अर्थमन्त्रीले भने- बाह्य क्षेत्रका चुनौती सामना गर्न अब बन्ने सरकारले उचित कदम चाल्नुपर्छ  « Khabarhub

अर्थमन्त्रीले भने- बाह्य क्षेत्रका चुनौती सामना गर्न अब बन्ने सरकारले उचित कदम चाल्नुपर्छ 


४ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अर्थमन्त्री रामेश्वर खनालले बाह्य क्षेत्रबाट उत्पन्न चुनौतीलाई सामना गर्न अव बन्ने सरकारले उचित कदम चाल्ने विश्वास व्यक्त गरेका छन् । 

बुधबार काठमाडौंमा नागरिक लगानी कोषको ३६ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री खनालले मध्यपूर्व र खाडी मुलुकहरूमा आएको संकटको कारणले नेपालको आपूर्ति शृङ्खला अवरुद्ध हुने र आयात गर्ने वस्तुहरूको मूल्य बढ्ने जाने देखिएकाले शक्तिशाली बहुमतसहित बन्ने नयाँ सरकारले बाह्य क्षेत्रबाट उत्पन्न चुनौतीलाई सामना गर्न उचित कदम चाल्ने विश्वास व्यक्त गरेका हुन् ।

बाह्य क्षेत्रबाट उत्पन्न भएका चुनौतीलाई सामना गर्न कतिपय विषयमा द्रुत गतिले निर्णय गर्नुपर्ने अवस्था रहेको उनले बताए ।

अर्थमन्त्री खनालले मुलुकको अर्थतन्त्रमा सकारात्मक संकेत देखिए पनि निष्क्रिय पुँजीलाई उत्पादनशील काममा लगानी गर्न नसकेको धारणा राखे । 

उनले मुलुकमा रोजगारी सिर्जना, निष्क्रिय पुँजीको उत्पादनशील काममा लगानी र लगानीकर्ताको हातमा पुँजी जाने बाटो सहज नभएसम्म सूचक राम्रो भएर मात्रै खुसी हुनुपर्ने अवस्था नहुने उल्लेख गरे । 

कार्यक्रममा कोषका कर्मचारी लगायतलाई सम्मान तथा पुरस्कृत गरिएको थियो भने अर्थमन्त्री खनालले कोषद्वारा प्रकाशित स्मारिका विमोचन समेत गरेका थिए । 

प्रकाशित मिति : ४ चैत्र २०८२, बुधबार  १२ : ३३ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र