रै चिज मैले गरिरहेको छु, मलाई कलाकारका रुपमा मात्र पनि स्थापित हुनु पनि छैन ।’

तस्वीर– गणेश बस्याल ।

उनी आफू नम्बर वान निर्देशक या कलाकार बन्ने आफ्नो कुनै इच्छा नभएको बताउँछन् । ‘थुप्रै चिजले गर्दा मलाई अलिअलि चिनाइरहेको छ, म यसैमा खुशी छु,’ निश्चल भन्छन् ।

फिल्ममा तपाईंले धेरै पारिश्रमिकको माग गर्नुहुन्छ रे भन्ने पत्रकारको प्रश्नमा निश्चल भन्छन्, ‘मैले त्यहीअनुसार काम गरेको हुन्छु, कसैलाई मैले धेरै मागेँ भन्ने लाग्छ भने पनि उहाँहरुले अस्वीकार गर्न सक्नुहुन्छ, यसमा मलाई कुनै चित्त दुखाइ छैन ।’

उनी आफूले कुनै फिल्ममा पैसाकै लागि अभिनय नगर्ने र सकभर राम्रो र कम फिल्म दिने बताउँछन् । भन्छन्, ‘मलाई धेरै फिल्म खेल्नु नै छैन ।’

पत्रकारले कहिलेकाहीँ निर्देशन गर्न डराउनुभएको हो भनेर सोध्ने गरेको बताउँदै उनी भन्छन्, ‘बरु मलाई किन निर्देशन गर्नुहुन्न भन्दा पनि कहिले निर्देशन गर्नुहुन्छ भनेर सोध्नुस् ।’

आगामी फिल्म आफूले निर्देशन गरे त्यो फिल्म बन्दै आएका फिल्मभन्दा फरक हुनुपर्ने मान्यता राख्छन् । आफूले अभिनय स्किृप्ट र निर्देशन गर्ने फिल्मको स्किृप्ट पूरै फरक हुनुपर्ने उनको धारणा छ ।

यसअघि पनि अन्तर्वार्ताका क्रममा निश्चलले आफूलाई धेरै स्किृप्ट आउने र जस्तो पायो त्यस्तै फिल्म बनाउने हो भने ६/६ महिनामै फिल्म बनाउन सक्ने दाबी गरेका थिए ।

निश्चल र स्वस्तिमा खड्काको शीर्ष भूमिका रहेको फिल्म ‘घामड शेरे’ यही कार्तिक २२ गतेदेखि प्रदर्शनमा आउँदैछ । फिल्मको प्रचारलाई सहयोग पुगोस् भनेर निश्चल पनि यतिबेला मिडियलालाई समय दिइरहेका छन् ।

प्रकाशित मिति : १७ कार्तिक २०७६, आइतबार  ६ : २७ बजे

उम्मेदवारको वैयक्तिक विवरण सार्वजनिक

काठमाडौं– निर्वाचन आयोगले उम्मेदवारको वैयक्तिक विवरण सार्वजनिक गरेको छ ।

सन् २०२७ सम्ममा युरोपेली ऊर्जा बजारमा पूर्ण एकीकरण हुने युक्रेनी लक्ष्य

एजेन्सी– युक्रेनले सन् २०२७ सम्ममा युरोपेली युनियन (ईयू)को ऊर्जा बजारमा

स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वच्छ र

सहमति बन्न नसक्दा विधेयक माथिको कारबाही रोकियो

सुदूरपश्चिम– सत्तारूढ दलबीच सहमति जुट्न नसक्दा ‘सुदूरपश्चिम प्रदेश स्थानीय सेवाको

नेपालद्वारा जिम्बाब्वे पराजित

काठमाडौं- पूजा महतोको अर्धशतकमा नेपालले जिम्बाब्वेलाई पराजित गर्दै आइसिसी महिला