८ महिनामा आयो ४० अर्ब बढीको विदेशी लगानी प्रतिबद्धता « Khabarhub

८ महिनामा आयो ४० अर्ब बढीको विदेशी लगानी प्रतिबद्धता


२ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चालु आर्थिक वर्षको ८ महिना अर्थात् फागुन मसान्तसम्म नेपालमा ४० अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता आएको छ । उद्योग विभाग अन्तर्गत विदेशी लगानी तथा प्रविधि हस्तान्तरण शाखाले चालु आर्थिक वर्षको ८ महिनामा ४० अर्ब ६६ करोड ९३ लाख ८० हजार २५२ रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको जनाएको हो ।

विभागका अनुसार फागुन महिनामा मात्रै कुल ३० वटा विदेशी लगानीका परियोजना स्वीकृत भएका छन् । यसबाट कुल ३८ करोड ६० लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता प्राप्त भएको छ । जसमध्ये, स्वचालित मार्ग मार्फत २६ वटा परियोजनाका लागि १८ करोड ७० लाख रुपैयाँ र स्वीकृति मार्ग मार्फत ४ वटा परियोजनाका लागि १९ करोड ९० लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ । फागुन महिनामा स्वीकृत यी उद्योगहरूबाट २५९ जनालाई रोजगारी दिने प्रतिबद्धता जनाइएको छ ।

चालु आर्थिक वर्ष २०८२-८३ को साउनदेखि फागुनसम्मको अवधिमा कुल ५५४ वटा विदेशी लगानी परियोजनाहरू स्वीकृत भएका छन् । यस अवधिमा कुल ४० अर्ब ६६ करोड ९३ लाख ८० हजार २५२ रुपैयाँ बराबरको विदेशी लगानी प्रतिबद्धता प्राप्त भएको विभागले जनाएको छ । यी परियोजनाहरुबाट कुल २१ हजार ४९५ जनालाई रोजगारीको अवसर सिर्जना हुने प्रतिबद्धता रहेको छ ।

कुन क्षेत्रमा कति लगानी ?

आर्थिक वर्ष २०८२-८३ मा लगानी प्रतिबद्धता रकमका आधारमा कृषि तथा वन पैदावार उद्योगमा सबैभन्दा धेरै आकर्षण देखिएको छ ।

कृषि क्षेत्रमा जम्मा १४ वटा परियोजना मार्फत २१ अर्ब ९० करोड ८० लाख रुपैयाँको लगानी प्रतिबद्धता आएको छ । परियोजना सङ्ख्याको आधारमा सूचना प्रविधि क्षेत्रमा सबैभन्दा धेरै ३०७ वटा परियोजना स्वीकृत भएका छन्, जसको लगानी प्रतिबद्धता १ अर्ब ३० करोड ६४ लाख ३६ हजार रुपैयाँ रहेको छ ।

पर्यटन क्षेत्रमा १५५ वटा परियोजना मार्फत ११ अर्ब २ लाख ५० हजार रुपैयाँको लगानी प्रतिबद्धता आएको छ । सेवामूलक क्षेत्रमा ३८ परियोजना मार्फत ३ अर्ब ६२ करोड ८० लाख रुपैयाँको प्रतिबद्धता प्राप्त भएको छ ।

उत्पादनमूलक क्षेत्रमा ३७ वटा परियोजना मार्फत २ अर्ब ५२ करोड ५६ लाख ४४ हजार २५२ रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ । ऊर्जा क्षेत्रमा १ र खनिज क्षेत्रमा २ वटा परियोजना स्वीकृत भएका छन् भने पूर्वाधार क्षेत्रमा कुनै पनि लगानी आएको छैन ।

फागुन महिनामा विदेशी लगानीकर्ताहरुले ३५ करोड २० लाख ५५ हजार ११९ नेपाली रुपैयाँ बराबरको रोयल्टी फिर्ता लगेका छन् । त्यस्तै, सोही महिनामा २६ करोड ५६ लाख २५ हजार ५८१ नेपाली रुपैयाँ बराबरको लाभांश पनि फिर्ता लगिएको विभागको तथ्यांकमा उल्लेख छ ।

प्रकाशित मिति : २ चैत्र २०८२, सोमबार  ६ : २७ बजे

इजरायलको निर्वाचनमा नेतान्याहुको गठबन्धन अगाडि, बहुमतबाट टाढा

एजेन्सी– इजरायलको आमनिर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धनले अग्रता लिए पनि संसद्मा

जातीय छुवाछुत नियन्त्रण र महिला तथा बालबालिकाको संरक्षण प्राथमिकतामा

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

३२ वर्षपछि हलमा फर्किँदै अक्षय-रवीनाको ‘मोहरा’, रणवीरको ‘रामायण’सँग भिडन्त

काठमाडाैँ – बलिउडमा कुनै समय तहल्का मच्चाएको अक्षय कुमार र

६ हजार शिक्षकको बढुवा उजुरीको पुनरावलोकन हुँदै

काठमाडौँ – शिक्षक सेवा आयोगले बढुवा योग्यताक्रम सूचीमा परेका करिब

एन्फाको ताला खोलियो, कार्यसमितिको बैठक शुक्रबार बस्ने तयारी

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)का बहुमत सदस्यहरूले लामो समयदेखि